• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

बेलायत पुगेका पहिलो नेपाली जसलाई जंगबहादुरले चिने


सुभाय् संवाददाताJune 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्ष अगाडि यदि नभेटेका भए । उनको गुमनाम लण्डनको सडकमा मृत्यु हुने थियो । जङ्गको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रुपमा इतिहासमा नाम लेखियो ।

बि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जङ्गबहादुरको टोली निकै ठूलो थियो । १२०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जङ्गबहादुरले साथमा ।

यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यहीं घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जङ्गबहादुरले ५००० रूपैया मन्दिरलाई दान पनि गरेका थिए । आजको रकममा परिवर्तन गर्ने हो भने यो रकम करोडौ रूपैया हुन आउँछ ।

चैत्र २७ गते बेलायतको लागी पानीजहाजमा यात्रा आरम्भ भयो । ५००० पाउण्ड रकममा भाडामा लिएको P & O Company को Haddington Steamer मा जङ्गबहादुरको यात्रा आरम्भ भए पछि १२०० सैनिकले बिदाइ गर्दा सबै सैनिकहरू धेरै समय सम्म पनि रूदै समुन्द्र हेर्दै बसेका थिए । उनिहरूको सोचाइमा समुन्द्री यात्रा डरलाग्दो हुन्छ तसर्थ महाराजा अब कहिल्यै फर्केर आउने छैनन् ।

मद्रास, सिलोन (श्रीलंका), एडेन (यमन), स्वेज (इजिप्ट), काइरो (इजिप्ट), एलेक्जेन्ड्रिया, जिब्राल्टर हुदै जेठ १४, १९०७ मा बेलायतको दक्षिण Southampton Harbour मा करिब साढे चार महिना पछि बल्ल पुग्न सफल भएको थियो ।

सबैको मान्यता जङ्गबहादुर यूरोप पुग्ने पहिलो नेपाली थिए । तर जङ्गबहादुर लण्डन पुगेको दुइ दिनमा नै सडकमा घुम्दै गर्दा अचानक सडकमा कुचो लगाएर माग्दै गरेको नेपाली माथी जङ्गबहादुरको आँखा पुग्यो । उनले बोलाएर सबैकुरा सोधे । त्यसपछि कहिले कसरी बेलायत पुगेको सबै सबिस्तारमा बर्णन गरे उनले ।

उनको नाम मोतीलाल सिंह थियो, उनको जन्म भक्तपुरमा भएको थियो । उनको नामको पछाडि सिंह भएको हुँदा उनि नेवार थिए भनेर अडकल गर्न सकिन्छ । नेपाल अंग्रेज युद्धको समय घाइते भएका उनलाई अंग्रेज सेनाले कब्जामा लिएका थिए । युद्धवन्दिका रुपमा रहेका उनलाई उनको बहादुरीबाट खुशी भएका अंग्रेज सैनिक अफिसरले उनलाई सैनिकको रूपमा अंग्रेजको सेनामा भर्ति गराइदिए । अंग्रेजी बोल्न सिकेका उनले पछि कलकत्तामा विवाह गरेर बालबच्चा पनि भयो । यसरी खुशीसाथ बसेको उसलाई एक दिन पानीजहाजका ब्रिटिस क्याप्टेनले बेलायत जाने सपना देखाए । उनी क्याप्टेनको साथ बि.सं. १९०० तिर लण्डन पुगे । लण्डनमा उनको नेपाली नामको अंग्रेजीकरण भयो । उनको नाम अंग्रेजीमा Mutty Loll Sing हुन पुग्यो ।

कलकत्तामा श्रीमती र छोराहरुलाई छोडेर गएका थिए । उनको श्रीमती र छोराहरुको विषयमा कुनै पनि जानकारी भेटिदैन । मोतीलालकै भनाइमा उनको श्रीमती शुद्र थिइन । उनकै लेखका अनुसार पनि धेरै छोराको जन्म भएको थियो । पुराना दस्तावेजहरु खोतल्दै कलकत्तामा केही loll sing पछाडि नाम भएका भेटिन्छन् । यी नामहरुसंग कतै मोतीलाल सिंहको सम्बन्ध पनि हुन सक्छ ।

मोतीलाल लण्डन पुगेको केही दिनमा नै उसंग भएको सबै पैसा चोरी भयो । जसले गर्दा उनले लण्डनको सडकमा बेवारिस हुन बाध्य भए । मागेर खाने र St. Paul चर्चमा बस्ने तथा कुचो लगाउने काम गर्न थाले ।

यस्तैमा आजभन्दा १७४ वर्ष अगाडि बि.सं. १९०७ जेठ १६ मा अचानक जङ्गबहादुरको नजर उनमा पर्यो । यस पछि जङ्गबहादुरले उनलाई उनको दुखद परिस्थितिबाट मात्र मुक्त गरेनन् । उनलाई आफ्नो यात्रा भरी दोभाषेको रूपमा साथ राखे । आफू जहाँ जहाँ गए सबै ठाउँमा सम्मान साथ उसलाई लिएर गए । मोतीलाल सिंहले जङ्गबहादुरलाई महत्वपूर्ण ठाउँ मात्र घुमाएनन् । त्यहाँको सबिस्तार बर्णन पनि गरे ।

जङ्गबहादुरका साथ पेरिस पनि पुगे मोतीलाल तर जङ्गबहादुर नेपाल फर्कदा उनि नेपाल फर्कन मानेनन् । जङ्गले उनलाई अनुरोध नगरेका होइनन् । तर उनले नेपाल फर्कन चाहेनन् । हुनसक्छ नेपालमा रहेको उनको परिवारले युद्धमा उनको मृत्यु भएको सम्झेर काजकृया पनि गरिसकेका थिए होला । त्यो समय कसैको मृत्यु भएको मानेर काजकृया गरिसकेर जीवित फिर्ता आएमा परिवारले स्विकार नगर्ने रितीरिवाज थियो । केही बुझ्ने परिवारले पूनर्जन्मको रुपमा फेरी न्वारान देखिको बिधि गरेर घर भित्राउने गर्दथे । भने कतै कतै संस्कारले मृत्यु भइसकेको मानेर जीवित आए पनि हत्या पनि गर्ने गर्दथे । वास्तवमा नजिककाहरुले उनको हिस्साको सम्पति लिइसकेको हुँदा पनि उनलाई जीवित रुपमा स्विकार गर्न खोज्दैनथे । यस्तै कारणले पनि नेपाल फर्कन चाहेनन् । दोश्रो उनले कलकत्तमा रहेको पत्नी र छोराहरुसंग कुनै सम्पर्क गरेका थिएनन् । तसर्थ कलकत्ता पनि फर्कन खोजेनन् ।

जङ्गले लण्डनमा छोडेर आएका मोतीलाल सिंहको मृत्युको पनि कुनै रेकर्ड भेटिदैन । उनको मृत्यु कहिले कहाँ र कसरी भयो भन्ने पनि जानकारी भेटिदैन । The New Monthly Magazine को सन १८५० को अंकमा मोतीलाल सिंहले एउटा लामो लेख नै छपाएका थिए । लेखको शिर्षक राखिएको छ – Some Account of the Nepaulese in London यस लेखमा उनले आफ्नो नाम Mutty Loll Sing नै लेखेका छन् । आफ्नो छोटो परिचयमा उनले सेन्ट पाँल कब्रिस्तानका सफाइकर्मी लेखेका छन् । लेखको पहिलो भागको शिर्षक – “मोतीलाल सिंहले यो इतिहास कसरी लेख्यो” राखेका छन् । आफ्नो जन्मको समय पनि उनले भिन्न रुपमा लेखेका छन् । मोतीलाल सिंह (मेरो) जन्म भादगाउँ नेपालमा भएको हो । राजाको दरवार रहेको काठमाडौ देखि खासै टाढा होइन । मेरो जन्मको समय नेपालमा राजा गिर्वाणको शासनकाल थियो । भदौको अध्यारो चन्द्रमा आधा भएको थियो भने पृथ्वीले २० चक्कर लगाइसकेको थियो । (यसले उनको जन्म समय भदौको २० गते भाद्र कृष्ण अष्टमीको दिन थियो । साल स्पष्ट लेखेका छैनन् । अनुमान अनुसार बि.सं. १८५६ आसपास हुनुपर्दछ ।)

अंग्रेजसंगको युद्धको अन्तिम घडि तिर म घाइते भए । त्यसपछि युद्धवन्दीका रुपमा विजयी सैनिकहरुले मलाई लगे । उनीहरुले मलाई विजयी सेनामा भर्ति गराइ दियो । त्यसपछि म उनिहरुका लागि लड्न थाले । उनिहरुकै लागि बोल्न थाले । जब शान्तिको दिनहरु आयो म आफ्नो जन्मभूमि देखि टाढा कलकत्तामा शहरमा बस्न पुगे । म शारीरिक रुपले ठिक भए पनि एक किसिमले शुद्र भइसकेको थिएँ, विवाह पछि हाम्रा धेरै सन्तानहरु भए । एक दिन एक पानीजहाजको अंग्रेज क्याप्टेनले देखाएको सुनौला भविष्यको सपनाका कारणले मैले धेरै दुख कष्ट पाएँ । जहाजको यात्रामा कमाएको पैसा पनि सबै गुमाए । र एक अन्जान देशमा तिरष्कृत र उपेक्षित रुपमा बाँच्न बाध्य बनाइयो । लोभले लाभ, लाभले बिलाप भने झै भयो ।

लामो समयसम्म म लण्डनको चिसो सडकमा काँपिरहे । प्राय भोको, प्राय पानी सम्म खान नपाउने गरि । तर भगवान प्रति विश्वास थियो – यस्तैमा आजीविकाको लागि मेरो हातमा कुचो आयो । म सेन्ट पाउल चर्चको छाँयामा रहन थाले । लण्डनको सडकमा कतिपय धनाध्य, कतिपय गरिवहरु पनि हिडिरहन्थे । तर कसैलाई पनि मोतीलालको वास्ता थिएन । आक्कल झुक्लल एक दुइ पेन्स हात लाग्थ्यो । त्यो पैसाले म चामल किन्थे । र कपडा लिन्थे । जसरी ठूलो समुन्द्रमा एउटा काठ अर्को काठसंग मिल्दछ । त्यसरी नै मेरो देशवासीसंग मेरो भेट भयो । शस्त्रको देवता स्कन्दको आशिर्वादको एक घडीमा सर्वश्रेष्ठ मन्त्री जङ्गबहादुर मतर्फ फर्कियो । आज म जस्तो छु वहाँको दयालु कृपाले नै छु । ममा अचानक आशा जाग्यो, म मेरो जन्मभूमीमा फर्कन पाउने छु । र आशा गर्दछु मेरो शुद्र पत्नी मेरो प्रतिक्षामा बाँचिरहेकी छ ।

यसरी उनको लेखको पहिलो भाग समाप्त भए पछि दोश्रो भागमा “राजदूतको आगमन र उनको स्वागतको तरिका” शिर्षक दिएर लेखेका छन् । यसपछि भने चार भाग जति मोतीलालले जङ्गबहादुरको लण्डन प्रवासको एक एक घटनाको बारेमा लेखेका छन् । कहाँ के भयो कसरी पुगे भन्ने बेलिबिस्तार गरेका छन् ।

( यो फिचर तस्विर मोतीलाल सिंहको नै होइन । प्रतिनिधी तस्विर मात्रै हो ।)

सम्बन्धित पोस्ट
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑