• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 13, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

“अमलाकाण्ड” भन्दै आफूखुसी पोस्ट गर्ने ३८ युट्युब च्यानल कारबाहीमा


सुभाय् संवाददाता February 6, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

झापा घटनामा अतिरञ्जित गरी सामग्री सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
काठमाडौं /यो समय भ्यूज बढाउने उद्देश्यले सामाजिक संजालमा मनपरि पोस्ट गर्ने व्यक्ति र मिडिया भनाइँदा संस्थाहरुको संख्या अचाक्ली बढिरहेको छ। यस्तै एक तथ्यमा  प्रेस काउन्सिसिलको ध्यानाकर्षण भएको छ । पछिल्लो समय कतिपय सामाजिक सञ्जाल( युट्युब / फेसबुक पेज ) बाट झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ सत्यतथ्य पत्ता नलागिसकेको अवस्थामा आफूखुशी सामग्री सम्प्रेषण भइरहेकोमा यसकिसिमको आफूखुसी सामाग्री सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको प्रेस काउन्सिलले जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो तस्बिरहरूसमेत राखी अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ अतिरञ्जित गरी सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको भन्दै यसरी एथेष्ठ तथ्य प्रमाणबेगर भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या,बेइज्जती,मानहानी गर्ने र वैयक्तिक गोपनीयताको उल्लङ्घन हुने सामग्री सम्प्रेषण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल
हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका
परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३(पहिलो संशोधन, २०७६ ) को दफा ४ ( ९ ), ५(२) (२),५(४) र ५(१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५८८), (९), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४ ( क, ख,ङ र झ) र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लङ्घन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरिएको पनि काउन्सिलका अधिकारीले बताएको छ ।
पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छ ।मिडियाले सदैव नियम, कानुनको परिधिभित्र रही जिम्मेवारपूर्वक काम गर्नुपर्दछ । गैरपेसागत र गैरकानुनी हर्कत गर्दाका हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने भदै पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना / अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, आरोप र शङ्काकै आधारमा आफैँ अदालतझैं गरी अप्रमाणित विषयलाई दोषी करार गरी वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला,जेष्ठ नागरिक,बालबालिकाको आत्मासम्मानमा आँच पुऱ्याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह पनि गरेको छ । साथै यी र यस्तै विषयमा अनुगमन भइरहेको हुँदा यस्ता अप्रमाणित सामग्री सम्प्रेषण नगर्न/नगराउन
प्रेस काउन्सिल नेपाल यसै विज्ञप्तिमार्फत सजग गराएको छ ।
स्मरणीय छ सञ्चार माध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑