• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

शंखरापुर सक्व महोत्सव २०८१ आयोजना हुने


सुभाय् संवाददाताJanuary 9, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाण्डौ / शंखरापुर सक्व नगर पालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा “शंखरापुर सक्व महोत्सव २०८१” आयोजना हुने भएको छ । शंखरापुर सक्व नगर पालिकाका प्रवक्ता तथा वडा नं ६का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि माघ १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ । उनका अनुसार महोत्सवको मूल उद्घेश्य सक्वको प्राचीन बस्ती र सम्पदा बारे जानकारी गराउनु तथा शंखराप्र नगर पालिकाभित्र रहेका बिभिन्न समुदायको संस्कृति बारे प्रचार प्रसार गर्नुका साथै साँखुकोे बारे प्रचार प्रसार गर्नु पनि रहेको छ ।
साँखु नगर मणिशैल महावदान अनुसार आजभन्दा तीनहजार वर्षभन्दा अगाडि स्थापित नगर हो । यहाँ भेटिएका शिलालेखहरु अध्ययन गर्दा पनि पाचौं शताब्दीदेखिका शिलालेखहरु प्रमाणका रुपमा भेटिएका छन् यी शिलालेखहरुको अध्ययन गर्दा पनि यस नगरको प्राचीनता पुष्टि गर्दछ । यस नगरमा रहेको शालिनदीमा हरेक वर्ष मेला लाग्दछ तर धेरैलाई प्राचीन नगर साँखुको बारेमा जानकारी नरहेको देखिएको हुँदा यसबारे जानकारी गराउनुका साथै शंखरापुर नगर पालिकाको कृषि, पर्यटन तथा संम्पदा संस्कृतिबारे जानकारी गराउने हेतुले यो महोत्सव गर्न लागिएको हो” प्रवक्ता राधाकृष्ण श्रेष्ठले स्पष्ट गरे ।
शंखरापुर सक्व यस्तो नगर हो जुन नगर काठमाडौंका अन्य नगरभन्दा अलि पृथक छ । काठमाडौं उपत्यकाका अन्य नगरजस्तै यो नगर, सभ्यता र सम्पदा, संस्कृतिका दृष्टिकोणले धनी नगर पालिका हो । यो नगर उपत्यकाकै सबैभन्दा पहिलो बौद्ध बिहार रहेको स्थल भनी इतिहासकार धनबज्र बज्राचार्य लगायत धेरै विद्वानहरुले पुष्टि गरेको स्थल हो ।
प्रवक्त राधाकृष्ण श्रेष्ठका अनुसार महोत्सव सफलता पूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुख रमेश नापितको संयोजकत्वमा मूल आयोजक कमिटी गठन भएको छ । उपप्रमुख समिता श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत तथा ९वटै वडाका वडा अध्यक्ष सदस्य रहने गरी मूल आयोजक कमिटी गठन गरिएको छ । कमिटीको उपसंयोजकमा उपप्रमुख समिता श्रेष्ट, सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल रहनु भएको छ ।
महोत्सवको उद्घेश्य सहित स्थानिय उत्पादनलाई प्रवद्र्धन तथा स्थानिय व्यापारीको संरक्षण गर्ने र प्रोत्साहन गर्ने मुख्य उदेश्य सहित माघ १६ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको महोत्सव सम्पन्न गर्नका लागि २३ उपकमिटी गठन भएको छ । जसमा महर्जन रत्नको संयोजकत्वमा प्रचारप्रसार उपकमिटी गठन गरिएको छ ।
महोत्सवमा शँकरापुर नगर पालिकाका ९ वटै वडामा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, झाँकि सहित नगर परिक्रमा गर्ने, कृषि, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, नेवार खाजा, कासा खेल, परम्परागत गर गहना, भेषभुषाको प्रदर्शन बिभिन्न समुदायको जन्मदेखि मृत्युसम्मका बिभिन्न सँस्कारहरुको प्रचार, चित्रकला प्रदर्शनी, हराएका मुर्तिहरुको जानकारी गराउने तथा परम्परागत जात्राहरुको प्रदर्शनी गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
शंखरापुर नगर पालिकाका मेयर तथा महोत्सव संयोजक रमेश नापितले सबै जनसमुदायमा महोत्सवमा सहभागी भई मनोरंजनका साथै यस नगरका विविध पक्षका जानकारी हासिल गर्नका लागि आह्वान गरेका छन् ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑