• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

“नेपालमा Leader होइन Dealer हावी छ” – पी एल सिंह


सुभाय् संवाददाताDecember 20, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

“नेपालमा “राजनीति होइन लाजनीति” चलेको छ / Leader होइन Dealer हावी छ” – पी एल सिँह

इन्द्रलाल सिंह

पि.एल. दाई लक्का जवान हुँदै आफ्नो घर, परिवार छोडे। राजनीतिमा लागे। गणेशमान सिंह र मंगला देवी सिंह, चाक्सिबारी परिवारको सम्पर्कमा पुगे । परिवारको जेठो छोरो र सहयोगी बने । वर्ष बित्दै गए पी.एल. दाइमा राजनीतिको साथसाथै जेठा छोराको जिम्मेवारी पनि थपिंदै गए ।लौहपुरुष गणेशमान सिंह र मंगलादेवी सिंहलाई त्यो उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । परिवारका साना पाँच बालबालिकाको पालन पोषण, शिक्षा दिक्षाको जिम्मा लिन बाध्य भए । त्यो परिवार भित्र डाक्टर, पाईलट, राजनीतिक नेता बनाउन सफल भए । नेपाली कांग्रेसले पी एल दाइलाई काठमाडौँको मेयर पदमा चुनाव लड्न निर्देश गरे । संसदीय चुनावमा वामपन्थी पक्षमा बढी मत खसेको ठाउँ कांग्रेसको लागि फलामको च्यूरा चपाउनु सरह को चुनाव थियो । उहाँको स्वभाव र आफ्नै पारिवारिक सम्बन्धले मेयर बन्न सफल भए । बिसं २०५२ सालमा काठमाडौं नगर पालिकालाई महानगर पालिका बनाए र नगर विकास को भिजन दिए।
पी एल दाईले राम्रै काम गरे पनि पार्टीले झेल गरे । मेयरको दोस्रो कार्यकाल बाट वञ्चित गरे र चुनाव जित्न असहज क्षेत्र मा सांसद को टिकट लिन बाध्य गरे । मरिचमान सिंह, पद्मरत्न तुलाधर जस्ता दिग्गज हस्तीहरु प्रतिद्वन्दी रहेको क्षेत्रमा चुनाव लड्न पठाए । यसका बावजुद पनि उनले चुनाव जितेर देखाए । नेपालको राजधानकै पूर्व मेयर र काठमाण्डौबाट निर्वाचित सांसदलाई मात्र “वातावरण मन्त्री” बनाई उनको अपमान गरे ।
नयाँ संविधान आए, पी एलका फरक मत रहे, संसद बहिस्कार गरे र चट्टान जस्तै अडिग रहे। “देशमा leader होइन dealer को हावी भयो”, “राजनीति होइन लाजनीति” चलेको छ रे भन्ने गर्थें पी एलदाइ । यही क्रममा गणेशमान सिँह र किसुनजीले नेपाली कांग्रेस परित्याग गरे ।
समय बित्दै गए, जिम्मेवारी थपिँदै गए सच्चा राजनीतिको उतारचढाव को क्रममा पी एल दाईले विवाह गर्न पनि भुले ।
बारह वर्ष पछि खोलो फर्किन्छ भने झै पी एल दाई बिर्सेको आफू जन्मेको घर र सिंह परिवार नरदेवी, ताम्सीपाखा मा ६०/६५ वर्षको युवा भएर फर्के जबकि आफ्नै सहोदर आमाबाबु बितिसकेका थिए । भएका एक्लो भाई, बहिनीहरुसँग रमाइलो जीवन बिताए ।
आफ्नै घर र परिवारमा फर्केको १६ वर्ष पछि पी एल दाईको स्वास्थ सम्बन्धी ठूलो समस्या आइपर्‍यो । परिवारले मेडिसिटी अस्पतालमा शल्यक्रिया गराए । तर निको नहुने रोग फेलापरे र विभिन्न प्रयास गर्दा पनि निको नभई पौष १ गते कसैसँग नझुक्ने,निस्कलंक, स्वच्छ छवि लिएर जनताको सदभाव, माया र मन जित्न सफल पिएल दाइले देह त्याग गरे ।(लेखक पिएल सिंहका भाइ हुन् )

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑