• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीमा शान्ति पदयात्रा


तस्बिर : श्यामशंकर पाण्डे
सुभाय् संवाददाता December 26, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

लुम्बिनी, पुस ११ गते । पदयात्रालाई प्रवर्द्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । सहभागीहरु बुद्ध धुनको गुन्जनसँग पद यात्रा गर्न पाउँदा निकै हर्षित भए । खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझी बताउनुभयो ।
बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन प्रबर्द्धनमा टेवा पुगेको उहाँले बताउनुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक ऊर्जा पैदा गरेको बताउनुभयो । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दूरीको यात्राले शरीर थाके पनि मनमा थप ऊर्जा पैदा भएको बताउनुभयो। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन बिताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिनुभयो । उहाँले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकारात्मक सन्देश दिएको समेत बताउनुभयो ।
बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । यो बीचमा ठाउँठाउँमा पदयात्राीले स्थानीय, पर्यटन व्यवसायीले स्वागत गरेका थिए । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु बजिरश्रीले १० मिनेट ध्यान गराउनु भएको थियो । भगवान बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । साभार

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑