• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

सङ्गीत तथा नाट्य–प्रतिष्ठानद्वारा म्युजिक भिडियो तथा  गीत सार्वजनिक


सुभाय् संवाददाताJuly 10, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १० मिनेट
काठमाडौँ । सोमबार,नेपाल सङ्गीत तथा नाट्य–प्रतिष्ठानद्वारा २ म्युजिक भिडियो र सात वटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ । नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा ‘तीते तीते…’ बोलको गीत र लहविरे भाकाको गीतको म्युजिक भिडियो र गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरिएको राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सात  प्रदेशका गीतको अडियो रेकर्ड सार्वजनिक गरिएको हो ।
कार्यक्रमका अध्यक्ष नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको बताए । राष्ट्रिय भावका गीत तथा राष्ट्रिय गीतको भिडियो सार्वजनिक कार्यक्रमका संयोजक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुुश्मा महरा ‘प्रगति’ले बजेटको व्यवस्था गरेर अडियो रेकर्ड गरिएका राष्ट्रिय भावनाका सात वटै गीतको भिज्युल बनाउने समेत प्रतिबद्धता जनाए ।
कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायकगायिकालाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते…’ गीतको म्युजिक भिडियोलाई अभि लामाले निर्देशन गरेका हुन् । यस गीतको रचना प्रकाश सापकोटा, सङ्गीत महेश खड्का र गायन शान्तिश्री परियारको रहेको छ भने कलाकारमा बिना रावत र अलि तामाङ रहनु भएको छ । त्यसै गरी पूर्वी पहाड ओखलढुङ्गा जिल्लाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहबिरे भाकाको गीतमा सङ्गीतकार लाहाङ सुब्बाको सङ्गीत संयोजन र
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका ४ जना कर्मचारीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा अधीकृत स्तरका प्रदीप गुरागाईं, प्रविन सापकोटा, ध्रुव वाग्ले र नायब सुब्बा जगदीश सापकोटा हुन ।
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑