• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

अष्ट्रेलियामा स्थायी बसोबासका लागि आउने पहिलो नेपालीलाई गोल्डेन जुबिली अवार्ड प्रदान


सुभाय् संवाददाताFebruary 27, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

सिड्नी, २६ फेब्रवरी /अष्ट्रेलियामा पहिलो पटक पीआर भिसामा स्थायी बसोबासका लागि आउनुभएका नेपाली अगुवा डा. नारायण प्रधान र इन्द्रा वनलाई सिड्नीमा सम्मान गरिएको छ। उहाँहरुलाई एक भब्य समारोहबिच ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको हो ।
अष्ट्रेलियामा नेपाली समुदाय बसोबास गरेको ५० बर्ष पुगेको अवसरमा सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उक्त अवार्ड प्रदान गरेको हो । डा. प्रधान र वनले पहिलो पटक अष्ट्रेलियाको पीआर लिएको नेपाली हुनुहुन्छ ।
उहाँहरुसँगै डा प्रधानकी धर्मपत्नी लिलालाई पनि सम्मान गरिएको थियो । प्रधान दम्पती सन् १९७४ फेब्रवरी १० मा स्कटल्यान्डबाट मेलबर्न आउनुभएको थियो ।
त्यस्तै, सम्मनित हुने इन्द्रा वन सन् १९७५ अप्रिलमा पीआरकै रुपमा सिड्नी आउनुभएको हो । वन अस्ट्रेलियाकै प्रतिष्ठित मेडल अर्डर अफ अष्ट्रेलिया पाउने नेपाली समुदायबाट पहिलो र एक मात्र हुनुहुन्छ ।
सयौंको संख्यामा नेपालीलगायत अन्य समुदायका व्यक्तिहरु उपस्थित समारोहमा डा. प्रधान र वनलाई नेपाली राजदुत कैलाशराज पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसद्हरुले संयुक्त रुपमा अवार्ड प्रदान गर्नुभएको थियो ।
डा. प्रधान र वन अष्ट्रेलिया आएपछि नेपाली समुदायको उपस्थिति बाक्लिएको एवम नेपाल–अष्ट्रेलियाबिच कुटनीतिक सम्बन्ध विस्तार भएको र दुवै देशका सरकारको पहलमा दूताबास र कुटनीतिक नियोगहरु स्थापना भएको मानिन्छ। अवार्ड समारोहमा राजदूत पोखरेलले सम्मानित व्यक्तिहरुले नेपाल–अष्ट्रेलिया सम्बन्ध विस्तारमा खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्नुभएको थियो ।
अवार्ड वितरणपछि एनआरएनए अध्यक्ष पोखरेलले एक सन्देशमार्फत नेपालीहरुले अष्ट्रेलियामा बसेर गरिरहेको संघर्ष, नेपाली भाषा, संस्कृति र कलामार्फत मातृभूमी चिनाउन गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो । साथै, उहाँले डा. प्रधान र वनले गर्नुभएको त्याग, समर्पण र संघर्षको प्रशंसा गर्दै उहाँहरुले देखाउनुभएको बाटो पछ्याउनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै न्यू साउथ वेल्सका संसदिय सचिब मार्क बुटिजिग, बिपक्षी दलका नेता मार्क स्पिकम्यान र अर्का नेता मार्क कुरेले अस्ट्रेलियामा नेपाली समाजको योगदानबारे मुक्तकन्ठले प्रशन्सा गरेका थिए ।
लुक्ला टि.भी का प्रधान सम्पादक डा. राजु मानन्धरले उपस्थितलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमका संयोजक तथा पत्रकार गणेश भट्टले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । भिजन फर मोटिभेसनका संस्थापक महेश प्रसाईंले अध्यक्षता गरेको कार्यक्रमलाई अनुपमा बास्तोलाले सहजिकरण गर्नुभएको थियो ।(फोटो समाचार सहयोग -लुक्ला टिभी अष्ट्रेलिया )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑