• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

साथीका निम्ति प्रेमको सौगात

सुभाय् संवाददाताApril 16, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

राजेन्द्र स्थापित
मधुबाला हिन्दी सिने संसारकी भिनस (प्रेमकी देवी) थिइन् । भारतीय मर्लिन मुनरो (हलिउड सिने जगतकी सबैभन्दा सुन्दरी अभिनेत्री) । उनको सुन्दरता भारतमा मात्र होइन, अमेरिकामा पनि प्रख्यात थियो । सन् १९५० को दशकमा अमेरिकाबाट निस्कने ठूला–साना सबैजसो पत्रिकामा उनको फोटो छापिएको छ । ‘थिएटर आर्ट्स’ ले त कभर स्टोरी नै छाप्यो । पत्रिकाले ठूलो फोटोसहित ‘संसारकै सर्वश्रेष्ठ महान कलाकार’ शीर्षकमा लामो लेख प्रकाशन ग¥यो । यसबीच अमेरिकी चलचित्र निर्माता फ्रान्क कापरा मुम्बई पुगे । सबै विख्यात कलाकारहरुको सम्मानमा रात्रिभोजको आयोजना गरे । वास्तवमा त्यो भोज मधुबालासँग भेट्न आयोजना गरेका थिए । भोज र नाचगानकै क्रममा मधुबालालाई अमेरिका जान आग्रह गरे । रात्रिभोजमा मधुबालाका बाबु अताउल्लाह खान पनि थिए । उनले छोरीलाई हलिउड पठाउन सिधै अस्वीकार गर्दै मधुबालाको भविष्य बलिउडमै भएको जानकारी दिए ।

मधुबालाको जन्म सन् १९३३ को फेबु्रअरी १४ अर्थात् प्रेम दिवसको दिन भएको थियो । बाबु अताउल्लाह एउटा टोबाको कम्पनीमा काम गर्थे । मधुबालाको बाल्यकालको नाउँ मुमताज बेगम जहाँ देहल्बी थियो । उनी अताउल्लाहको पाँचौं सन्तान थिइन् । अताउल्लाह कुल ११ सन्तानका पिता बने । परिवारमा मुमताज सबैभन्दा प्रिय थिइन् । सबै उनलाई ‘मझली आपा’ भनेर बोलाउँथे । यसबीच अताउल्लाहको जागिर गयो । एक छाक खान धौधौ प¥यो । भोकमरी र औषधोपचारको अभावमा चार छोरी र दुई छोराको निधन भयो । परिवारमा मुमताज, उनका चार दिदीबहिनीसहित सात जना बाँकी रहे । जीवित पाँच छोरीमा मुमताज नै सबैभन्दा राम्री थिइन् । अताउल्लाह कट्टर पठान परिवारका थिए । त्यतिखेर दिल्लीमा काश्मिरवाला बाबा (ज्योतिष) को खुब प्रशंसा हुन्थ्योे । अताउल्लाहले मुमताजलाई उनको आश्रममा लिएर गए । बाबाले मुमताजको हँसिलो अनुहार देख्नेबित्तिकै भने, ‘यी किशोरीले ठूलो भएपछि निकै नाम कमाउनेछिन्, पैसा र इज्जत कमाउनेछिन् तर…!’
अताउल्लाहले उत्सुकतापूर्वक सोधे, ‘तर के बाबा ?’
बाबाले फेरि भने, ‘यिनले जीवनमा कहिल्यै सुख पाउने छैनन् । यिनी र यिनीसँग गरिने सबै प्रेम दुःखदायी हुनेछन् । प्रेमीको मृत्यु अल्पायुमै हुनेछ ।’
बाबाको कुरा सुनेर अताउल्लाह निकै दुःखी बने । तर मुमताजले बाबाको कुरालाई पर्वाह नै गरिनन् । सानैमा मुमताजलाई मन पराउने धेरै थिए । तीमध्ये लतिफ नामक मुसलमान पनि थिए । केटाकेटीमा खेल्दा लतिफ सधैं मुमताजको अगाडि–पछाडि हुन्थे । एकदिन अताउल्लाह कामको खोजीमा मुम्बई जाने र मुमताजलाई पनि लैजाने निधो गरे । लतिफ र मुमताज एक–अर्कादेखि टाढा जानुपर्ने भएपछि दुःखी भए । घरबाट हिँड्ने बेला मुमताजले प्रेमको प्रतीकस्वरुप एउटा रातो गुलाफको फूल उपहार दिइन् । मुमताज मुम्बई पुगेपछि ती दुईको कहिल्यै भेट भएन तर लतिफले त्यो फूल जीवनभरि आफूसँग राखिराखे र सन् १९६९ को फेब्रुअरी २३ मा ३६ वर्षको अल्पायुमै मुमताजको निधन भएपछि मुम्बई पुगेर उनको समाधिमा सो फूल चढाए । लतिफ त्यसपछि मुम्बईमै बसाइँ सरी हरेक वर्ष मुमताजको समाधिमा गई रातो गुलाफको फूल चढाउन थाले ।
मुम्बईमा अताउल्लाह खानले निकै संघर्ष गरे तर काम पाउन सकेनन् । तर, ८ वर्षकी मुमताजलाई त्यसबेलाको प्रख्यात चलचित्र अभिनेत्री देवीका रानीले देखिन् र मन पराइन् । उनको सिफारिसमा मुमताजले ‘वसन्त’ चलचित्रमा काम पाइन् । चलचित्रमा हिन्दी सिने जगतकी ‘प्रथम महिला’ भनेर चिनिने देवीका रानी थिइनन् । हिरो थिए उल्लास र हिरोइन थिइन्– मुमताज शान्ति । सन् १९४२ मा प्रदर्शित यो चलचित्रमा बेबी मुमताज बालिका मञ्जुको भूमिकामा थिइन् । मुमताजले यसपछि चलचित्रमा स–साना भूमिका पाउन थालिन् । ७ जनाको परिवार उनकै कमाइमा चल्न थाल्यो । सन् १९४७ मा पहिलोपटक चलचित्र ‘नीलकमल’ बाट मुमताज नायिकाको रुपमा देखा परिन् । उनै देवीका रानीले मुमताजको नयाँ नाउँ मधुबाला राखिदिइसकेकी हुन् । चलचित्रमा १४ वर्षीया मधुबालाका नायक थिए– राज कपुर ।
यो चलचित्रमा निर्माता, निर्देशक तथा लेखक थिए– केदार शर्मा । ‘नील कमल’ बनाउँदा उनको उमेर थियो ३७ वर्ष । राज दुलारीसित दाम्पत्य जीवन निभाएको १५ वर्ष भइसकेको थियो तर मधुबालाको रुप देखेपछि उनी पनि नियन्त्रणभन्दा बाहिर गए । आफूभन्दा २३ वर्ष कान्छी अभिनेत्रीसँग प्रेम गर्न पुगे । यद्यपि, उनको प्रेम एकतर्फी थियो । मधुबालाले केदारले आफूसँग गर्न थालेको प्रेमको अनुभूति नै गरिनन् । केदार सँगै चलचित्र युनिटका एकजना आर्टिष्ट पनि मधुबालासँग प्रेम गर्न थालेका थिए तर केदार र आर्टिष्ट मोहन सिन्हाको प्रेमलाई मधुले पितासरहको उमेरकाले गर्ने माया सम्झिइन् ।
‘नीलकमल’ पछि मधुबाला अभिनित चलचित्र ‘महल’ प्रदर्शन भयो । निकै सफल सिद्ध भयो । चलचित्रको गीत
‘आएगा आनेवाला, आएगा
दीपक बगैर कैसे, पर्वाने जल रहे हैं,
कोइ नहीं चलाता, और तीर चल रहे हैं
तडपेगा कोइ कब तक, बे–आस बे–सहारे
लेकिन ये कह रहे है, दिलके मेरे इशारे ।
यो गीतले चलचित्रको सफलतामा ठूलो भूमिका खेल्यो । यो पहिलो गीत हो, जसले लता मंगेशकरलाई पाश्र्व गायिकाको रुपमा स्थापित ग¥यो । चलचित्रमा मधुका नायक थिए अशोक कुमार । २२ वर्षले जेठो । फिल्मका पटकथाकार र निर्देशक थिए, कमाल अमरोही । उनी पनि मधुभन्दा १५ वर्षले जेठा । उमेरले जेठो मात्र होइन, विवाहित पनि । नायिका नरगिसकी आमा जद्दन बाइको घरमा नोकर्नीको काम गर्ने विल्किस बानो र सयद अल जहरा मेहमुदीका लोग्ने । कमाल पनि मधुलाई प्रेम नगरी रहन सकेनन् । शुरुमा उमेरको फरकले मधुलाई फरक पारे पनि विस्तारै उनी पनि कमालको सामिप्यमा रमाउन थालिन् । त्यसो त अताउल्लाह खान छोरी मधुको बिहे कसैसँग नहोस् भन्ने चाहन्थे । परिवारको निम्ति उनी ‘सुनको अण्डा’ सावित भइरहेकी थिइन् । परिवारमा कमाउने मधु मात्रै थिइन् । सबै उनीमाथि निर्भर थिए तर कमालको मामिलामा अताउल्लाह पनि सकारात्मक बने । उनले भने, ‘यिनीहरु विवाह बन्धनमा बाँधिए पनि मलाई कुनै अफशोच हुने छैन ।’ कमाल त मधुसँग बिहे गर्ने तयारीमै लागे तर मधुले पत्नीहरुसितको सम्बन्ध कानुनी तवरमै बिच्छेद गर्नुपर्ने शर्त राखिन् । कमाल त्यसो गर्न चाहँदैनथे । त्यसबेला मधुले आफूसँग बिहे गर्न कमाललाई भारु. ९ लाख दिने प्रस्ताव अघि सारेको खबर सर्वत्र फैलियो । यद्यपि मधुकी बहिनी मधुरले सो हल्लाको खण्डन गरिन् । आफ्नो परिवारको आर्थिक अवस्था कसैलाई ९ लाख दिनसक्ने नरहेको खुलासा गरिन् । कमालले पछि अर्की चर्चित अभिनेत्री मीनाकुमारीसँग सन् १९५२ मा बिहे गरे । उनीहरुको हिमचिम चलचित्र ‘तमाशा’ को छायांकनको दौरान भएको थियो । चलचित्रका नायक देव आनन्द थिए ।
कमालसितको प्रेम बिछोडपछि मधु लामो समय ‘डिप्रेसन’ मा परिन् । यसपछि सन् १९५१ मा चलचित्र ‘बादल’ को छायांकन सुरु भयो । नायक थिए, हैण्डसम हिरो प्रेमनाथ । त्यसबेला मधुको उमेर थियो १७ । उनी सुपरस्टार बनिसकेकी थिइन् । प्रेमनाथ पनि २५ वर्षका थिए । उनले यसअघि कसैसँग प्रेम गरेकै थिएनन् । तर एक त अत्यन्त सुन्दरी, त्यसमाथि छायांकनको दौरान दिनानुदिन सँगैको उठबसले उनी मधुलाई प्रेम गर्न थाले । एकदिन प्रेमले मधुसँग प्रेम प्रस्ताव राखे । मधुले न हुन्छ भनिन् न हुन्न । लजालु पाराले मुसुक्क हाँस्दै निहुँरिँदै बसिन् मात्र । प्रेमले मधुको उक्त संकेतलाई सकारात्मक रुपमा लिए र प्रेममा पर्दै गए । एकदिन मधुसँग बिहेको प्रस्ताव राखे ।
तर उनीहरु दुई जनाको धर्म रोकावट बन्यो । मधु मुसलमान थिइन् भने प्रेम पञ्जाबी । प्रेमले धर्म परिवर्तन गर्न मधुलाई दबाब दिए तर मधु त्यसो गर्न तयार भइनन् । यद्यपि बिहेको कुरो बिग्रेको र धर्म रोकावट बनेको कुराले दुई जनाबीच चिसोपना आइसकेको थियो तर एक–अर्काप्रतिको आकर्षण उस्तै थियो ।
फेरि सन् १९५१ मै चलचित्र ‘तराना’ शुरु भयो । चलचित्रका नायक ट्रेजेडी किङ दिलिपकुमार थिए । मधु विस्तारै दिलिपकुमारलाई प्रेम गर्न थालिन् । दिलिप र प्रेम असल साथी थिए । फुर्सदको समय चुरोट तानेर गफ गरी बिताउँथे । उनीहरु हरेक कुरा एक–अर्कालाई बताउँथे । यहाँसम्म कि गोप्य कुरा पनि । गफ र कुराकानीकै क्रममा दिलिप र मधु एक–अर्कालाई प्रेम गर्न थालेको कुरा प्रेमले थाहा पाए । प्रेम विस्तारै मधुसितको प्रेमबाट पछि हट्न थाले । तर मधु भने एकै समय दिलिप र प्रेमसँग प्रेम गर्दै थिइन् । दुईमध्ये कसलाई जीवनसाथी बनाउने भन्ने दोधारमा थिइन् । उनले दुवैलाई एकैपटक प्रेम प्रस्तावको रुपमा रातो गुलाफ पठाइन् । दुवैले सकारात्मक प्रत्युत्तर दिए । अन्त्यमा प्रेम साथीको लागि ‘प्रेम’ त्याग्ने पक्षमा उभिए । मधुदेखि टाढा हुँदै अर्को चलचित्र ‘अनारकली’ की नायिका बिना रायसँग नजिकिए । बिहे नै गरे ।
त्यसो त मधुको दिलिपसँग पनि बिहे भएन । पछि शम्मी कपुरले मन पराए तर बिहे भएन । अन्त्यमा उनको बिहे गायक तथा अभिनेता किशोरकुमारसित भयो । किशोरसित छोटो दाम्पत्य जीवन बिताइन् । अल्पायुमै उनको मृत्यु भयो ।साथीका निम्ति प्रेमको सौगात
– राजेन्द्र स्थापित

त्यसो त मधुको दिलिपसँग पनि बिहे भएन । पछि शम्मी कपुरले मन पराए तर बिहे भएन । अन्त्यमा उनको बिहे गायक तथा अभिनेता किशोरकुमारसित भयो । किशोरसित छोटो दाम्पत्य जीवन बिताइन् । अल्पायुमै उनको मृत्यु भयो ।
जन आस्था
राजेन्द्र स्थापितको फेसबूक वालबाट साभार

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑