• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति


सुभाय् संवाददाता December 23, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट


पोखरा/पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। उपाध्यक्ष चिनु गुरुङ र राजेन्द्र ओझा, सचिव सुरेश श्रेष्ठ र कोषाध्यक्ष विनोद भुजेल सर्वसम्मत चयन भएका छन्। सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानांग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा छन्। नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो।                                                                                                  यसअघि अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापनाकालीन लक्ष्यअनुसार नै अबको कार्य समितिले काम गर्ने धारणा व्यक्त गरे। अध्यक्ष प्रजापतिले अबको कार्य समितिले बजारको अवस्थालाई ध्यान दिँदै टेलिभिजन अझै राम्रो र सबै दर्शकको अपनत्व हुने खालका कार्यक्रम प्रसारण गर्ने वातावरण बनाउन सबैसँग अनुरोध पनि गरे। कार्यक्रममा टेलिभिजनका उपाध्यक्ष चिनु गुरुङले सबैको हित र आम नागरिकको पक्षमा वकालत गर्न स्थापना गरिएको सिटीवानले भुइँ मान्छेको आवाजलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राखिन्। उनले यस्तो विकराल अवस्थामा पनि टेलिभिजनले लक्ष्यअनुसारको नाफा आर्जन गर्न सकेकोमा सबैलाई धन्यवाद दिँदै यो वर्ष अझ धेरै काम गर्न सबैसँग सहकार्यका लागि अनुरोध गरिन्। पोखराको दि होटल कान्तिपुरमा भएको साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको थियो। कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक तथा सेयर सदस्य अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रक्रिया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाका बारेमा जानकारी गराएकी थिइन्।

स्टार नेपाल मिडिया हव प्रा.लि.द्वारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशलाई आधार मान्दै सञ्चालित छ। २०७७ सालमा स्थापित टेलिभिजनले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, समाचार, पर्यटन र व्यवसायलाई मुख्य विषयवस्तु बनाउने गरेको छ। देशभरका सबै डिजिटल सेवा प्रदायक नेटवर्कबाट प्रसारित टेलिभिजन बिहान ५ बजेदेखि राति ११ बजेसम्म नियमित प्रसारण भइरहेको छ।निकट भविष्यमा बजारको माग अनुसार काठमाडौं ब्युरो खोल्ने लक्ष्य राखेको सिटी वन टेलिभिजनले राम्रो लोकप्रियता हासिल गर्न सफल हुने क्रममा रहेको छ ।

 

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑