• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

सहिद गङ्गालाल स्मृति


सुभाय् संवाददाताJanuary 29, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

आज माघ १५ सहिद गङ्गालाल श्रेष्ठ तथा सहिद दशरथ चन्द ठकुरीलाई शोभाभगवतीमा गोली हानिएको दिन । गङ्गालाल जन्म बि.सं. १९७५ मा रामेछापमा भएको थियो । तर उनको पुर्ख्यौली थलो भने किर्तिपुर थियो । काकासंगको कलकत्ता बसाइमा उतै शिक्षा आर्जन गरेका गङ्गालाल पछि काठमाडौ आएर दरवार हाई स्कुलमा भर्ना भए । यहिबाट बि.सं. १९९४ मा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरे । यसपछि त्रीचन्द्र कलेजमा आइएस्सी पढ्न गएका उनि त्यही राजनीति लाग्यो र राणाविरोधी आन्दोलनहरुमा होमिन पुगे ।

१९९४ जेठमा महावीर स्कुलको स्थापना भयो र केही शिक्षकहरु पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थाले । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिए । उता नेपाल प्रजा परिषदका सदस्सहरु पनि समातिए । जसको फलस्वरुप १९९७ माघ ७ गते राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरु मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइएको थियो ।

१. शुक्रराज शास्त्री जोशी, बाङगेमुढा, सर्वस्व र ज्यान सजाय
२. धर्मभक्त श्रेष्ठ माथेमा, जोरगणेश, सर्वस्व र ज्यान सजाय
३. दशरथ चन्द ठकुरी, बैतडी, सर्वस्व र ज्यान सजाय
४. गङ्गालाल श्रेष्ठ, प्याफल, सर्वस्व र ज्यान सजाय
५. ना.सु. पूर्णनारायण प्रधान, न्हैकन्तला, सर्वस्व र ज्यान सजाय
६. टंकप्रसाद आचार्य, सिफल, सर्वस्व र मुडेर दामल गर्ने
७. रामहरी शर्मा उपाध्याय, ज्ञानेश्वर, सर्वस्व र मुडेर दामल गर्ने
८. गणेशमानसिंह श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण
९. चुडाप्रसाद शर्मा, आजन्म कैद र सर्वश्वहरण
१०. हरिकृष्ण श्रेष्ठ, आजन्म कैद र सर्वश्वहरण
११. गोबिन्द प्रसाद उपाध्याय, आजन्म कैद र सर्वश्वहरण
१२. पुष्करनाथ उप्रेती, आजन्म कैद र सर्वश्वहरण
१३. बलबहादुर पाण्डे, आजन्म कैद र सर्वश्वहरण
१४. जीवराज शर्मा, १८ वर्ष कैद

यसमा ज्यान सजाय सुनाइएका पूर्णनारायणलाई फाँसीमा झुन्ड्याउने १९९७ माघ १९ गते श्रीपंचमीको दिन तय भएको थियो । त्यस दिन नयाँसडकको गेट नजिकै बाँस गाड्दै गरेको जुद्धशम्शेरले देखेपछि सोधे, “के गर्न लागेको ?” सिपाहीले “फाँसी दिनको लागी बाँस काट्दै गरेको सरकार” भन्ने सुनेपछि उनले भने श्रीपंचमीमा पनि कसैलाई फाँसी दिन्छ, उनलाई आजन्म कैदमा राख्ने निर्णय गरेँ भनेर हिडेछन । जसले गर्दा पूर्णनारायण आजन्म कैदमा राखियो । प्रजातन्त्रको प्राप्ती पछि उनि जेल मुक्त भए ।

गङ्गालालको मृत्युदण्डको सजाय तोकिएको राती बिष्णुमतीको किनार शोभाभगवती मन्दिर नजिकै लगियो । दुइवटा खाँबोमा गङ्गालाल र दशरथ चन्दलाई बाँधियो । त्यसपछि अन्तिम अवसरको रुपमा माफी माग्न भनियो, तर दुवैले मानेनन् ।

पहिले गङ्गालाललाई मृत्युदण्ड दिने भयो । नरशम्शेरले पोडेलाई गोली हान्न लगाए । काँपेको हातले गोली हान्दा तिघ्रामा लाग्यो । रगतको भल छुट्यो । चोटले ऐया गर्दै गङ्गालालले नरशम्शेरलाई “मर्दको छोरा होस भने छातीमा गोली हान” भनेर चिच्याए । फेरी दोश्रो गोली पोडेले हाने त्यो पनि काखीमा लागेर पछाडी छिर्यो । त्यसपछि नरशम्शेरले पिस्तोल खोसेर आफै छातीमा हाने । गङ्गालालको आवाज बन्द भयो । केवल २२ वर्षका होनहार युवा सदाको लागी बिदा भए । देशको लागी सहिद भए ।

संकलन : सुनील उलक

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑