• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

कुमा सागर र ख्वप बायण्ड शंखरापुर सक्व महोत्सव, २०८१को आकर्षण


सुभाय् संवाददाताJanuary 19, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट


आजको युवा समुदायमा निकै चर्चित गायक कुमा सागर र ख्वप बायण्ड  शंखरापुर सक्व महोत्सव, २०८१ को एक आकर्षणका रुपमा देखिने भएको छ । दाफा भजनलाई युवा माझ फरक गायनमा प्रस्तुति दिएर युवाहरूलाई यसतर्फ आकर्षण गर्न सफल गायक कुमा सागरका अन्य गीतहरु पनि निकै लोकप्रिय छन् ।
शंखरापुर सक्व नगरपालिकाको आयोजनामा हुन लागेको उक्त महोत्सवमा त्यहाँको सम्पदा नगर क्षेत्रभित्र सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति लगायत कृषि, चित्रकला विभिन्न हस्तकलाकाको प्रदर्शनी समेत गरिने कार्यक्रम रहेको छ ।
बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लाको उत्तरपूर्र्वी भेगमा अवस्थित यस शंखरापुर नगरपालिकाको ऐतिहासिक,सांस्कृतिक तथा धार्मिक महत्व बोकेको श्री स्वस्थानी माधवनारायण व्रतको अवसरमा मिति २०८१ पौष २९ गते देखि मनाइने एक महिना अवधिको शालिनदी मेलामा लाखौँको संख्यामा देशविदेशबाट पाल्नुहुने भक्तजनहरु तथा पर्यटकहरुमा शालिनदीको बारे जानकारी हुने तर मौलिक सम्पदा साँखु बस्ती र शंखरापुर नगरपालिकाका अन्य पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी नहुने पाइएको हुँदा पर्यटकीय नगरको रुपमा यस नगरपालिकालाई चिनाउने उद्धेश्यका साथ ऐतिहासिक मौलिकता बोकेको साँखु सम्पदा बस्ती भित्र विभिन्न साँस्कृतिक कार्यक्रम तथा आर्थिक तथा सामाजिक गतिविधिहरु सञ्चालन गरी अधिकतम भक्तजन तथा पर्यटकहरुलाई साँखु सम्पदा बस्तीसँग चिरपरिचित हुने अवसर जुटाउन, नगरपालिकाको मौलिक संस्कृति तथा परम्परालाई संरक्षण तथा सम्बद्र्धन गर्न, नगरपालिका क्षेत्र भित्र उत्पादित विविध वस्तु तथा सेवाहरुको बजारीकरण गरी आय वृद्धिको अवसर सिर्जना गर्न शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा मिति २०८१ माघ १६ गतेदेखि १९ गतेसम्म साँखु सम्पदा बस्ती भित्रको क्षेत्रमा शंखरापुर सक्व महोत्सव,२०८१ आयोजना गर्न लागिएको हो ।
महोत्सवका उद्धेश्यहरुः
यस सक्व शंखरापुर महोत्सव, २०८१ को मूल उद्धेश्य शंखरापुर नगरपालिकाको एक मौलिक साँखु सम्पदा बस्तीलाई विश्वसामु चिनाउने र दीर्घकालिन रुपमा लाखौँको संख्यामा शालिनदी र माघी मेलामा आउने भक्तजन र पर्यटकहरुलाई नगरपालिकाका मौलिक संस्कृतिको बारेमा चिरपरिचित गराउने तथा यहाँको कृषि, पर्यटन र साँस्कृतिक विकास मार्फत नगरबासीहरुको समृद्धि हासिल गर्नु हो । साथै यसका अन्य प्रमुख उद्धेश्यहरु,मौलिक साँखु सम्पदा बस्ती भित्र आर्थिक गतिविधिको अभिवृद्धिको माध्यमबाट जिवित सम्पदा शहरको रुपमा विकास गर्नु हो ।
त्यसैगरी  स्थानीय कला संस्कृति र परम्पराको प्रदशनी गर्नु , स्थानीय मौलिक वस्तु तथा सेवाको बजारीकरण प्रवद्र्धन गरी नगरबासीको आय आर्जन वृद्धि गर्नु , नगरको समग्र पर्यटन व्यवसाय प्रवद्र्धनको गर्नु, शालिनदी मेलाको अवसरमा थप बजार व्यवस्थापन तथा स्वच्छ बजार प्रतिस्पर्धा गरी उपभोक्ता हित संरक्षण गर्नु पनि रहेको छ ।
महोत्सवका प्रमुख क्रियाकलापहरुः
यस सक्व शंखरापुर महोत्सव २०८१ का प्रमुख क्रियाकलापहरुमा
झाँकी सहित ,कृषि उत्पादन, हस्तकला, खाजा आदि स्टल व्यवस्थापन तथा प्रदर्शनी,परम्परागत सामान कला सँस्कृति परम्परागत उत्पादनको प्रदर्शनी ऐतिहासिक महत्व झल्कने चित्रकला तथा फोटो प्रदर्शनी पनि रहेकोे छ ।
त्यसैगरी मनोरञ्जनका लागि लोकदोहोरी प्रतिस्पर्धा,सांस्कृतिक कार्यक्रम तथा जानकारीमूलक प्यानल छलफलपर्यटकीय सूचना केन्द्रको व्यवस्थापन  भाषा साहित्य कला सम्बन्धी प्रदर्शनी आदि रहने छन् ।
शालिनदीको मेलामा शंखरापुर नगरपालिका भ्रमण गर्ने २० प्रतिशत भक्तजन र पर्यटकहरुले साँखु सम्पदा बस्तीलाई चिन्ने,शालिनदीको मेलामा आउनु हुने भक्तजन तथा पर्यटकहरुले स्थानीय वस्तु तथा सेवा खरिद गर्न पाउने अवसर पाउने, शालिनदीको मेलामा आउनु हुने भक्तजन तथा पर्यटकहरुले स्थानीय मौलिक परम्परा, कला संस्कृतिको बारेमा जानकारी हासिल गरेका हुने, शालिनदी मेलाको अवसरमा शंखरापुर नगरपालिकाको सीमित बजारको विस्तार भई उपभोक्ता हक हितको संरक्षण तथा प्रवद्र्धन गर्न यो महोत्सव उपयोगी हुने, शालिनदी मेलाको अवसरमा नगरबासीहरुले आर्थिक क्रियाकलापमा सहभागी हुने प्रचुर अवसर सिर्जना भई स्वतःस्फूर्त रुपमा आगामी वर्षमा निजी क्षेत्रबाट समेत यस्ता क्रियाकलाप सञ्चालन गर्न मार्गप्रशस्त भई स्थानीय अर्थतन्त्रलाई चलायमान तथा गतिशिल बनाउन यो महोत्सव कोशेढुङ्गा सावित हुने अपेक्षा लिइएको छ ।

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑