• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 02, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

एनएचएमसिको २५ औं रजत जयन्तीमा अध्यक्ष पालिखेलाई सप्राईज अवार्ड


सुभाय् संवाददाता February 23, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको २५ रजत जयन्ती तीन दिन विशेष कार्यक्रम आयोजना गरेर मनाईएको छ ।
पोखरा १४ छिनेडाँडा अवस्थित कलेजमा शनिबार २५ औं रजत जयन्ती मूल समारोहमा २५ औं वर्षसम्म निरन्तर कलेजको व्यवस्थापकिय नेतृत्वमा रहेर काम गरेका अध्यक्ष अशोक पालिखेलाई सरप्राईज अवार्ड प्रदान गरिएको छ ।
यस्तै कलेज स्थापनाकालदेखि हालसम्म निरन्तर क्रियाशिल रहेका बोर्ड सदस्य जयराम हमाल, कर्म गुरुङ, नारायणप्रसाद द्वा, विनोद वैद्य लगायतलाई सम्मान गरिएको छ ।
यस्तै कलेजमा बिगत २०, २५ वर्षदेखि विभिन्न पदमा रहेर काम गरेका शिक्षक तथा कर्मचारी र ४ जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।
समारोहमा बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, सुरक्षा गार्ड दील बहादुर गुरुङ, स्टोरकिपर बुद्धि बहादुर गुरुङ, यातायात इन्चार्ज कृष्णप्रसाल अधिकारी, सहयोगि भीमकला विक, म्याथ टिचर अर्जुन अधिकारी, दील कुमारी घर्ति मगर, लाइब्रेरी इन्चार्ज भरत खबास, श्रीप्रसाद परियार र वर्षको उत्कृष्ट कर्मचारीको अवार्डबाट कर्ण बहादुर खड्कालाई सम्मान गरियो । यस्तै ४ जिपिए ल्याउन सफल विद्यार्थी वर्षा पाङ्गी मगरलाई सम्मान गरियो ।
कलेजले रजत जयन्ती अन्तर्गत पहिलो दिन बिहिबार फागुन ८ गते ग्राजुयट ११० विद्यार्थीलाई वधाई ज्ञापन तथा शुभकामना दिदैं प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । शुक्रबार पूर्व विद्यार्थीहरुबीच पर्यटनसम्बन्धी छलफल तथा अनुभव आदानप्रदान गरियो भने शनिबार मूल समारोह आयोजना गरएिको हो ।
कार्यक्रममा सहभागि सबैलाई स्वागत गर्दै कलेजका अध्यक्ष अशोक पालिखेले कलेजको स्तरउन्नती कल्पना गरेकोभन्दा उच्च भएको बताए । ११३ जना विभिन्न क्षेत्रका सहयात्री शैक्षिक मन भएकाहरुको साथले सन् १९९८ मा छाप्रोबाट सुरु भएको कलेज अहिले २९ रोपनी जग्गामा समेटिएको, सुविधा सम्पन्न भवन, अत्याधुनिक फइवस्टार होटलको जस्तो ल्याव रहेको बताए ।
“म लगायतका साथीहरुले पियु खोल्नका लागि प्रयत्न गयौं । १३ वर्षसम्म त पियुसंगै रहेर काम गरियो । यो कलेजको स्थापनाको लागि सुरुमा घर घरमा गयौं । २५ हजार उठाउन सुरु गर्यौं । अहिलेको विकसित रुपलाई हेर्दा हामीलाई पनि सन्तोष लागेको छ । कम्पनीमा दर्ता भएपनि समुदाय लक्षित शैक्षिक गतिविधिहरु भईरहेका छन् । हाम्रो कलेजको प्रगति देखेर पियुका रजिष्ट्राले पनि हौसला दिनुभएको छ ।”
पालिखेले यो वर्षदेखि इएमबीए सुरु गरेको र कलेजमा एमबीएको पढाईको लागि पियुले सोच्नुपर्ने बेला भएको बताए ।
प्रिन्सिपल प्रकाश रेग्मीले सुरुवात कालमा मोटरसाईकल, बसलाई धकाल्दै आउनु जानुपर्ने अवस्थाबाट माथि उठ्दै यहाँसम्म ल्याउन अध्यक्ष अशोक पालिखे सरको नेतृत्वदायि भूमिका र ११३ जना शेयर सदस्यहरुको, पूर्व प्राचार्यहरुको अहम भूमिका रहेको बताए ।
“अग्रजको कसरतको जगमा मेरो पालामा मलाई झन् अहोरात्र कसरी सधैं उच्च स्थानमा रहिरहने भन्नेतर्फ डोर्याईरहेको छ । म र मेरो टीमले गुणस्तरिय शिक्षा र कार्यमूलक सिप सिकाईका लागि कुनै सम्झौता गर्दैनौ र गर्नेछैनौ । अहिले आँकडालाई हेर्ने हो भने हाम्रो विद्यार्थीहरु ४८ देशमा पुगेर त्यहाँ पनि फाईवस्टार होटलहरुमा उच्च पदमा रहेर काम गरिरहेका छन् र देशले रेमिट्यान्स पाईरहेको छ । तर हाम्रो इच्छा विद्यार्थी यहिं बसेर काम गरुन् र यो संभव छ भनेर मैले भनिरहेको छु । “
पोखरामै पनि एक दिनको एक डेढ लाख शुल्क लाग्ने होटल खुलिसकेका र त्यहाँ आफ्ना विद्यार्थीले काम गरिरहेको खुसिको कुरा सुनाए । उनले भने, कति बैंक, वित्तीय संस्थाहरु जब भ्याकेन्सिको सिट ल्याएरै कलेजमा आउँछन्, त्यसैले हामीले सम्पर्कमा रहिरहेकाहरुलाई जब पठाउन सक्नै हैसियत बनाएको उनले सुनाए ।
रजत जयन्ती मूल समारोहका प्रमुख अतिथि पोखरा विश्व विद्यालयका रजिष्ट्रार प्राध्यापक डा।दिपकबहादुर भण्डारीले एनटिएचएमसिको प्रगति अरुका लागि पनि प्रेरक हुने बताए । उनले भने, कलेजलाई यहाँसम्म ल्याउन अशोक जी को बिगत २५ वर्षदेखिको निरन्तरको नेतृत्वलायी भूमिका चानचुने नभएको बताए ।
“उमेर ७३ वर्षको भईसक्यो तर कामले उहाँ तन्नेरीको जोशमा गर्नुहुन्छ । लिडरकै कारण संस्था अब्बल बन्छ र लिडरकै कारण संस्था बिग्रिन्छ । उहाँको कुशल नेतृत्वको कारण यो कलेजको प्रगति साह्रै राम्रो रहेको छ । मलाई लाग्छ यो प्रगतिलाई इतिहासले सहि मूल्यांकन गर्नेछ । मैले थाहा पाए अनुसार १२ सय ७६ विद्यार्थीहरु देश विदेशका विभिन्न फाईवस्टार होलहरुमा उच्च पदमा रहेर काम गरिरहेका छन् । पियुसंग सम्बन्धनमा रहेको कलेजलाई संसारले चिनेको र मानेको छ । अब हामी यत्तिमा मात्रै सिमित नभएर अन्तराष्ट्रिय विद्यार्थी यहाँ ल्याउन कसरत गर्नुपर्छ । रजिष्ट्रार भण्डारीले भने, उच्चस्तरको होटल व्यवस्थापनका लागि के चाहिन्छ, तपाँईहरु योजनामा लाग्नुस् पियुले कस्तो भूमिका खेल्नुपर्छ हामी प्रतिवद्ध छौं ।”
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, पुर्व सचिव तथा कलेजका शेयर सदस्य दीपेन्द्र पुरुष ढकालले कलेजले उत्पादन गर्ने विद्यार्थीहरु अधिकांश पर्यटकीय राजधानी पोखरामा खपत हुनेमा विश्वस्त रहेको बताए । जनशक्ति दक्ष भएको खण्डमा पर्यटनबाट लाभ लिन सकिन्छ । किनभने दक्ष जनशक्तिबाट गुणस्तरिय सेवा पस्कन सकिन्छ ।
पियुका स्कल अफ विजनेशतर्फबा डिन डा।दयाराज ढकालले आफु एनटिएचएमसिको बारेमा सुरुबाटै जानकार रहेको बताए । २३ वर्षदेखि निरन्तर निकाली रहेको छु । उनले भने, सानो छाप्रोबाट सुरु भउको कलेज अहिले २९ रोपनी जग्गामा सुविधा सम्पन्न भवन तथा गुणस्तरिय शिक्षामा लागिपरेको छ । म अरुसंग कुरा गर्दा पनि भन्छु कि यो कलेज अग्रभागमा रहेको छ ।
कसैले केहि सिक्नु छ भने पहिले एनटिएचएमसिलाई बुझेर र जानेर आउनुस् भन्ने सल्लाह दिन्छु ढकालले भने । पछिल्लो क्रममा प्राचार्य प्रकाश रेग्मी जी को लिडरसिप असाध्यै राम्रो र अशोक सरको व्यवस्थापकिय नेतृत्वले पर्यटनको पहिलो कलेज सबैको प्यारो जेठो छोरो जस्तै बनेको छ । यो कलेजले जिन्दगीभन्दा पनि जिवन जिउने सिप सिकाएको छ । जस्ले आफु मात्रै होईन अरुलाई पनि जिउन सिकाएको छ ।
पियु साईन्स एण्ड टेक्नोलोजितर्फका डिन राजेश ठकुराठीले भने मयस कलेजका हरेक कुराहरुलाई नजिकबाट हेरिरहेको छु । यसको प्रगति बढि नै रहेको छ । उनले कलेजको प्रगतिका लागि साथमा रहेको र के गर्न सकिन्छ त्यसका लागि तत्पर रहेको बताए ।
वडा नं १४ का अध्यक्ष बोधराज कार्किले छिनेडाँडामा रहेको नेपालको पहिलो कलेज गौरवको संस्था भएको र कहि केहि भन्नु पर्दा पहिलो शव्द नै एनटिएचएमसि रहने गरेको बताए । अहिले ११, १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशीने चलन बढेकोमा चिन्ता व्यक्त गर्दै उनले केहि हदसम्म एनटिएचएमसिले विद्यार्थी रोक्न र यहीं काममा लाग्न प्रेरित गरेकोमा आभार व्यक्त गरे ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले पर्यटनको राजधानी पोखरामा पर्यटन भ्रमण वर्ष २०२५ घोषणा भईसकेको बेलामा कलेजको भूमिका बढ्ने बताए । यो कलेज यहाँ खुलेता पनि नेपालकै पर्यटनका लागि मानक बनेको छ । व्यवस्थापन तथा हस्पिटालिटिको क्षेत्रमा इतिहास बनाइसकेकोले कलेजले शिक्षा नपाएको भए पोखरामा जामजाम भन्ने सन्देश दिएको छ । उनले पियुलाई सुझाव दिदैं विद्यार्थी संख्या थोरै भएकोले संख्या बढाउनेतर्फ सोच्न सुझाए । उनले कलेज हस्पिटालिटिको क्षेत्रको धरोहर भएको बताए ।
बीएचएम पहिलो ब्याचका पूर्व विद्यार्थी सचिन प्रधानले यसतो राम्रो कलेजमा पढ्न पाएको र अहिले आफ्नै व्यवसायमा अडिन सक्ने बनाएकोमा गौरवानुभूति भएको बताए ।

 

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑