• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

दोल्खामा यंया: ईन्द्रजात्राको दिन बज्रधरको मूर्ती प्रदर्शन र पूजा


सुभाय् संवाददाताOctober 2, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १६ मिनेट
– रन्जु श्रेष्ठ
दोल्खा प्राचीन नेपालमण्डलको एउटा ऐतिहासिक नेवार बस्ती हो ।
यहाँको नेवार समुदायको पनि काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो संस्कृति रहेको देख्न पाइन्छ । दोल्खा भीमसेन नेपालकै एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ
यहाँ रहेका प्राचीन बौद्ध चैत्यहरु अनि यहाँ जात्रा गरिने आर्यवलोकितेश्वर रातो मच्छिन्द्रनाथको जात्रा, कुमारी लगायतका सम्पदाहरु काठमाडौं उपत्यकाको सम्पदा संस्कृतिसँग सम्बन्ध भएका उल्लेखनीय सम्पदाहरु हुन् ।
आफ्नै किसिमको भाषिका रहेको नेवार भाषा बोल्ने नेवार समुदायको बस्ती रहेको यस क्षेत्रमा मनाइने एक पर्व येंया:पुन्हि इन्द्रजात्रा पनि हो । यो समयमा यहाँ प्रदर्शन गरिने त्यस मूर्तिको कथा यहाँ उल्लेख गर्न खोजिएको छ ।
यो मूर्ति हो बज्रधरको हातमा बज्र लिएको यस मूर्तिलाई इन्द्रको रुपमा पनि लिने गरिन्छ ।
यो मूर्तिलाई दोलखास्थित कोर्छे राजखलकको राजा जय ईन्द्र सिंह देव (बज्रधर)को मूर्ति पनि भनिन्छ । काठमाडौं उपत्यकामा येंया: इन्द्रजात्राको पहिलो दिन पुजा अर्चना र दर्शनका लागि राखिने गरिन्छ । यही परम्परा अनुसार गत इन्द्रजात्राको दिन दर्शनका लगि बाहिर ल्याइ राखिने कार्य भएको छ ।
यो बज्रधरको मूर्ति वि.सं. २०५२ भाद्र १४ गते कोर्छे टोलबाट हराएको थियो ।
गत वर्ष २०७९ भदौमा मात्र संकलित पुरानो फोटोको आधारमा Lost Arts of Nepal (लस्ट आर्टस् अफ नेपाल) ले लण्डनको रोशी एण्ड रोशी संग्रहालयमा रहेको पुष्टि गरेपछि, रोशी एण्ड रोशी हङकङमा प्रदर्शनका लागि लगिएको समयमा सम्पूर्ण प्रमाण सहित प्रक्रिया पुर्‍याएर दाबी गर्ने कार्य भयो भने प्रमाणको आधारमा दोलखाकै मूर्ति भएको प्रमाणित भएपछि यो मूर्ति फिर्ता गरिएको थियो । बिसं २०८० बैशाख २२ बुद्ध पूर्णिमाको दिन हङकङस्थित नेपाली वाणिज्य दूतावासमा उक्त मूर्ति हस्तान्तरण भएको र गत जेष्ठ २२ गते जात्रा गरी दोलखामा पुनर्स्थापना गरिएको थियो ।
यसरी पुनर्स्थापना गरिएपछि यो वर्ष पहिलोपटक पुन: इन्द्रजात्राको दिन बिधिपूर्वक प्रदर्शन गरिएको हो ।
दोल्खाको जीवन्त सम्पदाको रुपमा रहेको यस बज्रधरको मूर्तिको दर्शन र पूजा आजाले दोल्खाको येंया: इन्द्रजात्रा पुन: गति लिएको तथ्य निकै उल्लेखनीय रहेको छ ।
हेर्नुस् एक रिपोर्ट :
सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑