• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 02, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

पौभा चित्र पैँतालिस वर्षपछि यथास्थानमा


सुभाय् संवाददाता July 27, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह शनिबार श्री भाष्करदेव संंस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई पौभा चित्र हस्तान्तरण गर्नुहुँदै ।

-प्रजित शाक्य

काठमाडौँ, साउन ११ गते । इतुंबहालबाट हराएका १५–१८ औँ शताब्दीको तीन बहुमूल्य पौभा चित्र ४५ वर्षपछि पहिलेकै यथास्थानमा पुगेका छन् । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल राष्ट्रिय सङ्ग्रहालयको हलमा शनिबार अमेरिकाबाट फिर्ता भएका ती पौभा श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यलाई हस्तान्तरण गर्नुभयो । त्यसपछि ती पौभा गुँला बाजासहित इतुंबहाल भित्र्याइएको थियो । सांस्कृतिक र धार्मिक महत्वले भरिएका यी पौभा गुणस्तरीय तथा ठुलो आकारका छन् ।

श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुरानो चित्रकलामा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द आजु भैरव दर्शन गरिरहेको’ तथा ‘गगनसिं र उहाँका दुई श्रीमती’ रहेका छन् । यसमध्ये गगनसिंको पौभा (१९१.८ह१६१.९ सेमी) सबभन्दा ठुलो आकारको रहेको छ । चिन्तामणि लोकेश्वरको आकार १६४.४ह१४३.५ र केशचन्द आजुभैरव दर्शन गरिरहेको पौभाको आकार १६६.४ह१३९.६ सेमीका छन् ।
२०३७ भदौ २९ गते ती पौभा महाविहारपरिसरबाटै हराएका थिए । त्यसपछि करिब २३ वर्षसम्म यी पौभा कहाँ थिए भन्नेबारेमा अज्ञात नै रह्यो । सन् २००३ मा यी पौभा अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकोगोमा प्रदर्शनीमा राखिएको पत्ता लागेपछि महाविहार संरक्षण समाजले ती पौभा फर्काउन पहल गरेको थियो ।
उपप्रधानमन्त्री सिंहले जनमत सङ्ग्रह भइरहेको समयमा चोरी भएका यी पौभा कैयौँ वर्षको प्रयासपछि पुनः यथास्थानमा पुगेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यी बहुमूल्य पौभा फर्किनु देशकै लागि खुसीको कुरा हो । अब यी अमूल्य सम्पदालाई सुरक्षित राख्नु पर्छ र यसमा सरकारको सहयोग हुने छ ।” प्रदेश सभा सांसद शैलेन्द्र वज्राचार्यले पनि यी पौभाको संरक्षणमै जोड दिनुहुँदै यी सम्पदाको संरक्षण/संवर्धनमा नयाँ पुस्ता लाग्नुपर्ने जिकिर गर्नुभयो । करिब चार महिनाअघि पुरातìव विभागले यी पौभा नेपाल राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको थियो । केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजले पौभाको संरक्षण, संवर्धन र सुरक्षामा विशेष ध्यान दिने प्रत्याभूति दिलाएपछि राष्ट्रिय सङ्ग्रहालय पहिलेकै स्थानमा प्रतिस्थापन गर्न राजी भएको हो । यस सम्बन्धमा राष्ट्रिय सङ्ग्रहालय र केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजबिच सम्झौतापत्र आदानप्रदान पनि भएको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले यी सम्पदा फर्काउन काठमाडौँ महानगरपालिकाले पनि पहल गरेको जानकारी दिनुभयो । यसै गरी उहाँले सम्पदा पहिलेकै ठाउँमा पुनस्र्थापना गरेपछि एउटा अध्याय सकिएको अब संरक्षणको नयाँ अध्याय सुरु भएको भनाइ राख्नुभयो ।
राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले पुरातात्त्विक धरोहर यथास्थानमै प्रतिस्थापन गर्नु पर्छ, ती सम्पदा सोही स्थानमा शोभा दिन्छ भन्नुभयो तर यस्ता अमूल्य सम्पदा व्यवस्थित रूपमा संरक्षणको पक्ष भने अझै पनि चिन्ताको विषय भएको उहाँको ठम्याइ छ ।
समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले इतुंबहालका पौभा अमेरिकाको सिकागोमा प्रदर्शनीमा राखिएको थाहा पाएपछि ती सम्पदा फर्काउन सक्रिय भएको जानकारी दिनुभयो । “पुरातत् विभागमा पटक पटक जाहेरी निवेदन दिनुका साथै इन्टरपोलमा समेत उजुरी दियौँ । यसकै आधारमा अमेरिकाको सम्बन्धित निकायमा ती पौभा फिर्ता गर्ने कार्यका लागि पहल भयो । यसका साथै सम्पदा जोगाउने विभिन्न संस्था हेरिटेज रिकभरी क्याम्पेन, लस्ट आर्ट्स अफ नेपालसँग पनि समन्वय ग¥यौँ । अहिले करिब दुई दशकभन्दा बढी समयको प्रयास सफल भएको छ,” उहाँले खुसी व्यक्त गर्नुभयो । यसै गरी अध्यक्ष शाक्यले यी पौभाले नेपालको मात्र होइन एसियाकै प्रतिनिधित्व गर्न सक्छ भन्ने विज्ञको भनाइ दोह¥याउनुभयो ।

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑