• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

राज्यद्वारा उपेक्षित जनगायक भृगुरामको आज अन्त्येष्टि गरिंदै


सुभाय् संवाददाताJanuary 15, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / जनको मन मनमा बसेका जन गायक भृगुराम श्रेष्ठको उपचारको क्रममा आइतबार साँझ देहावसान भएको छ । उनी पेटको क्यान्सरबाट पीडित भएको अवस्थामा केही दिन अगाडि वीर अस्पताल भर्ना गरिएका थिए ।
नेपालभाषा संगीत र नाट्य क्षेत्रका सम्राट भने पनि फरक नपर्ला भृगुराम श्रेष्ठ । उनको प्रसिद्धि र लोकप्रियताको कुरा गर्नुपर्दा उनी बराबरको नयाँ र पुराना कलाकारसमेत जन्मिएको देखिंदैन नेपाल भाषा क्षेत्रमा । तर उनलाई राज्यले कहिले राम्रो मूल्यांकन गरेन अझ भनूँ उपेक्षा नैं गरे । मरणोप्रान्त पनि उनलाई राज्यले सम्झने प्रयास पनि गरेन । उपचारका लागि राज्य र स्थानीय सरकार उदासीन रहेको उहाँका सहयोगीहरुको गुनासो समेत रहेको छ ।

बि.सं. १९९० कार्तिक ८ गते माता सानुनानी तथा पिता आशाराम श्रेष्ठका छोराको रूपमा  भृगुराम श्रेष्ठको जन्म भएको थियो।

तत्कालीन अवस्थामा सेनाको रेडियो कार्यक्रम समेत चलाएका उनले ८ दशक लामो समय कला क्षेत्रमा निरन्तर योगदान दिएका थिए । श्रेष्ठको ‘लुमन्तिइ…, इलं पिज्वःगु सः, रागमि नुगलय्’ गरी ३ वटा एकल एल्बम प्रकाशित भएको छ । साथमा नेपालको पहिलो मातृभाषी फिल्म सिलुमा पनि उनले अभिनय गरेका छन् ।

द्योयात सिन्हाय् स्वां …. जस्ता सदाबहार गीतका गायक श्रेष्ठको “झीगु भाषा मन्त धा:सा …” गीतले नेवार भाषाप्रतिको सरकारको दमनको संकेत गर्दछ जुन गीतले भाषिक क्रान्तिको अगुवाइ समेत गरेको देखिन्छ ! नेवार समाजमा नागरिक स्तरबाट जनगायक उपाधीबाट सम्मान गरेका उहाँलाई राज्यले कहिल्यै सम्मान गरेन  ।
उनको अन्त्येष्टि  आज सोमबार गरिने परिवार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार दिउँसो १२ बजेदेखि पशुपतिमा श्रद्धाञ्जलीका लागि राखिनेछ भने २ बजे अन्त्येष्टि गरिने जनाइएको छ ।
राष्ट्रका अमूल्य निधिको राष्ट्रले सम्मान गर्नुपर्ने आम सर्जकहरुको राय छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑