• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

ट्रम्प -जेलेन्स्की वार्तामा रोशन श्रेष्ठको “मुसिको भव”


सुभाय् संवाददाताMarch 1, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

 

डा.रोशन श्रेष्ठ                                

  • उनले आत्महत्या गर्ला या अकस्मात निधन होला या पुतिन सित सम्झौता गर्ला या म्याक्रोन-मोदी-उर्सुला-सिपिङ सित निवेदन चढाउन जाला या… भन्ने थरिथरिका विकल्प मध्ये “अब के होला” भन्ने बाजीको खेल अनलाइन बेटिङ चर्केको छ।

बाघ झै फुर्तिका साथ ह्वाइट हाउस पसेका जेलेन्स्की मुसो बनेर निस्कनु परेपछि अब एकाएक नसोचिएको समाचार आउने सम्भावना छ ।

प्रेससामु नै झपारिएपछि जेलेन्सकीलाई पाहुना बस्ने वेटिङ रुममा राखियो। त्यसपछि फेरि भेटघाटको कार्यक्रम थियो, तर एक्कासी बिदेश सचिव मार्को रुबियो पाहुना रुममा गएर जेलेन्स्कीलाइ भने –
“तिम्रो ह्वाइटहाउस भ्रमणको कार्यक्रम सक्कियो, तिमी फर्किए हुन्छ।”
जेलेन्स्कीले आफुलाइ किन फर्काइयो भनेर सामाजिक सञ्जालबाट तपाइ हामीले थाहा पाए सरह थाहा पाए।
यसरी फर्काइनु अपमान हो, र यो अपमानले डीप-स्टेटका विश्वब्यापी चम्चाहरु साह्रै रिसाएका छन्। उनीहरुको रीस सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ।
ट्रम्पले यूक्रेनमा रुसिहमलाले क्षति पुर्याएको पावर ग्रीड मर्मत गर्ने अमेरिकी सहयोग रोक्का गरिदिएको छ।
यूक्रेन भित्रै जेलेन्स्कीमाथि महाभियोग लगाउनु पर्ने आवाज उठेको छ।
जेलेन्स्कीको युद्धमा जसरी पनि अमेरिकी सहयोग जारी राख्नुपर्छ भनी सशक्त आवाज राख्ने अमेरिकी सिनेटर लिन्डसे ग्राहम् ले अब यूक्रेनले अमेरिकाको कुनै सदाशयता लिने हो भने जेलेन्स्की बाहेक दोस्रो व्यक्ति पठाउनुपर्ने भनेका छन्।
यी सबै घटनाहरु हेर्दा जेलेन्स्कीको अब राजनीतिक मृत्यु भएको देखिन्छ।
उनले आत्महत्या गर्ला या अकस्मात निधन होला या पुतिन सित सम्झौता गर्ला या म्याक्रोन-मोदी-उर्सुला-सिपिङ सित निवेदन चढाउन जाला या… भन्ने थरिथरिका विकल्प मध्ये “अब के होला” भन्ने बाजीको खेल अनलाइन बेटिङ चर्केको छ।
त्यो बेटिङमा सबभन्दा कम दाऊ चाहिं ट्रम्पले जेलेन्स्की माथि फेरि विश्वास गर्ने छ भन्ने विकल्प छ।
यस्तो अवस्थामा रातारात ठूलो परिवर्तन हुन सक्छ। यूक्रेनी सेनाले “अब सक्कियो” भनेर लडाइ मैदान छाड्ने सम्भावना छ भने “मौका यहि हो” भनेर पुतिनले फूल फ्लेक एट्याक बढाउन सक्ने छ। त्यस्तो भैगइ यूक्रेनको नक्सा के हुने हो, अनुमान मात्र गर्न सकिन्छ।
हैन र?
कुरा बुझौं मुसुमुसु हाँसौं।

(डा. रोशन श्रेष्ठ अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत एक खुल्ला विचारका व्यक्तित्व हुनुहुन्छ । उनी कार्यक्षेत्रभन्दा बाहिरका समसामयिक विषयमा आफ्नो विचार सहितको विचारोत्तेजक सटिक लेखहरु  लेख्न मन पराउँछन् ।)

(फिचर फोटो : एजेन्सी )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑