• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

कोलोराडोमा एक आपसमा न्हूदँया भिंन्तुना – शुभकामना आदान प्रदान


सुभाय् संवाददाताNovember 18, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७५ मिनेट
कोलोराडो/नेपाल संम्बत ११४५ को उपलक्ष्यमा कोलोराडोमा  आइतबार एक कार्यक्रम आयोजना गरी एक आपसमा न्हूदँया भिंन्तुना आदान प्रदान गरिएको छ ।
नेवाः खलः कोलोराडोले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । यसै अवसरमा संस्थाको नयाँ पदाधिकारीको घोषणा तथा सम्मान कार्यक्रम समेत गरिएको छ । पूर्वसचिव, गायिका तथा महिला नेतृ उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नेपालबार एशोसिएसनका पूर्व अध्यक्ष बिश्वकान्त मैनाली कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धिजिवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा नेपालीभाषीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी उर्मिला श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारे प्रकाश पारेका थिए ।
राष्ट्रिय बिभुती तथा नेपाल संम्वतका प्रवर्तक संखधर शाख्वाको फोटोमा माल्यार्पण गरी कार्यक्रमलाई अगाडी बढाईएको थियो । समारोहमा न्हूदँया ११४५ राष्टिय समारोह समितीका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल बाहिर अमेरीकाको कोलोराडोमा नेपाल संम्वत मनाउन लगेकोमा खुसी ब्यक्त्त गर्दै नेपाल सम्वतको शुभकामना, कार्यक्रमको महत्व र नेवाःखलःलाइ धन्यवाद सहितको भिडियो संन्देश सुनाइएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले नेपाल संम्बतको ११४५ को उपलक्ष्यमा सबैलाई शुभकामना दिदै राष्ट्रिय बिभुती शाख्वाको देनबारे प्रकाश पारेका थिए । यसरी मन्तब्य राख्नेहरुमा हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसवी नारायण श्रेष्ठ, प्रमुख अतिथी उर्मिला श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठ रहेका थिए । उनिहरले नेःवा संस्कृती र परंपरा बिशाल रहेको जसले नेपाललाई बिश्व माझ चिनाउन मद्दत गर्ने धारणा राख्दै कार्यक्रमलाई एउटा घरभित्र सिमीत नगरी यहाको स्थानीयहरुमाझ प्रश्तुत गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली समुदायलाइ एकताबद्द तुल्याउन तथा नेपाली संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याएकोमा कृयसिल संस्था नेपाली घरलाइ सम्मान गरिएको थियो । समारोहमा नेपाली घरका उपाध्यक्ष गंगा चौलागाइलाइ र बिभिन्न सामाजिक संजालको माध्यमबाट नेपाली भाषी समुदायको गतिबिधीहरु समुदायलाइ सुसुचित गराउन अमुल्य योगदान पुर्याएको भन्दै स्वतन्त्र पत्रकार नातिबाबु भट्टलाइ पगरिगुताइ मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
नेवाः खलः कोलोराडोको न्हूदँया भिन्तुना कार्यक्रममा संस्थाको नयाँ कार्यसमितिको पनि घोषणा गरिएको छ । जस अनुसार  नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष- भूषण लाल श्रेष्ठ , निवर्तमान अध्यक्ष- प्रेमकाजी श्रेष्ठ,                    उपाध्यक्ष-मनोजकाजी तुलाधर, महासचिव -संञ्जय शाक्य, सचिव -नारायणप्रसाद दुवाल, कोषाध्यक्ष -रोशन महर्जन, सॉंस्कृतिक सचिव- सुरेन्द्र महर्जन, इभेन्ट अफिसर- शर्मिला प्रधान, पब्लिक रिलेसन अफिसर- अनिल बज्राचार्य रहेका छन् । यसैगरी संस्थाका सदस्यहरूमा सुरेश श्रेष्ठ, जोशन श्रेष्ठ, राजन जोशी, मनिष ताम्राकार रहेका छन् । संस्थाको सल्लाहकारहरूमा भुवनकृष्ण श्रेष्ठ, धर्मराज श्रेष्ठ तथा मयजु कव: संयोजक -रमिता तुलाधर, आईटी संयोजक -मोहनकाजी श्रेष्ठ, ल्यायम्ह कव:- संयोजक बिकेश प्रधान, लयताच्यः संयोजक- रामगोपाल श्रेष्ठ रहेका छन् ।

नेवाः खलः कोलोराडोको नव निर्वाचित पदाधिकारीहरू
१. अध्यक्ष- भूषण लाल श्रेष्ठ  
२.  निवर्तमान अध्यक्ष- प्रेमकाजी श्रेष्ठ,                   
 ३ .उपाध्यक्ष-मनोजकाजी तुलाधर,
४ . महासचिव -संञ्जय शाक्य,
५ .सचिव -नारायणप्रसाद दुवाल,
६ . कोषाध्यक्ष -रोशन महर्जन,
७ .सॉंस्कृतिक सचिव-
८ .सुरेन्द्र महर्जन

कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई संस्थाका अध्यक्ष तथा संस्थापक अध्यक्षले प्रमाण पत्र प्रदानगरि सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा कुमारी रथ निर्माणमा अमुल्य योगदान गर्ने तथा कार्यसमितीको बिगत दुईबर्षे कार्यकालमा संस्थालाई संस्थालाइ महत्वपुर्ण योगदान दिने बिभिन्न पदाधिकारीहरुलाई मयांको चिनो प्रदानगरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरुले नेवार गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले संचालन गरेका थिए । “नेवार संस्कृति जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई नेवार संस्कृति पहिचाहन गराउन नेवाः खलःले हरेक बर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।”खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले बताए ।
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑