• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

शंखरापुर सक्वको पहिचान बढाउँदै सकियो शंखरापुर सक्व महोत्सव


सुभाय् संवाददाता February 4, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४३ मिनेट

काठमाडौं /ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदाको नगर शंखरापुर सक्वमा पर्यटन प्रवर्द्धनको नारा सहित  गरिएको शंखरापुर सक्व महोत्सव सफलतापूर्वक सकिएको छ ।
कार्यक्रम संयोजक तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठको सभापतित्व तथा शंखरापुर नगर पालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यमा एक समापन कार्यक्रम गरियो ।
कार्यक्रममा विभिन्न उपसमितिमा रहेका संयोजकहरु पनि उपस्थित थिए ।
माघ १६ गतेदेखि माघ १९ गतेसम्म चलेको महोत्सवमा शंखरापुरको पहिचान गराउने थुप्रै प्रदर्शनी भएका थिए । स्थानीय साहित्यकारहरुको किताब प्रदर्शनीदेखि शंखरापुरको परिचय दिने विभिन्न कार्यक्रम भए । साँखुका महाकवि गिरिजाप्रसाद जोशीको स्मरणमा उनीद्वारा रचित गीतहरू विभिन्न गायक गायिकाले प्रस्तुत गरेर एक विशेष कार्यक्रम गरियो ।
स्थानीय जनसहभागितामा ठूलो सांस्कृतिक झाँकी निकालेर सुरु भएको महोत्सवमा लोकदोहरी प्रतियोगीतादेखि विद्यालय स्तरको कविता प्रतियोगिता पनि गरियो ।अर्कोतर्फ स्थानीय परिकारको स्टलहरुले मीठो स्वाद चाख्ने अवसर पनि प्रदान गर्‍यो भने नेवा: भोजको मज्जा लिन चाहने आगन्तुकहरुलाई नेवा: भ्वय् को पनि व्यवस्था गरिएको थियो ।
चित्रकला मूर्तिकलाका विशेष प्रदर्शनी निकै आकर्षक थिए ।
महोत्सवको दोस्रो दिनमा भएको लोकप्रिय गायक कुमा सागर र उनको ख्वप बायन्डले प्रस्तुत गरेको कन्सर्टमा मानव सागर झुमिएको देखिन्थ्यो ।
स्थानीय समुदायको परंरागत चिउरा कुट्ने बिधिदेखि माटोको भाँडो बनाउने कला पनि प्रस्तुत गरिएको देखिन्थ्यो ।
स्थानीय कृषि उत्पादन देखि कृषिका विभिन्न सामानको प्रदर्सन र बिक्री बितरणका स्टल पनि व्यवस्था गरिएका थिए।
बज्रयोगिनीको जात्राको बेला निकालिने मूर्तिहरु म्ह्वासुख्वा: माजु(बज्रयोगिनी) , चिभा:द्यो(स्वयम्भू चैत्य) सिघिनी ब्याघिनीका प्रतीक मूर्ती तथा खटहरु र विभिन्न समयमा निकालिने जात्रा परवका प्रतीकहरु पनि प्रदर्शनीमा राखिएको देख्न सकिन्थ्यो । भौढोकाबाट नगर प्रवेश लगत्तै देवी नाचका प्रतीकहरु राखिएका थिए ।
त्यसैगरी अर्थ शिक्षा संस्कृति इतिहास र पानीलाई लिएर विज्ञहरु समावेश गरि अन्तरसम्बाद कार्यक्रम पनि आयोजना गरिएको थियो ।
समग्रमा यो महोत्सवले शंखरापुर चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
महोत्सव शंखरापुर सक्व नगर पालिकाको आयोजना वडा नं ६ र ७ को व्यवस्थापन र शंखरापुर उद्योग वाणिज्यसंघको सह आयोजनामा भएको थियो ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑