• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / महानगर खबर

धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान


सुभाय् संवाददाताApril 23, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ४० मिनेट

काठमाडौं/थेरवाद बौद्ध धर्मको प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएकी धम्मवती गुरुमालाई म्यानमार सरकारले “महासद्धम्मजोतिकधज” उपाधिले सम्मानित गरेको छ।

नेपाल संवत् ११४५ चौलागा अष्टमी (२०८२ वैशाख ८ गते) सोमबार, काठमाडौंस्थित धर्मकीर्ति विहार, श्रीघलमा आयोजित एक विशेष समारोहमा नेपालका लागि म्यानमारका राजदूतले गुरुमालाई सो उपाधि प्रदान गरिएको थियो।

म्यानमार सरकारले गुरुमाको थेरवाद बौद्ध धर्ममा पुर्‍याएको दीर्घकालीन र महत्वपूर्ण योगदानको कदर गर्दै यो उपाधि प्रदान गर्ने निर्णय गरेको हो।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गुरुमालाई प्राप्त सम्मान नेपालका लागि गर्वको विषय भएको बताउँदै, म्यानमारका जनताले गुरुमालाई बुद्धको प्रतिनिधिका रूपमा स्वीकार गर्नु नेपाल-म्यानमारबीचको धार्मिक सम्बन्धको सशक्त प्रमाण भएको धारणा व्यक्त गर्नुभयो।

उक्त अवसरमा म्यानमारमा हाल उत्पन्न मानवीय संकटका पीडितहरूलाई राहत स्वरूप धर्मकीर्ति विहारको तर्फबाट नेपाल सरकारमार्फत म्यानमारका लागि ३० लाख ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।

यसअघि पनि सन् १९९४ (वि ।सं । २०५१) मा धम्मवती गुरुमालाई म्यानमार सरकारले “अग्गमहागन्थवाचक पण्डित” उपाधिबाट सम्मान गरेको थियो । गुरुमाको व्यक्तित्व र योगदान म्यानमारका जनताबीच अत्यन्त आदर, श्रद्धा र प्रतिष्ठाका साथ लिने गरिन्छ। वहाँले बौद्धशिक्षा र समाजसेवामा पुर्‍याउनु भएको समर्पणले अन्तर्राष्ट्रिय स्तरमै उहाँको छवि उज्यालो बनाएको छ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑