सिडनी/ दक्षिण एशियाली खेलकुद सागको सन् २०१९ को संस्करणमा दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ लगायत अस्ट्रेलियन ओपन कराँटे प्रतियोगितामा सहभागी हुन आएका खेलाडी तथा टीम अफिसियललाई सिड्नीमा सम्मान गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच सिटी क्षेत्रमा रहेको ३०७ पीट स्ट्रीट स्थित नमस्ते रेस्टोरेंटमा एनआरएन अस्ट्रेलिया र स्पोर्ट्स एकेडमीले संयुक्त रूपमा आयोज़ित कार्यक्रममा मन्डेकाजी श्रेष्ठ लगायत साग खेलकुदका कास्य पदक बिजेता सुशील पौडेल , राष्ट्रिय खेलाडी शेखर श्रेष्ठ तथा टिम अफिसियल सुदिप गुरुङ्गलाई सम्मान गरिएको हो । ANFA Nepal को पुर्ब कोषाध्यक्ष र एथलेटिक्स संघको सचिव, फ़ुटबलर डा. राजु मानन्धर द्वारा सञ्चालित कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरूँग. एनआरएनए अस्ट्रेलियाका पुर्व कोषाध्यक्ष र प्रवक्ता डिला खरेल, एनआरएनए अस्ट्रेलिया का स्पोर्ट्स कॉर्डिनेटर प्रकाश काजी थापा, जन सम्पर्क समिति अस्ट्रेलियाका महामन्त्री रोहित खड़का, लुक्ला टीवी अस्ट्रेलियाका एमडी महेश प्रसाई (मैक्स बाबु) लगायतले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उहाँहरुले नेपालको खेलकूदको बिकाश र विदेशमा नेपालको इज़्ज़त बढ़ाऊन खेलेको भुमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
एनआरएनएका अध्यक्ष नन्दु गुरुङले खेलाडी देशका गहना भएको र देशको अप्ठ्यारो अवस्थामा खेलाडीहरुले देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
यसैगरी गत सातामात्र थिमिबाट काम तथा अध्यनको सिलसिलामा अस्ट्रेलिया बसोबास गदै आएका मध्यपुर थिमिका खेलप्रेमी दाजुभाईहरुद्वारा मध्यपुर थिमिका ख्यातिप्राप्त राष्ट्रिय कराते खेलाडी तथा सागका दोहोरो स्वर्ण पदकधारी मण्डेकाजी श्रेष्ठ सम्मान गरिएको थियो । रुपेन्द्र श्रेष्ठ को संयोजन तथा माधब श्रेष्ठको सह संयोजनमा भएको उक्त कार्यक्रममा नगद एक हजार अष्ट्रेलियन डलर सहित उनी विशेष सम्मानित भएका हुन । सम्मानित भएपश्चात पत्रकारहरुसँग कुराकानीमा अस्ट्रेलिया निवासी दाजुभाईहरुको तर्फबाट प्राप्त भएको उक्त सम्मानले आफू निक्कै खुशी भएको र खेल क्षेत्रप्रति आगामी दिनमा अझ गम्भीरताका साथ लाग्न प्रेरणा मिलेको प्रतिकृया जनाउनु भयो ।
मण्डेकाजी श्रेष्ठ (कराँते), वर्षका उत्कृष्ट पुरुष खेलाडी २०७६
मन्डेकाजी श्रेष्ठको निम्ति २०७६ साल फलिफाप सिद्ध भयो ।
उनले सागमा खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरे । उनले १३औं सागमा दुई स्वर्ण जिते, टिम काता व इन्डिभिजुअलमा । १३ औँ सागमा नेपालको निम्ति पहिलो स्वर्ण पदक जित्ने पनि Dragonfly बने ।
त्यही वर्ष बङगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल काताय् काश्य पदक जिते । थाइल्यान्ड ओपन च्याम्पियनसिपमा सिनियर काता विधाको फाइनल खेले । च्यामिपयन हुन नसकेपनि च्याम्पियन्सीपमा मन्डेकाजी उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी सोही वर्षको राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पनि मन्डेकाजीं एकल कातामा स्वर्ण तथा टिम कातामा रजत पदक हात पारे । २०७६ सालमा उनले पाएको यति धेरै उपलब्धिलाई सम्मान गर्दै नेपाल खेलकुद पत्रकार संघले उनलाई यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषणा गरे । यो मन्डेकाजीको खेल जीवनकै उत्कृष्ट वर्ष बनेको देखिन्छ । ( सम्मान कार्यक्रमका केही झलकहरु)
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५