• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

पोखरामा नेपाल सम्वत ११४५ को स्वागत-भव्य भिन्तुना र्‍याली


सभालाई संवोधन गर्दै नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखे
सुभाय् संवाददाताNovember 3, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

पोखरा । नेपालको राष्ट्रिय संवतको रुपमा राज्यबाट मान्यता पाएको नेपाल सम्वतको नयाँ वर्ष ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना (शुभकामना) र्‍याली निकालिएको छ । नेवाः खलः कास्कीको आह्वान तथा बागबजार ताय मचा समितिको आयोजनामा कछलाथ्व पारुका दिन निकालिएको न्हूदँया भिन्तुना र्‍याली  पोखराको बागबजारबाट सुरु भएको थियो । र्‍याली विन्ध्यवासिनी, मोहरियाटोल, भैरवटोल , भिमसेन टोल हुँदै नेवा छेँ भवनमा आएर सभामा परिणत भएको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले देशका ६२ जिल्लामा जन्मेका व्यक्तिहरू पोखरामा बस्ने गरेको डाटाले देखाएको ८० भन्दा बढी जातीको बसोबास रहेको बताए । कतिपय संस्कृति जोगाउन गाह्रो भएको हुनसक्ने भन्दै महानगरपालिकाले जातजाति, धर्म, संस्कृति र साहित्यलाई जोगाउनका लागि गरिने कार्यक्रममा सहयोग गर्दै आइरहेको भन्दै मेयर आचार्यले नयाँ पुस्तामा भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । कतिपय जातजातिको भाषाको लिपि नभएर बोलीचाली मात्र रहेको भन्दै भाषालाई जोगाउन महानगरपालिकाले सबै खाले सहयोग गर्न तयार रहेको र त्यसको सदुपयोग गर्न पनि आग्रह गरे ।
नेवाः खलः कास्कीका वरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठले स्वागत गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले शुभकामना मन्तव्य राखेका थिए ।
र्‍यालीमा सहभागी ४० वटा समुह मध्ये रूपा देउराली नेवाः खलः प्रथम बन्दै नगद २५ हजार हात पार्‍यो । यसैगरी फेदी नेवाः खलः द्वितीय, झीगु भाय् झीगु संस्कृति पुचः तृतीय र भिमसेनटोल मिसा पुचःले सान्त्वना पुरस्कार पाए ।र्‍यालीको निर्णायकमा निरञ्जन बजिमय, सुरेश कुमार श्रेष्ठ र सोनी ढेवाजु रहेका थिए ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन महासचिव श्रीकृष्ण कतिलाले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले यस्ता कार्यक्रमले तीन तहका सरकारले पर्यटकीय राजधानी पोखरा भनेर कार्य योजना अगाडी बढाएको योजनालाई सघाउ पु¥याउने बताए । सबै जातजातिको काय्र्रक्रममा सबै जातजाति सहभागी हुने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । महानगरको क्यालेन्डरमा यहाँका विभिन्न जातजातिले मनाउने पर्व तथा आयोजना गर्ने र्‍यालीको बारेमा राखेर व्यापक प्रचार प्रसार गर्न उनले आग्रह समेत गरे ।
झण्डै २५ सयको हाराहारीमा सहभागिता रहेको कार्यक्रममा कास्की जिल्लामा रहेका ४८ वटा कचा खलःहरु, ३१ वटा ल्याय्म्ह पुचः र ४३ वटा मिसा पुचः सहितका नेवार समुदायका विभिन्न संस्थाका साथै ब्राम्हण समाज, क्षत्री समाज, तमु धिं कास्की, मिरुवा तमु समाज, ह्योल्मो समाज, नेपाल मगर समाज, चौधरी समाज, नेपाल तामाङ घेदुङ, हिमाली सांस्कृतिक परिवार, मञ्जुश्री तामाङ बौद्ध समाज लगायतको समेत सहभागिता रहेको महासचिव कतिलाले बताए ।
पोखरामा पनि नेपाल संवतका प्रणेता तथा राष्ट्रिय विभुति शंखधर शाख्वाःप्रति सम्मान र श्रद्धाका साथ भिन्तुना र्‍याली निकालिएको हो । नेवार समुदायमा कछलाथ्व पारु अर्थात् वर्षको पहिलो दिन म्हपुजा गर्ने गरिन्छ जून नेवार समुदायको एउटा विश्वलाई देखाउन सकिने नमूना संस्कृति हो । यो दिन नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने दिन भएको हुँदा, नव वर्षको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना र्‍याली  निकाल्ने गरिएको छ ।
(समाचार सहयोग सिटी वान टेलिभिजन पोखरा)

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑