• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

वर्षापछिको मुस्कान !


सुभाय् संवाददाताOctober 31, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

लघुकथा
– महर्जन रत्न
काठमाडौंमा साउनको झरी यसरी उर्लिएको थियो कि सहरको व्यस्त जीवन अनि भागदौड ठप्प भएको छ । सडकमा भर्खरै ठडिएका ‘मेटा’ सहरका विज्ञापन बोर्डहरू आकाशको पानीले नुहाएर टिलपिल टल्कँदै थिए, तर चलचित्र निर्देशक लूनिभाको मनको पर्दाभित्र भने ३० वर्ष पुरानो त्रिभुवन विश्वविद्यालयको ‘क्लासिक’ क्याम्पस फ्रेम अविरल रूपमा  चलिरहेको छ।
त्रिभुवन विश्वविद्यालयको छेउको एउटा पुरानो क्याफे, जहाँ कलेजका दिनहरूमा उनीहरू घण्टौं मौन बसेर चियाको बाफ उडाउँथे, आज त्यही क्याफेजस्तो महसुस भइरहेको छ— बाहिर पानीको अविरल आवाज मात्रै सुनिने, भित्र भावनाहरूको गुन्जन।
लूनिभा आज बिरामीको रूपमा एउटा प्रतिष्ठित अस्पतालको डिलक्स क्याबिनमा छन्। उनको अगाडि, सेतो कोटमा, अलि गम्भीर मुद्रामा बसिरहेकी डाक्टर अर्की कोही नभएर ३० वर्षअघिकी उनको एकतर्फी प्रेमीका, क्याम्पसकी सपनाकी साथी पलेस्वाँ थिइन्।
“लूनिभाजी, तपाईंको रिपोर्ट सामान्य छ। यो त साधारण रुघाखोकी र क्षणिक थकान मात्रै हो,चेस्ट क्लियर छ!” पलेस्वाँले आफ्नो चिरपरिचित मधुर र समयको परिपक्वता मिसिएको आधिकारिक आवाजमा भनिन्। उनको अनुहारमा डाक्टरी पेशाको उच्च सम्मान र एक सफल जीवनको शान्त आभा झल्कन्थ्यो।
लूनिभाको ओठमा नोस्टाल्जियाले भिजेको मुस्कान फैलियो। “डाक्टर सा’ब, तपाईंको हातको जादुई औषधिले भन्दापनि, तपाईंको दर्शनले नै मेरो ५० प्रतिशत रोग त क्षणभरमै निको भयो!”
पलेस्वाँको अनुहारमा एक छोटो गहिरो मुस्कान देखियो। उनले नचाहँदा पनि लुकाउन सकिनन्।
-“मेरो दर्शन? ३० वर्षपछि पनि?” , उनले आश्चर्य प्रकट गरेजस्तै गरिन!
-“हो!” लूनिभाले क्याबिनको बाक्लो सिसाबाट बाहिर हेरे जहाँ वर्षा झन् ठूलो वेगले बर्सिरहेको थियो। बाथरुमको छेउको सिटमा बसेर, दुईजना कलेज टपरहरूले, क्याफेको मौनतामा आफ्नो भविष्यको ‘स्क्रिप्ट’ कोरेको त्यो वर्षाको दिन सम्झिँदै थिए।
-” मैले मेरो ‘स्क्रिप्ट’मा तपाईंलाई नै अन्तिम नायिका बनाएको थिएँ, तर त्यो कथा कहिल्यै ‘फिल्म’ बन्न सकेन, केवल एक उत्कृष्ट परिकल्पनामै सीमित रह्यो।” लूनिभा अलि गम्भीर भए ।
पलेस्वाँ मौन भइन्। उनको अनुहारमा पुरानो गहिरो आकर्षण र वर्षौंदेखि दबिएका अव्यक्त भावनाहरूको मिश्रण थियो। उनीहरू दुवैलाई त्यो मौनता संकोच मात्र थिएन, प्रेमकै एक परिपक्व रूप थियो भन्ने राम्रोसँग ज्ञान थियो।
“मेरा चलचित्रहरूको समीक्षामा समीक्षकहरू लेख्ने गर्छन्— लूनिभाको निर्देशन अब्बल छ, तर कथावस्तुमा कतै सधैँ अधुरोपनको छायाँ देखिन्छ,” लूनिभाले गहिरो सास लिए, “सायद त्यो अधुरोपन मेरो आफ्नै ‘क्लाइम्याक्स’ मा तपाईंलाई पाउन नसकेको जीवनको खाली ठाउँले गर्दा हो।”
पलेस्वाँले बिरामीको प्रेस्कृप्सन टेबुलमा राखिएको फाइललाई विस्तारै मिलाइन्। डाक्टरको गम्भीरता उनको अनुहारमा फेरि फर्कियो, तर आँखामा रसाएको पानी बाँकी नै थियो। “हाम्रो कथाको शीर्षक ‘अधूरो फिल्म’ होइन, लूनिभाजी, यो त ‘जीवनको यथार्थ’ हो।” उनको स्वरमा अलिकति मधुरो काँप थियो। “मलाई थाहा थियो, तपाईं मसँग आकर्षित हुनुहुन्थ्यो, र म पनि… तर हामी दुवैका सपना, हाम्रो जीवनका लक्ष्यहरू र बाटोहरू फरक थिए। तपाईं ठूलो फिल्म निर्देशक बन्नुभयो, नाम र सम्मान कमाउनु भयो… म डाक्टर बनेँ, मेरो बाटोमा सफल भएँ। आज हाम्रो भेट एउटा सफल डाक्टर र एक सफल निर्देशकको रूपमा भएको छ, र दुवैको आ-आफ्नो सुन्दर परिवार छ।”
“परिवार,” लूनिभाले बिस्तारै दोहोर्‍याए। “त्यो सबैभन्दा सुन्दर ‘सिक्वेल’ हो, जुन हामी दुवैले आ-आफ्नो जीवनमा बनायौं।” उनको अनुहारमा सन्तोष देखियो। “मेरो छोरा-छोरीले ‘ड्याडी, तपाईं कलेजमा कसैलाई मन पराउनुहुन्थ्यो?’ भनेर सोधे भने, म सधैं भन्छु— ‘उनी एक डाक्टर हुन्, जसको जस्तो ‘ग्लोबल स्ट्यान्डर्ड’ को मुस्कान मैले जीवनमा अरू कसैमा भेटिनँ।'”
पलेस्वाँका आँखाहरू माया र सम्मानले हल्का रसाए, तर उनले आँसुलाई आफ्नो पेशागत मर्यादाभित्रै लुकाइन्। उनले आफ्नो हात अगाडि बढाइन्।
“तपाईं चाँडै पूर्ण रूपमा निको हुनुहोस्, लूनिभाजी,” उनले आफ्नो हात लूनिभाको हातमा राख्दै भनिन्। त्यो स्पर्शमा कुनै बास्ना वा उत्तेजना थिएन, केवल ३० वर्षको स्नेह र मित्रता मात्र थियो। “अनि, आफ्ना फिल्महरूमा अब सधैँ आशावादी ‘क्लाइम्याक्स’ दिनुहोस्।”
लूनिभाले उनको हात समाते। त्यो स्पर्शमा ३० वर्षको पुरानो, नभनिएको, तर अमिट प्रेमको सम्पूर्ण भावना समावेश थियो।
“तपाईंको मुस्कान देखेपछि, मलाई मेरो कथाको ‘सकारात्मक अन्त’ मिल्यो,” लूनिभाले हल्का हाँस्दै भने। “धन्यवाद, डाक्टर सा’ब।”
क्याबिनको भित्तामा अडिएको सिसामा बाहिरको वर्षाको थोपा परेर धमिलो बनेको थियो। त्यो धमिलोपनमा उनीहरूको कलेज जीवनको प्रेमको ‘ब्लर मेमोरी’ ले आज एउटा मीठो, परिपक्व, र सन्तोषजनक ‘फ्रेम’ पाएको थियो। पानी रोकिएन, तर उनीहरूको मनमा वर्षौंदेखि जमेको अव्यक्त भारीपन रोकिएको छ।
क्याबिनमा मौन मुस्कान छरिएको  छ  ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑