• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

फोटो पत्रकार समूह (एनएफपीजे) को २६औँ वार्षिकोत्सव सम्पन्न


सुभाय् संवाददाताSeptember 25, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा साधारणसभाले गरेका निर्णयहरू र आगामी योजनासमेत सार्वजनिक गरियो ।

सबैभन्दा सुरुमा कार्यवाहक अध्यक्ष सुशील श्रेष्ठले अध्यक्ष प्रदीपराज वन्तका तर्फबाट प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदनमा वन्तले चालू आर्थिक वर्षभित्र संस्थाले गर्ने कार्यक्रम र अवलम्बन गरेको रणनीतिबारे प्रस्ताव समेटेका थिए ।

यसअघि गरिएका कामको विवरण कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले प्रस्तुत गरे । वार्षिक प्रतिवेदन कोषाध्यक्ष सागर श्रेष्ठले प्रस्तुत गरे । उनले २०७९÷८० को आम्दानी विवरणसमेत सार्वजनिक गरे ।

स्थापनाको २७ वर्षमा प्रवेश गरेको अवसरमा एनएफपीजेले विभिन्न फोटो पत्रकारहरूलाई सम्मान पनि ग¥यो । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले वरिष्ठ फोटो पत्रकार सम्मानबाट श्रीधरलाल मानन्धर, राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी निरन्तर २५ वर्ष फोटोग्राफीमा योगदान गरेबापत राजभाइ सुवाल सम्मानित भए ।


यसै वर्षदेखि एनएफपीजेले ‘प्रेसिडेन्ट अवार्ड’समेत दिन थालेको छ । अध्यक्षको स्वविवेकले दिने भनिएको यस वर्षको अवार्ड एनएफपीजेकै कोषाध्यक्ष सागर श्रेष्ठले पाए ।

यस्तै, हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानअन्तर्गत साहसिक फोटो पत्रकारिता पुरस्कार कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार रत्नकिशोर श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कार विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार अम्बी तोलाङले पाए । पर्यापर्यटन विधामा गत वर्ष पुरस्कार पाए पनि अनुपस्थित रहेका नारायण सिलवालले यसै कार्यक्रममा गत वर्षको पुरस्कार बुझे ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई दिइयो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए । समाजलाई सुसूचित गराउन फोटो पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । ‘केही साथीहरूले ज्यानकै बाजी राखेर फोटो खिचेको पनि देखेको छु । ती फोटोले हाम्रो देशको संस्कृति, सभ्यता देखाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा भएका चिजहरूलाई उजागर गरेको छ । पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ’, उनले भने ।

कार्यक्रमका विशिष्ट सांसद रामहरि खतिवडाले फोटो पत्रकारितामार्फत खबरदारी सधैं अपेक्षा गरेको बताए । खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारीले फोटो पत्रकारिताले आलोचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए ।

फोटो :शकुन्तला राना मगर

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑