• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

रविलाई हिरासतमा राख्न पाँच दिन म्याद थप ,शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा


photo -Nepalnews
सुभाय् संवाददाताOctober 21, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

रविलाई हिरासतमा राख्न पाँच दिन म्याद थप
शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।उनलाई हिरासतमा राख्न पाँच दिन म्याद थप थप उनलाई गरिएको छ ।
शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।
नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण अर्को बाटोबाट रविलाई अदालत लगिएको थियो ।

यसैबीच कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुष्ट बनेको छ । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको रास्वपा उपसभापति डिपी अर्यालले प्रतिक्रिया दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारीले महानगर क्षेत्रमा प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधाज्ञा लगाएका हुन् । पाँच जनाभन्दा बढीलाई निषेधित क्षेत्रमा जम्मा हुन रोक लगाइएको छ ।
रास्वपाले सहिदचोकमा प्रदर्शन गरिरहँदा निषेधाज्ञाको सूचना जारी गरिएको हो । उक्त सूचनापछि रास्वपाले आफ्नो प्रदर्शन जारी राख्छ कि राख्दैन भन्ने प्रश्नमा उपसभापति अर्यालले भने, ‘हाम्रो प्रदर्शनलाई निरन्तरता दिन्छौँ, तर निषेधित क्षेत्र तोड्ने हाम्रो अभ्यास र नीति छैन ।’

अर्यालले स्वतस्फुर्तरुपमा भएको शान्तिपूर्ण प्रदर्शनबाट सरकार आत्तिनु नपर्ने बताए ।
‘हामीले अस्तिदेखि नै शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छौँ । पार्टीको झन्डासमेत नबोकेर राष्ट्रिय झन्डा बोकिएको छ । प्रहरी प्रशासनले पनि तपाईँहरूको आन्दोलन अरूको भन्दा संयमित छ भनेर प्रशंसा गरेका छन् । तर, अनायास माथिको आदेशमा प्रशासनले निषेधाज्ञा लगाउनु निन्दनीय हो ।’ उनले भने ।
अब कसरी प्रदर्शनलाई निरन्तरता दिने भनेर रणनीति बनाइने उनको भनाइ छ ।

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑