• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 11, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / शिक्षा / स्वास्थ्य

१२५० अल्पकालीन श्रामणेर प्रवज्या कार्यक्रम सम्पन्न


सुभाय् संवाददाताMarch 22, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

फोटो: अशोक शाक्य

काठमाडौं / अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत भिक्षु (इण्डिया नेपाल)को संयुक्त आयोजनामा फागुन १६ गतेदेखि चैत ८ गतेसम्म २१ दिनको अल्पकालिन १२५० बृहत श्रामणेर प्रव्रज्या सम्पन्न भएको छ ।
केही नयाँ तथा केही पुराना धम्मदायादहरु २१ दिनको प्रव्रज्या ग्रहण गरी आज गृहस्थ जीवनमा फर्केका छन् ।
प्रव्रजित भई लुम्बिनीमा रहँदा उनीहरुले भगवान बुद्धले सिकाउनु भएको शिक्षा ग्रहण गर्ने, धर्मदेशना सुन्ने, मनन गर्ने, ध्यान भावनाको अभ्यास गर्ने, अरुप्रति मैत्रीभाव राखी एकआपसमा सहयोग गर्ने, साथै लुम्बिनी, भैरहवा, रामग्राम आदि स्थानमा धर्मयात्रा पनि गरेका थिए । त्यस्तै लुम्बिनी, काठमाण्डौ, ललितपुर, बनेपा, रामेछाप लगायतका स्थानीय क्षेत्रहरुमा भिक्षाटन पनि गरेका थिए ।
यसै क्रममा भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा थाई भिक्षु थावरोलगायत नेपाली एवं थाई भन्तेहरु र नवश्रामणेरहरु आज ललितपुरको पुल्चोकस्थित अक्षयश्वर महाविहारबाट नागबहाल, मंगलबजार, ओकुबहाल हुँदै थैनास्थित शाक्यसिंह विहारसम्म भिक्षाटन गरेका थिए । भन्तेहरुको भिक्षाटन मार्गमा श्रद्धावान उपासकउपासिकाहरुले यथाश्रद्धा दान गरी पुण्य गरेका छन् ।
मुलुकका विभिन्न स्थानका विभिन्न भाषा, जाति एवं धर्मका पुरुषहरु घरबार तथा पारिवारक मायामोह त्याग गरी नयाँ कुरा सिकौं, नौलो मार्गमा लागौं, मनलाई शान्त पारी विशुद्धि मार्ग लागौं भनी २१ दिनको अल्पकालिन श्रामणेर प्रव्रज्या जीवन बिताएर आज पञ्चशील ग्रहण गरी गृहस्थी जीवनमा फर्केका छन् ।
भिक्षु बोधिज्ञान महास्थविरका अनुसार केही दिनको छोटो अवधिको जस्तो देखिएपनि भगवान बुद्धको शिक्षा ग्रहण गरी कुशल कर्म गरेका कारण यसले उनीहरुका परिवार, समाजलाई कुशलतातर्फ दोहर्याउन सक्नेछ । यस अल्पकालिन प्रव्रज्याले पछि पूर्ण स्थायी भिक्षु भई बुद्धधर्ममा लाग्न प्रेरित गर्न सक्ने, आफू अनि समाज, देश तथा विश्वको हित हुने कार्य गर्न सक्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
समाचार सहयोग :न्यूजअफ

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑