• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 01, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

यसपालिको टोरोन्टो नेपालभाषा समर स्कुल सम्पन्न


सुभाय् संवाददाता June 19, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

काठमाडौं / क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालित ‘टोरोन्टो नेपालभाषा समर स्कुल-२०२४’ सम्पन्न भएको छ ।
प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो बिश्वबिद्यालयको आयोजनामा सञ्चालन भएको ‘टोरोन्टो नेपालभाषा समर स्कुल’ गत जेठ १४ गते प्रारम्भ भई गत जेठ २६ गते सम्पन्न भएको हो ।
यस वर्षको नेपालभाषा समर स्कुलमा प्रारम्भिक आधुनिक बोलिचालीको नेपालभाषा, आधुनिक नेपालभाषा लेखन, आधुनिक नेपालभाषा उच्च साहित्य, प्रारम्भिक पुरानो (क्लासिकल) नेपालभाषा र पुरानो (क्लासिकल) नेपालभाषा उच्च साहित्य बिषयमा अध्यापन भएको थियो । अनलाइन संचालित सो कक्षामा क्यानाडा, अमेरिका, बेलायत, नेदरलन्द, भारत, जर्मन, इटाली, डेनमार्क लगायत देशका विभिन्न विश्वविद्यालयमा आबद्ध करिब ५५ जना अध्येता, अनुसन्धाता र प्राध्यापक लगायत प्रशिक्षार्थीहरुले भाग लिएका थिए । यस बर्ष टोरोन्टो विश्वविद्यालका प्रा.डा. क्रिस्टोफ एमिरिच र अध्येता इयान तर्नरका साथै नेदरलन्द निवासी भाषा शिक्षक तथा नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, मानवशास्त्री तथा नेपालभाषाका साहित्यकार डा. बाल गोपाल श्रेष्ठहरुले प्राध्यापन गरेका थिए ।
नेपालभाषा समर स्कुलको पढाईको अतिरिक्त बीच-बीचमा नेपालभाषा साहित्यबारे प्राध्यापक प्रेमशान्ति र डा कामिलो ए फर्मिगाति का प्रवचन दुई विषेश प्रवचन र नेपालभाषाको काव्य अनुवादमा सामुहिक प्रयास विषयमा राउण्ड टेबल समेत भएको थियो ।
जेठ २१ गते सोमबारको दिन प्राध्यापक दिन भएको प्रवचन कार्यक्रममा प्रेमशान्ति तुलाधरले नेपालभाषा र यसको साहित्यीक इतिहासबारे वृस्तृतरुपमा चर्चा गर्नु भएको थियो । बार्हौं शताब्दीतिरबाट लेखन परंपरा शुरु भएको नेपालभाषामा चौधौं शताब्दीमै गोपालराज वंशावलीदेखि हरमेखला, नारदस्मृति जस्ता ग्रन्थहरु लेखिएको यस भाषामा १६ आै शताब्दीबाट साहित्यका विविध विधामा लेखन फस्टाएको कुरा उहाले जनाउनु भयो । शाहकालको आरम्भ यता राणाकालमा आईपुग्दा यो भाषाले राज्यको चरम दमन खेप्नुपरेको कुरा पनि औंल्याउनु भयो । नेपालभाषामा लेखे बापत कविकेशरी चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्विचरण श्रेष्ठ, केदामान वेथित, धर्मरत्न यमि लगायतका नेपालभाषाका धेरै साहित्यकारहरुले जेलनेलको सास्ति भोग्नु परेको पनि उहाँले जनाउनु भयो । अहिले गणतन्त्र आईसक्दा पनि यो भाषालाई राज्यले उपेक्षा कायम गरेको कुरा पनि उहाँले खेद जताउनु भयो । आफ्नो प्रवचनमा उहाँले नेपालभाषाको आधुनिक साहित्य र साहित्यकारहरुका योगदान बारे पनि संक्षिप्त चर्चा गर्नु भएको थियो ।
त्यस्तै गत जेठ २३ गते बुधबार भएको प्रवचन कार्यक्रममा डा. कामिलो ए फर्मिगातिले “Maṇika and the first Manuscript Witnesses of Newar Literature” विषयक कार्यपत्र प्रस्तुत गर्नुक साथै राजा जयस्थिति मल्लका पालामा नेपालभाषाको चौधो शताब्दीका लेखक माणिकले लेखेका मानव न्यायविकासिनी लगायत विभिन्न ग्रन्थहरुको चर्चाका साथै चौधौं शताब्दीमा नेपालभाषा वांगमय विकासमा उनले पुर्याएको योगदाबारे विस्तृत चर्चा गर्नु भएको थियो ।
यहि क्रममा गत जेठ २५ गते शुक्रबार दिन आधुनिक नेपालभाषा काब्यको अनुवादमा सामुहिक प्रयास विषयमा नेपालभाषा काव्य अनुवाद समुहको राउण्ड टेबल छलफल कार्यक्रम भयो । प्रोफेसर क्रिस्टोफ इमिरिच, डा मार्लिना फ्रिसोने, डा क्रितिस राजभण्डारी, डा. बाल गोपाल श्रेष्ठ र अध्येता इयान तर्नर सम्मिलित उक्त राउण्ड टेबल छलफलमा सबै वक्ताहरुले सामुहिक नेपालभाषा काव्य अनुवादमा आ-आफुले गरेका अनुभवबारे चर्चा गर्नुहुन्दै एक भाषाबाट अर्को भाषामा गरिने अनुवादले मुल भाषामा रहेको मौलिकता जोगाउन ठूलै कसरत गर्नु पर्ने तर यहि चुनौतिलाई मध्यनजरमा राखेर अनुवादको काम हुनुपर्ने बिचार पनि राख्नु भएको थियो ।
माथि चर्चित दुबै प्रवचन तथा राउण्ड टेबल कार्यक्रम पछि भएको छलफलमा उपस्थित जिज्ञासु स्रोताहरुले आफ्ना धारणा राख्ने र प्रश्नहरु राख्ने काम पनि भएको थियो ।
News support:dhanraharanews

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑