काठमाडौं / केही दिनदेखि हस्पिटल भर्ना भई उपचार गराइरहनुभएका जनकवि दुर्गालाल श्रेष्ठ आज विहीबार डिस्चार्ज हुनुभएको छ । गत माघ १३ गते शनिबार आफ्नो निवासमै अचेत भएपछि उहाँलाई काठमाडौं मोडेल हस्पिटलमा भर्ना गरिएको थियो ।
जनकवि श्रेष्ठको स्वास्थ्य अवस्था अहिले सामान्य भएको र केही दिन घरमै अक्सिजन लिएर आराम गर्न उहाँको उपचारमा सम्मीलित चिकित्सकले सल्लाह दिएका छन्।
उहाँ बिरामी भई हस्पिटल भर्ना गरिएको बारे परिवारजनले जानकारी गराएको भने थिएन । तापनि उहाँ हस्पिटल भर्ना भएको थाहा पाएपछि उहाँलाई भेट्न धेरै शुभ चिन्तकहरु अस्पताल पुगेका थिए ।
फिचर फोटो : महर्जन रत्न, बिसं२०४८
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५