• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

पीआर लिएर सन् २०२३ मा कुन कुन देशमा कति नेपाली पुगे?


सुभाय् संवाददाताJanuary 16, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

सन् २०२३मा स्थायी र अस्थायी बसोबासको अनुमतिपत्रसहित नेपाल छाड्नेको सङ्ख्या १ लाख ६३ हजारभन्दा बढी 

अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।

अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ।

स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको अधिकारीहरू बताउँछन्।

पीआर लिएका कति नेपाली बाहिरिए?
स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।

त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्। उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।

२६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ।

नेपालमा खाली पाइएका झन्डै पाँच लाख घरका मानिस कहाँ गए?
जनगणना नेपाल २०७८: जनसङ्ख्या वृद्धिदर किन घट्यो, यो चिन्ताको विषय हो कि हैन
उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।

अस्थायी यात्रा अनुमतिपत्र लिएर उल्लेख्य सङ्ख्यामा नेपालीहरू जापान पुगेका छन्

केही सय र दर्जनको सङ्ख्यामा नेपालीहरू ठूलो सङ्ख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित ती देशमा गएका छन्।

चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए।

अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले स्थायी बसोबासको अनुमतिपत्रसहित बाहिरिने नेपालीको वार्षिक सङ्ख्या सन् २०२३मा पहिलो पटक सार्वजनिक गरिएको बताए।

उनले भने, “विगतमा यस्तो अभ्यास रहेनछ। लाखौँको सङ्ख्यामा नेपालीहरूले स्थायी रूपमा नै देश छाडिरहेका भन्ने चर्चाहरू चल्ने गरेकाले वास्तविकता के हो भन्ने देखाउन हामीले यसरी तथ्याङ्क निकालेर सार्वजनिक गरेका हौँ।”

दाहालले स्थायी बसोबासको अनुमति लिएर बाहिरिनेहरूले नेपालको नागरिकता त्यागीसकेको पनि बताए।

अध्यागमन विभागका अनुसार सन् २०२३ मा २ लाख ४ हजारभन्दा बढी नेपाली पर्यटनको उद्देश्यसहित विदेश गएका थिए। पीआरसहित विभिन्न प्रयोजनले नेपालबाट बाहिरिने नेपालीहरूको सङ्ख्या १६ लाख ०३ हजारभन्दा बढी थियो।

अस्थायी बसोबासको अनुमतिपत्रसहित कति विदेश गए?
अस्थायी बसोबासको अनुमति
स्थायी रूपमा बसोबासको अनुमतिपत्र नभएपनि त्यो लिने प्रक्रियामा रहेको समेत समेटिएका ९२ हजार भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित सन् २०२३ मा १४४ वटा देशको यात्रा गएको तथ्याङ्कले देखाउँछ।

अध्यागमन विभागका अनुसार २४ हजार ८ सय भन्दा बढी नेपाली अस्थायी बसोबासको अनुमतिपत्रसहित अघिल्लो वर्ष अस्ट्रेलिया गएका थिए।

अस्थायी बसोबासको अनुमतिपत्रसहित जापान जानेको सङ्ख्या २१ हजारभन्दा बढी र संयुक्त राज्य अमेरिका जानेको सङ्ख्या ८ हजार ४ सयभन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ।

उक्त सूचीमा यूके र नर्दर्न आयरल्याण्ड छ जहाँ ७ हजार १ सय भन्दा बढी नेपाली उक्त हैसियतसाथ सन् २०२३मा पुगेका थिए।

के ‘फ्री भिसा-फ्री टिकट’को व्यवस्था फेरिन लागेको हो?
पोर्चुगलमा झन्डै ४ हजार ९ सय, यूएईमा ३६ सय भन्दा धेरै, हङकङमा २९ सय भन्दा धेरै, भारतमा २ हजार भन्दा धेरै अस्थायी बसोबासको अनुमतिपत्रसहित गएको तथ्याङ्कले देखाउँछ।

अस्थायी बसोबासको अनुमतिपत्रसहित १ हजारभन्दा बढी सङ्ख्यामा नेपालीहरू सन् २०२३मा जर्मनी, कतार, दक्षिण कोरिया, क्यानडा, न्यूजील्याण्ड र फिनल्याण्ड गएका थिए।

उक्त सूचीमा अस्थायी बसोबासको अनुमतिसहित चीन प्रस्थान गर्ने नेपालीको सङ्ख्या ४०० र ताइवान जानेको सङ्ख्या ५५ रहेको उल्लेख छ।

अध्यागमन विभागका निर्देशक दाहालले अस्थायी बसोबासको अनुमतिपत्र भएका नेपालीहरू ती देशको राहदानी लिने प्रक्रियामा रहेका मानिसहरू भएको बताउँछन्।

उनले भने, “उहाँहरूसँग अहिले अस्थायी बसोबासको अनुमतिपत्र मात्रै छ। तर कालान्तरमा उहाँहरूले लिने भनेको स्थायी बसोबासको अनुमति हो।”

अस्थायी बसोबासको अनुमति पत्र लिएर जानेमध्ये ५१ हजार ८ सय भन्दा बढी पुरुष, ४० हजार ४ सयभन्दा बढी महिला र ५ जना अन्य लिङ्गका रहेको तथ्याङ्कले देखाउँछ।

पोहोरसाल ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए

त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख योगेन्द्रबहादुर गुरुङ बसोबासको अनुमतिसहित बाहिरिनेमा दक्ष नेपालीहरू भएकाले त्यसप्रति सरकार चनाखो हुनुपर्ने ठान्छन्।

उनले भने, “यो त दक्ष र शिक्षित जनशक्ति हो। सङ्कटको बेला त्यस्तो जनशक्ति झन् मुलुकलाई चाहिन्छ।”

उनले तुरुन्तै दक्ष जनशक्ति चाहिएको खण्डमा नेपाल भारतमा निर्भर हुनुपर्ने अवस्था आउनसक्ने भन्दै सरकारले संवेदनशील हुनुपर्ने बताए।

उनी थप्छन्, “राम्रा जनशक्ति बाहिर गए अनि यहाँ कम योग्यता र दक्षता भएका मान्छे मात्रै रहेको अवस्थाबाट छनोट गर्नुपर्ने भयो भने त्यसले ठूलो नोक्सानी पुर्‍याउँछ।”

एक वर्षमा नेपाली कामदारले पठाए १० खर्ब रुपैयाँ
नयाँ श्रम गन्तव्य युरोप: नेपाली कामदारका लागि कस्तो छ अवसर र चुनौती
पर्यटक भिसाबाहेक १९ हजार ३ सय भन्दा बढी नेपाली आफन्त, विवाह, अध्ययनसहित विभिन्न प्रकारका भिसाहरू बोकेर सन् २०२३ मा बाहिरिएका अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

अध्यागमन विभागको तथ्याङ्कले अघिल्लो वर्ष ८ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि नेपालभन्दा बाहिर गएको देखाउँछ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओका अनुसार कतार, मलेसिया, साउदी अरेबिया, यूएई र कुवेत नेपाली कामदारका प्रमुख श्रम गन्तव्य हुन्।

फणीन्द्र दाहाल

साभार : बिबिसी नेपाली

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑