• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / शिक्षा / स्वास्थ्य

नेवा: पत्रकार कास्कीको आधारभूत समाचार लेखन तालिम


सुभाय् संवाददाताFebruary 27, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा/नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ । मंगलवार सम्पन्न तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए ।
तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि वडाअध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे ।
तालिममा अग्रज पत्रकार दिपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सन्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए ।
कार्यकममा बोल्दै नेवा पत्रकार पुचः का संरक्षक संस्था नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्धेश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः आदि स्थापना गरेको बताए । उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा अध्यक्ष दिपेन्द्र मर्सानी, नेवा पत्रकार पुचः की अध्यक्ष अनिशा श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको बताईन । उनले तालिम आयोजना गर्नु ठूलो कुरा नभएको तर त्यसलाई प्रभावकारी बनाउनु ठूलो रहेको बताउँदै त्यसमा नेवा पत्रकार पुचः सफल भएको बताईन । साथमा उनले नेवा पत्रकारहरुको हकहितको संरक्षण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्यहरु लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनित जोजिजु, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव सुमन गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीती बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑