• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

चीनमा ७.१ रेक्टरको भूकम्प नेपालमा झट्का,पराकम्प आउने क्रम जारी


सुभाय् संवाददाता January 7, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं /नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।भूकम्प ७.१ रेक्टर मापन गरिएको छ । उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएको छ।चीनको भूकम्प सम्बन्धी निकायले तिब्बत नजिकै ६ दशमलव ८ म्याग्निट्यूडको भूकम्प गएको जानकारी दिएको रोएटर्स समाचार संस्थाले जनाएको छ।
ठूलो भूकम्पपछि भूकम्पविद् लोकविजय अधिकारीले ठूलो पराकम्प आउन सक्ने संभावना रहेको बताएका छन् ।आजै ६ वटा परकम्प गएको छ, जसको केन्द्र तिब्बतको दिङ्गी क्षेत्रमा रहेको थियो। भूकम्पविद् अधिकारीले जानकारी दिएका अनुसार, बिहान ८:४५ सम्म ६ वटा परकम्पको धक्का महसुस गरिएको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा माथिका छन्, जसमा ४ देखि ५.२ म्याग्निच्युडका ६ वटा पराकम्प समावेश छन्। अधिकारका अनुसार, यीभन्दा ठूलो पराकम्प आउन सक्ने सम्भावना रहेपनि ७ म्याग्निच्युडभन्दा ठूलो पराकम्पको सम्भावना कम रहेको उनले प्रष्ट पार गरेका छन्।आज बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गएको थियो, जसको धक्का नेपालमा पनि महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाका अनुसार यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन भएको तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको बताएका छन्।
बिहान ६:५० बजेतिर उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए।
उनले भने, “हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन। प्रभावित हुन सक्ने क्षेत्रहरूमा हामी थप बुझ्दै छौँ।”
“भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ,” विश्वकर्माले टेलिफोनमा भने।
लबुचेस्थिति झन्डै ५००० मिटर उचाइमा अवस्थित वैज्ञानिक अध्ययन केन्द्र ‘पीरामिड ल्याब’का काजी विष्टले मङ्गलवार बिहानै त्यहाँ ठूलो कम्पन महसुस हुँदा आसपासका भिराला ठाउँबाट थुप्रै ढुङ्गा र बरफका ढिक्का खसेको बताएका छन्।
सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जिल्लाको माथिल्लो भेगका मानिसहरूले घरहरू चर्किएको जानकारी गराएको बताएका छन्।
“कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ र उद्धारको लागि तयारी अवस्थामा छ। अहिलेसम्म अप्रिय घटना विवरण आएका छैनन्,” उनले भने।
“माथिल्लो भेगमा केही घरहरू चर्किएको भन्ने आएको छ तर यकिन छैन।”
चीनमा उक्त भूकम्पका कारण ९ जनाको ज्यान गएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्।
आठ वर्षमा नेपालमा ४ म्याग्निट्युड माथिका ७७० भन्दा बढी भूकम्प गएको रेकर्ड रहेको छ ।
(बिबिसी नेपालीको सहयोगमा )

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑