• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 24, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

“साँखुको पहिचान जीवन्त राख्न शंखरापुर ‘सक्व’ महोत्सब २०८१”


सुभाय् संवाददाताJanuary 21, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

काठमाण्डौ, ८ माघ । काठमाण्डौ उपत्यकाकै पुरानो शहर मध्ये एक रहेको शकरापुर सक्वको पहिचान जीवन्त राख्न शंखरापुर सक्व महोत्सब २०८१ हुने भएको छ । शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा यहि माघ १६ देखी १९ गतेसम्म ४ दिन महोत्सव हुन लागेको हो । महोत्सव बारे जानकारी गराउन शंखरापुर सक्वमा एक पत्रकार सम्मेलन गरिएको छ ।
शंकरापुर नगरपालिकाका मेयर तथा शंखरापुर सक्व महोत्सव २०८१ का संयोजक रमेश नापितको प्रमुखत्वमा  आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेयर नापितले महोत्सवको बारे जानकारी गराउने क्रममा बोल्दै ” ३ हजार ३ सय २५ बर्ष पुरानो शहर साँखुको अस्तित्व बारे जानकारी हराउँदै गएकोले त्यसलाइ चिनाउन महोत्सव आयोजना गर्न लागिएको हो” भने ।
महोत्सवको मुख्य उदेश्य नै साँखुको परिचय जिवन्त राख्दै पर्यटन प्रवर्धन गर्नु रहेको नगर प्रमुख नापितले बताए । महोत्सवमा साँस्कृतिक झाँकी, लोक दोहोरी, लाइभ कन्सर्ट, कबिता प्रतियोगिता, सामुहिक छलफल, लगायतका कार्यक्रम रहेको पनि प्रमुख नापितले जानकारी दिए ।
आठ ओटा ढोकाको शहर, नौवटा पूर्व फर्केको धाराको शहर, घर घरमा कुलो पुग्ने शहर,आठ वटा  टोलको शहर अनि जात्रै जात्राको शहर जस्ता बिबिधताले भरिपूर्ण शंखरापुरको परिचय फर्काउँदै बिश्वमा परिचित गराउन पनि नगर पालिकाले महोत्सबको आयोजना गर्न लागेको हो भनी उनले भने ।
हरेक बर्ष सालिनदी मेलामा ३० देखि ४० लाख दर्शनार्थीले भ्रमण गर्ने तर सम्पदा बस्ती सक्व (साँखु)लाई नचिन्ने धेरै भएकोले यहि मेलाको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको पनि नगर प्रमुख नापितले बताए।
शंखरापुर सक्व महोत्सबका संयोजक, नगर प्रवक्ता एवं वडा नं ६ का वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठले महोत्सवमा समाबेश कार्यक्रम तथा  उद्धेश्यबारे जानकारी गराएका थिए । संयोजक श्रेष्ठका अनुसार महोत्सबमा साँस्कृतिक झाँकी, परम्परागत जीवनशैली, ऐतिहासिक सम्पदाहरुको जानकारी, रैथान उत्पादनको प्रदर्शनी एवं बिक्री ऐतिहासिक,धार्मिक स्थलहरुको जानकारी, स्थानीय जात्रा, पर्व हरुको जानकारी, स्थानिय खाजा तथा परिकारहरुको प्रदर्शनी तथा बिक्री नेवा: भ्वय् , परम्परागत नाच, गित, दाफा भजन, बिद्यार्थीहरुको प्रदर्शनी, हस्तकला काष्ठकला, , प्रस्तरकला, चित्रकला, तथा फोटो प्रदर्शनी लगायतले साँखुलाई चिनाउने छ ।
शंखरापुर नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको माधवनारायण व्रत तथा श्री स्वस्थानी सालिनदी मेलाको अवसरमा एक महिना अवधिको शालिनदी मेलामा लाखौंको संख्यामा देशविदेशबाट आउने भक्तजनहरु तथा पर्यटकहरुमा शालिनदीको बारे जानकारी हुने तर मौलिक सम्पदा साँखु बस्ती र शंखरापुर नगरपालिकाका अन्य पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी नहुने पाइएको हुँदा पर्यटकीय नगरको रुपमा यस नगरपालिकालाई चिनाउने उद्धेश्यका साथ ऐतिहासिक मौलिकता बोकेको सक्व साँखुको  सम्पदा बस्ती भित्र विभिन्न साँस्कृतिक कार्यक्रम तथा आर्थिक तथा सामाजिक गतिविधिहरु सञ्चालन गरी अधिकतम भक्तजन तथा पर्यटकहरुलाई साँखु सम्पदा बस्तीसँग चिरपरिचित हुने अवसर जुटाउन,नगरपालिकाको मौलिक संस्कृति तथा परम्परालाई संरक्षण तथा सम्बर्द्धन गर्न, नगरपालिका क्षेत्र भित्र उत्पादित विविध वस्तु तथा सेवाहरुको बजारीकरण गरी आय वृद्धिको अवसर सिर्जना गर्न शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा  साँखु सम्पदा बस्ती भित्रको क्षेत्रमा शंखरापुर सक्व महोत्सव, २०८१ आयोजना गर्न लागिएको  जानकारी दिइएको छ ।
यस सक्व शंखरापुर महोत्सव, २०८१ को मूल उद्धेश्य शंखरापुर नगरपालिकाको मौलिक साँखु सम्पदा बस्तीलाई विश्वसामु चिनाउने र दीर्घकालिन रुपमा लाखौँको संख्यामा शालिनदी र माघी मेलामा आउने भक्तजन र पर्यटकहरुलाई नगरपालिकाका मौलिक संस्कृतिको बारेमा चिरपरिचित गराउने तथा यहाँको कृषि, पर्यटन र साँस्कृतिक विकास मार्फत नगरबासीहरुको समृद्धि हासिल गर्नु हो । साथै मौलिक साँखु सम्पदा बस्ती भित्र आर्थिक गतिविधिको अभिवृद्धिको माध्यमबाट जिवित सम्पदा शहरको रुपमा विकास गर्नु ,नगरको स्थानीय कला संस्कृति र परम्पराको प्रदशनी गर्नु , स्थानीय मौलिक वस्तु तथा सेवाको बजारीकरण प्रवर्द्धन गरी नगरबासीको आय आर्जन वृद्धि गर्नु हो । महोत्सवका प्रमुख क्रियाकलापहरुमा झांकी सहित नगर परिक्रमा कृषि उत्पादन, हस्तकला, खाजा आदि स्टल व्यवस्थापन तथा प्रदर्शनी ,परम्परागत सामान कला संस्कृति परम्परागत उत्पादनको प्रदर्शनी ऐतिहासिक महत्व झल्कने चित्रकला तथा फोटो प्रदर्शनी’ लोकदोहोरी प्रतिस्पर्धा,सांस्कृतिक कार्यक्रम,प्यानल छलफल रहेको छ ।         भाषा साहित्य कला सम्बन्धी प्रदर्शनी ,लोकप्रिय गायक कुमा सागर तथा उनको ख्वप ब्याण्डको कन्सर्ट, लोकप्रिय कलाकारहरुको प्रहशन यस महोत्सवको प्रमुख आकर्षण हुनेछ ।
Photo – Rajesh Maharjan
पत्रकार सम्मेलनमा शँकरापुर नगरपालिकाका कार्यकारी प्रशासकीय  अधिकृत एवं शंखरापुर सक्व महोत्सब मूल समारोहका सदस्य सचिव अमृत कुमार धितालले तिनै तहका सरकारको प्रत्यक्ष सहभागितामा महोत्सव आयोजना गर्न लागेको जानकारी गराए । सदस्य सचिव धितालका अनुसार स्थानिय सरकार आयोजक बागमती प्रदेश सरकारका पर्यटन मन्त्रीले उद्घाटन गर्ने तथा केन्द्र सरकार मातहतको पर्यटन बोर्ड महोत्सवमा सहआयोजका रुपमा रहने छ ।
त्यस्तै शंखरापुरमा क्रियाशील राजनैतिक दलहरु, स्थानीय संघसंस्थाहरु, बौद्धिक एवं प्राज्ञिक ब्यक्तित्वहरु, कलाकार, भाषविद् तथा इतिहासकारहरु लगायतको महोत्सखमा प्रत्यक्ष एवं सक्रिय साथ र सहयोग रहने छ।

उक्त अबसरमा इमेज च्यानलका महा प्रबन्धक रघुबर भक्त मानन्धरले ऐतिहासिक एवं प्राचिन शहर साँखुको महत्व दर्शाउँदै काठमाण्डौबाट नजिकै रहेर पनि छायाँमा परेको धारणा राखे । कार्यक्रमलाई महोत्सव मुल समारोह समितिका उपसंयोजक एवं वडा न ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले शंखरापुर सक्व महोत्सवको लागि गरिएको विभिन्न व्यवस्थापन बारे जानकारी गराए । त्यसैगरी  वडा नं ८ का वडाअध्यक्ष पोते थिङ लगायतले महोत्सवको बिशेषताबारे जानकारी गराएका  थिए। पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक महर्जन रत्नले महोत्सवको प्रचारप्रसार गर्ने अभिभारासहित शंखरापुर सक्वको सम्पदा बस्ती को पहिचान जीवन्त बनाउने अभियानमा हिंड्न पाएकोमा खुशी व्यक्त गरे ।                             * * *        पत्रकार सम्मेलनको भिडियो हेर्नुहोला

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑