• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

अमेरिकाबाट फिर्ता गरिएका मुकुन्डो र मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण


सुभाय् संवाददाताJanuary 31, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौँ /विभिन्न ठाउँबाट चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता गरी बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ । तामा धातुबाट १६ औं शताब्दीमा निर्मित भैरवका दुई मुकुन्डो, १६ औं शताब्दीमा प्रस्तरबाट बनेको उमामहेश्वरको मूर्ति र १७ औं/१८ औं शताब्दीमा प्रस्तरबाटै निर्मित दुर्गाको मूर्ति नेपाल फिर्ता गरिएको हो ।
भैरवका दुई मुकुन्डो दोलखाको भिमेश्वर नगरपालिका- २ स्थित गुरकोट टोलबाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुदै अमेरिकाको डलास म्यूजियम अफ आर्ट र रुविन म्युजियम अफ आर्टमा पुगेका थिए ।

उमामहेश्वरको मूर्ति पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भएर ब्रुकलिन म्युजियममा पुगेको थियो । दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग रहेको स्थानबाट चोरी भएर अमेरिका पुगेको थियो । यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भए‌को भनी यस विभागवाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएको पुरातत्व विभागद्वारा जारी विज्ञप्तिमा छ ।
यी कलात्मक वस्तुहरू फिर्ता गराउन अमेरिकाको न्यूयोर्कस्थित नेपाली बाणिज्यदूतावास, अमेरिकाको म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी अफिस न्यूयोर्क, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन न्यूयोर्क, अमेरिका डलास म्युजियम अफ आर्ट, रुबिन म्युजियम अफ आर्ट, ब्रुकलिन म्युजियम, संस्कृति, तथा पर्यटन नागरिक उड्ययन मन्त्रालय र अर्थ मन्त्रालयले भूमिका खेलेको भन्दै विभागले धन्यवाद दिएको छ ।
यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवा गुथिले आर्थिक सहयोग गरेको थियो । गुथिप्रति पनि विभागले धन्यवाद व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरेको छ ।पुरातत्व बिभागका प्रमुख सौभाग्य प्रधानांगले न्युयोर्क नेवा: गुथिका अध्यक्ष विजयमान सिंहलाई यसरी प्रशंसा पत्र प्रदान  गरिएको हो ।
सम्पदा अभियन्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभियन्ताहरुले न्युयोर्क नेवा: गुथी र गुथिका अध्यक्ष सिंहले नेपालको सम्पदा फर्काउन खेलेको भूमिकाको प्रशंसा गर्दै निकट भविष्यमा उहाँको सम्मान समेत गर्ने बताए ।

सम्बन्धित पोस्ट
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑