• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

काठमाडौं महानगरका लागि रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत


सुभाय् संवाददाता July 13, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

उपप्रमुख डंगोलबाट काठमाडौं महानगरका लागि रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत
काठमाडौं, २९ असार । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ ।
उहाँले आगामी आर्थिक बर्ष २०८२/८३ को लागी रु २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. २४ अर्व ९० करोड ६३ लाख २५ हजार रुपैयाको बजेट पारित गरेको थियो ।
‘अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैंङ्क मौज्दात गरी कुल २० अर्व १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’ उहाँले बजेट भाषणका क्रममा भन्नुभयो, ‘नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्व ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’
काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्व २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ । ‘पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अर्व ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्व १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ,’ यहाँले बजेट भाषणमा भन्नुभयो, ‘कार्यालय संन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अर्व ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ ।’
अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राखिएकोे उहाँले जानकारी दिनुभयो । ‘फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननीलगायतका सम्पदास्थलहरुको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट वजेट व्यवस्थापन गरिएको छ ।’
उहाँले अगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति कार्यक्रम तथा वजेट पेश गर्ने सन्दर्भमा स्थानीय सरकार संचालन ऐनमा भएको समयसिमा भन्दा हामी केही ढिला भएका भन्दै विगतका दिनहरुमा केही मनमुटावले असल गरेको पनि उल्लेख गर्नुभयो । ‘हामीविच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सवैकुरा मन्थन भयो । समस्याहरु समाधान पनि भए र आज हामी फेरी एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं,’ उहाँले भन्नुभयो, ‘समयमै अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फवाट र सवै नगरसभा सदस्यहरुको तर्फवाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना व्यक्त गर्दछौं ।’
उहाँले ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि, कर्मचारी सबैलाई धन्यवाद दिनुभयो । ‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षाहरु धेरै छन, अवका दिनमा हामी महानगरवासीलाई आफ्नो सामथ्र्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहान्छु,’ उहाँले बजेट भाषणका क्रममा भन्नुभयो, ‘जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु ।’
उहाँले आफूहरु काठमाडौंँको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको भन्दै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरु वीच परस्पर सहकार्य र समन्वयमा कामहरु अगाडि वढाउन चाहेको पनि उल्लेख गर्नुभयो । ‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधै सहकार्यको अपेक्षा राखेका छौं,’ उहाँले भन्नुभयो । साभार : मैत्रीन्युज

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑