नेवाः खलः कास्कीको वार्षिक साधारण सभा : बुधबार विशेष पुरस्कार घोषणा गर्दै
सुभाय् संवाददाताOctober 18, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २० मिनेट
पोखरा /नेवाः खलः कास्कीले आउँदो वर्षदेखि समुदायको भाषा, कला र संस्कृति संरक्षण र संवद्धनमा उत्कृष्ट योगदान दिने नेवार समुदाय र अन्तराष्ट्रिय स्तरमा नेवार समुदायलाई चिनाउने एक जना समेत गरी दुईवटा पुरस्कार दिने भएको छ । नेवा: खल: कास्कीको साधारण सभामा वोल्दै सस्थाका अध्यक्ष अशोक पालिखेले नेवा: खल: कास्कीका आवद्ध मध्यवाट एउटा सस्थालाई वार्षिक एक लाख रुपैंया र अन्तराष्ट्रिय स्तरमा काम गरेकोलाई दुई दुई वर्षमा ३ लाख रुपैंया पुरस्कार दिने जानकारी गराएका हुन् ।
पुरस्कारको औपचारिक घोषणा भने आउदो ५ गते नेपाल संवत् ११४६ नयाँ वर्षका दिनका अवसरमा गरिने छ । साधारण सभाको उद्घाटन गर्दै वरिष्ठ उद्योगपति तथा सस्थाका वरिष्ठ सल्लाहकार गणेश वहादुर श्रेष्ठले सस्थालाई अझ व्यवस्थित गर्न नियमित सचिवालयको स्थापना गर्न सुझाव दिएका थिए । कार्यक्रममा सस्थाका अध्यक्ष पालिखेले सस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सस्थाभित्रका सदस्य र समुदायलाई अझ चलायमान गर्न कोषको आवस्यक रहेको र सोका लागि सवैसँग अनुरोध गरिने पनि धारणा राखे । कास्कीमा रहेका ४८ वटा नेवाः खलः, ३८ वटा मिसा पुच र ३० वटा ल्याम्ह पुचःमध्यबाट नै पुरस्कृत छनोट गरिने जनाईएको छ । अक्षयकोषका लागि हालसम्म ७५ लाख संकलन भईसकेको अध्यक्ष पालिखेले जानकारी दिए ।
साधारण सभामा नेवार समुदायको तर्फवाट लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशनवाट विजयी प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य र सदस्य शर्मिला श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । सम्मान पछि अधिवेशनलाई सम्वोधन गर्दै कर्माचार्यले नेवार समुदाय रोजगारी सृजना र उद्यमशीलतामा लाग्न सवैलाई अनुरोध गरे ।
कार्यक्रममा सस्थाका वरिष्ठ उपाध्यक्ष संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेवार कला र सस्कृतिका वारेमा जानकारी गराएका थिए । यस्तै नेवा: मिसा पुच: कास्कीका अध्यक्ष संगीता वज्राचार्यले जिल्ला भित्र नेवार महिलाहरुको आर्थिकोपार्जनका लागि सस्थाले खेलेको भूमिकाका प्रसंसा गरिन् । यस्तै कार्यक्रममा महासचिव श्रीकृष्ण कतिलाले सचिवको प्रतिवेदन, चन्द्र वहादुर राजभण्डारीको आर्थिक प्रतिवेदन सर्वसम्मत्ले पारित गरेको थियो । कार्यक्रमको संचालन महासचिव कतिलाले गरेका थिए ।