• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मनका कुरा

डियर बालेन ! तिमीले चोर सरकार भनेको दिन मेरो छोरो पनि एनआइसीयुमै थियो यार !


सुभाय् संवाददाताSeptember 5, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ९५ मिनेट

– शिव सत्याल
तिमी अचेल मलाई मन पर्न थालेका छौ । मेयरमा निर्वाचित भएपछि गरेका धेरै काम हेर्दा तिमी उरन्ठेउलो लाथ्यौ । र, पछिल्लो केही समय सामाजिक संजालमा जसरी प्रस्तुत भएका छौ, त्यो हेर्दा तिमी इनोसेन्ट लाग्न थालेका छौं । अनि मनपर्न थालेका छौ ।
दोहोर्याएर भन्छु– तिमी इनोसेन्ट लाग्न थालेका छौ, ठ्याक्कै मेरो छोरी जस्तै अबोध । मेरी छोरीलाई उसको स्कुलमा कसैले मान्छे मर्छ भनेर सुनाइदिएछ । अनि ५ वर्षकी छोरी घरमा आएर भन्छे– बाबा ! तपाईं किन नमर्नु भएको ? हामी कहिले मर्ने ? आदि इत्यादि ।
तिम्रा कतिपय स्ट्याटस हेर्दा मलाई अचेल तिमी मेरी छोरी जस्तै इनोसेन्ट लाग्न थालेका छौ ।
डियर बालेन !
भदौ ८ गते तिमीलाई पुत्रीलाभ भएछ । मलाई भदौ ११ गते पुत्रलाभ भयो । तिम्री जहान ११ गते डिस्चार्ज भइछिन्, मेरो १२ गते । र, १४ गते समस्या देखिएपछि मेरो छोरालाई सोही दिन अपरान्हदेखि धुलिखेल अस्पतालको एनआइसियु (नवजात सघन हेरचाह इकाई) मा राखियो ।
हामी काभ्रे सरेको यही सालको बैशाख अन्तिम सातादेखि हो । त्यसैले त्यो एरियाको हामी नयाँ नै छौं । त्यहाँ ट्याक्सी खासै पाइदो रहेनछ । एम्बुलेन्स बोलाएर आमा बच्चा दुबैलाई दिउसो ३ बजेतिर अस्पताल पुर्याइयो । इमरजेन्सीमा केही जाँचपड्ताल भयो । अनि एनआइसियुमा राखियो । एम्बुलेन्समा गएको हुनाले कतै चेकजाँचमा रोकिएनौं । त्यसैले कसैलाई चोर भन्नै परेन ।
३ दिन मात्रै पुरा भएको बच्चालाई एनआइसियुमा राखेपछि उसको आमालाई पनि अस्पतालमा भर्ना गरेर राख्नुपर्ने भयो । तर, वार्डमा बेड खाली भएकै छैन भनेर साँझ ६ बजेसम्म बेड दिएन ।
कहाँ गएर कसलाई भन्ने ? के भन्ने ? एनआइसियुको बाहिर राखिएको कुर्सीमा ३ दिनको सुत्केरी बसेको ४ घण्टा हुन लागिसक्यो । एकातिर सुत्केरी अवस्था, अर्काेतिर बच्चा बिरामी भएको पिडा । बच्चाको आमाको अवस्था कस्तो भयो होला ?
एनआइसियुको डाक्टर र नर्सलाई धेरै पटक भनेँ–बच्चाको आमालाई बेड मिलाइदिनुस् न भनेर । खाली हुँदैछ रे भनेर उनीहरु हामीलाई भनिरहेका थिए । तर, ममा चोर सरकार, चोर अस्पताल वा चोर मेयर भन्ने सोच नै आएनछ । बेड मिलाउन पाए हुन्थ्यो भन्ने ध्याउन्नमा दौडियो ।
साँझ सबा ६ बजेतिर यत्ति चै भनेँ– ३ दिनको सुत्केरीलाई ४ घण्टादेखि उभ्याएर राख्दा तपाईंहरुलाई कुनै अप्ठेरो महसुस भएको छैन ? साढे ६ बजेतिर बेड पाइयो, त्यसपछि कसैलाई चोर भन्नु नै परेन ।
बच्चा एनआइसियुमा राखेर उपचार थालेपनि बच्चालाई दुध चुसाउन पाउनु पर्छ भनेर डाक्टरसँग आग्रह गर्यौं । तर, भोलि विहान नभइ हुन्न भनेर डाक्टरले अड्डी कसे । बच्चालाई दुध चुसाउनै पर्छ भन्ने हाम्रो दृढ चाहना थियो । उपचारको क्रममा अन्य खानेकुरा स्लाइनमार्फत दिने तर दुध चुसाउन नदिने भन्ने डाक्टरको कुरा थियो । डाक्टरले हाम्रो कुरा सोझै इन्कार गरे ।
नवजात शिशुलाई दुध चुसाउनबाट बन्चित गरेपनि हामीलाई चोर डाक्टर भन्न मन लागेन ।
हामीले यत्ति भन्यौं– बच्चा धेरै रोयो भने खबर गर्नु, दुध चुसाउनु पर्छ । हाम्रो यो प्रस्तावमा डाक्टर सहमत भए । नभन्दै राति १२ बजेतिर फोन गरेर दुध चुसाउन आउनु भने । त्यसपछि प्रत्येक ३/३ घण्टाको बीचमा गएर दुध चुसायौं ।
धुलिखेल अस्पतालले भर्ना भएका विरामीलाई खाजादेखि खानासम्म निःशुल्क खुवाउँदो रहेछ । भदौ १५ गते शुक्रबार साँझको खाना बाँडिसकेको पनि केही समय भइसकेको थियो । एक जना सुत्केरी महिला एनआइसियु अघिको कुर्सीमा बसेर रोइरहेकी रहिछिन् । अर्की एक महिला उनलाई सान्त्वना दिदै रहिछिन् ।
केही सोधीखोजी गरेँ । काभ्रे पनौतीका रहेछन् उनीहरु । उनीहरुको छोरा जन्मिएको १ महिना भएको रहेछ । शरिरमा रगतको मात्रा कम भएको भनिएको रहेछ । बच्चाको आमा खाना पनि नखाइ रोएर बसिरहेकी रहिछिन् । ती महिलाको आमा आफ्नी छोरीलाई सम्झाउने कोसिस गर्दै रहिछिन् । खासमा भन्ने हो भने आमा–छोरी दुबै रोइरहेका थिए ।
‘बच्चाको शरिरमा रगत कम छ भनेका छन् । रगत दिनुपर्छ भनेका छन् । अरु केही भनेका छैनन् । हामीलाई हेर्न, भेट्न केही दिएका छैनन् । मेरो नातिलाई केही नभइदिए हुन्थ्यो’ बच्चाकी हजुर आमाले आँशु पुछ्दै भनिन् ।
संकटमा त्यान्द्रो पनि साहारा बन्छ सायद । बच्चाकी आमाले पनि पिडा पोख्न चाहिछिन् । मुन्टो केही उठाएर आँशु नपुछि भनिन्– रगत चढाउनु पर्ने भए त चढाए भयो नि, हामीले दिनुपर्ने भए हामी दिन्छौं, नभए मान्छे बोलाउँछौं ।
ती आमा–छोरी नै आफ्नो नवजात शिशुको उपचार हुने आशामा थिए । शुभ समाचारको तलासमा थिए । आफूहरुले केही गरे बच्चा निको हुन्छ भन्ने भए जे गर्न पनि तयार थिए । तर, चोर अस्पताल, चोर डाक्टर वा चोर नर्स भन्नतिर सोचिरहेकै थिएनन् ।
शनिवार साँझ एक जना विरामी कुरुवाले ‘ला ! बालेनलाई के भएछ फेरि’ भने । किन के भयो र भनेँ । कडा स्ट्याटस आयो त भने । उनले मोबाइलमा तिम्रो स्ट्याटस देखाए डियर बालेन ।
तिमीले लेखेको रहेछौ–
‘आजको लागि केही भएन,
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।’
डियर बालेन !
तिम्रो त्यो स्ट्याटस पढेपछि लाग्यो– काठमाडौको फोहोर फाल्ने गाडीलाई कतै अबरोध पुर्याएछ । वा महानगरको डोजरलाई कतै रोकिएछ । बच्चा विरामी परेर अस्पताल भर्ना गरिएको बेलामा धेरै खोजिनीति गर्न मन पनि लागेन र फुर्सत पनि थिएन ।
आइतबार बिहानै आएर डाक्टरले भने– बच्चाको अवस्था ठिक छ, राम्रोसँग दुध चुसेको छ, आज डिस्चार्ज गर्दा हुन्छ, तपाईहरुले त्यही अनुसारको तयारी गर्दा हुन्छ ।
हामी खुसी भयौं । डिस्चार्जको मनस्थितिमा बस्यौं । आफन्तहरुलाई बच्चा ठिक भएको जानकारी दियौं । र, मोबाइल चलाउँदै समाचार हेर्न थालियो । त्यसैक्रममा तिम्रो शनिवार साँझको स्ट्याटसको कारण खुल्यो । तिम्री श्रीमती ललितपुरको मेडिसिटी अस्पतालको एनआइसियुमा रहेकी आफ्नी नवजात शिशुलाई दुध चुसाएर सरकारी गाडीमा फर्कदै गर्दा कोटेश्वरमा प्रहरीले चेक गरेछ । त्यसमा तिम्रो चित्त दुखेछ । अनि भनेछौ– ‘भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
आइतबार हामीसँगै सँगैको अर्काे एक नवजात शिशुलाई पनि डिस्चार्ज गरिने रहेछ । बच्चाको बाबुले भन्दैथिए– हामी टाढा पुग्नुपर्ने, आज डिस्चार्ज गर्ने हो भने अलि छिटै गरिदिनुस्, ढिला भयो भने गाडी पाइदैन, समस्या हुन्छ ।
‘तिमीले भन्ने वित्तिकै हुन्छ ? डिस्चार्ज पेपर बनाउन धेरै लेख्नुपर्छ । यति धेरै विरामी छन् । सबैलाई हेर्नुपर्छ । तिम्रो बच्चा मात्र हो र यहाँ,’ एकजना डाक्टर निकै रुखो सुनिइन् ।
बच्चाका बाबु चुप लागे, डाक्टरको टोली बाहिरियो । उनीहरु सिन्धुपाल्चोकको चौताराभन्दा माथिको कुनै ठाउँमा पुग्नुपर्ने भन्दैथिए । गाडीबाट झरेर केही समय हिड्नु पर्छ रे । उनीहरु दनुवार दम्पत्ती रहेछन् । सुत्केरी बोक्न स्टेचरसहित ८–१० जना आउनु पर्यो भनेर उनी गाउँमा फोन गर्दै थिए । तर, चोर डाक्टर वा चोर अस्पताल भन्दै थिएनन् ।
डियर बालेन !
अर्काे एउटा घटना पनि सुनाउँछु ।
साउन २६ गते राति सिभिल अस्पतालमा मेरो मामाको निधन भयो । उहाँले काठमाडौँको टिचिङ अस्पताललाई होलबडी डोनेसन गर्नुभएको छ । शनिवार विहान टिचिङका सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्यौं । उनीहरुले डोनेसन गरेको भएपनि आवश्यक भए मात्रै बडी लिने बताए ।
केही समयपछि अर्काे खबर आयो– बडी लिइदिने तर टिचिङ नै पुराइदिनु पर्ने । होलबडी डोनेसन गरेको छ, सिभिल अस्पतालमा बडी छ, अब हामीले बोकेर टिचिङ पुर्याइदिनुपर्ने भयो । अस्पतालले यस्तो बताएपछि केही बन्धुबान्धवले टिचिङ होइन, पशुपति लगेर अन्त्यष्टी गर्ने अडान लिन थाले ।
बल्लतल्ल टिचिङ पुर्याइदिने भन्नेमा सबैलाई सहमत गराउन सकियो । शव बाहानसँगै म पनि टिचिङ गएको थिएँ । करिब आधा घण्टा त हामी शवसहित गेटबाहिर रोकियौं । त्यतिबेला हामीलाई चोर अस्पताल, चोर सरकार वा चोर मेयर भन्न मन लागेन । मनमा एउटै कुरा आएको थियो– यो बडी अस्पतालले चाढै लिइदिए हुन्थ्यो ।
बालेन ब्रो !
गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लानुल्याउनु पर्छ । यो कुरा तिमीलाई पनि थाहा छ । म काठमाडौँमा बस्दा काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र पर्ने कयौं सडकका खाल्डामा स्कुटर ठोक्किन्थ्यो । त्यसरी स्कुटर ठोक्किदा राम्रोसँग नचलाएकोमा आफैलाई ग्लानी हुन्थ्यो । चोर मेयर, चोर सरकार, चोर अस्पताल भन्ने नै आउँदैनथ्यो ।
वास्तवमा भन्ने हो भने हामीलाई के कस्तो भएको बेलामा चोर सरकार भन्ने, के भयो भने सिंहदरबारमा आगो लगाउँछु भन्ने भन्ने नै थाहा छैन । हामीलाई केही थाहा छैन मिस्टर मेयर । लामो ट्राफिक जाम भयो भने नीति निर्माताको दोष देख्दैनौं, गाडी धेरै भएको देख्छौं । मिनिरल वाटर भनिने पानी एक लिटर किन्दा किन २५ रुपैयाँ पर्छ र त्यही पानी जारको भनेर २० लिटर किन्दा किन ४० रुपैयाँमा पाइन्छ भन्ने नै हामीलाई थाहा छैन ।
कुनै धुलाम्मे बाटो बर्साैं ग्राभेल हुँदैन तर कुनैमा पिचमाथि पिच किन थोपरिन्छ भन्ने पनि हामीलाई थाहा छैन । पिच गरेको हप्ता दशदिन पछि फेरि त्यही बाटोमा किन खाल्डो खनियो भन्ने पनि हामीलाई थाहा हुँदैन । किन खन्छन्, किन पुर्छन, कस्ले खन्छन्, कस्ले पुर्छन् भन्ने हामीलाई थाहा हुँदैन मेयर ।
व्यवसाय सुरु गर्ने बेलामा त्यति मोटो रकम तिरेर वडामा दर्ता किन गर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छैन । वडामा दर्ता गरेपछि स्थानीय सरकारले के कस्तो सुविधा दिन्छ पनि थाहा छैन । हाम्रो व्यवसायको बोर्ड कस्तो र कत्रो राख्ने भनेर महानगरले किन तोक्छ ? कम्पनीको केन्द्रीय कार्यालयमा बोर्ड राख्दा स्थानीय तहलाई बोर्डको साइज अनुसार कर किन तिर्नुपर्छ भन्ने पनि हामीलाई थाहा छैन । अनि कर तिर्न घण्टौ लाइन लाग्दा पनि वडामा रहेका राजस्व शाखाको सिस्टम किन डाउन हुन्छ भन्ने हामीलाई थाहा छैन ।
वानेश्वर चोकमा २ डालो माटो हाल्दा पुरिने खाल्डो परेको हुन्छ । तर, महिनौं कसैल पुर्दैन । किन पुर्दैन भन्ने हामीलाई थाहा छैन । विजुलीको विल तिरेको हुन्छ, प्रत्येक घण्टामा लाइन जान्छ । किन यस्तो भयो, लाइन आउने जाने गर्दा हाम्रा विद्युतीय उपकरण विग्रिएका हुन्छन् । त्यो क्षतिको जिम्मेवार को हो भन्ने हामीलाई थाहा छैन ।
धारामा पानी आउँदैन । सरकार ९० प्रतिशत जनतामा स्वच्छ खानेपानीको प्रणाली पुगेको दाबी गर्छ । अनि स्वास्थ्य मन्त्रालय उमालेर मात्रै पानी पिउनु भन्छ । उमालेर अर्थात एक चरण प्रशोधन गरेपछि मात्रै पिउनयोग्य हुन्छ भने त्यो पानी कसरी स्वच्छ पानी भयो ? हामीलाई यी केही कुरा थाहा हुदैन मेयर । थाहा भएको भए त सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार भन्थ्यौं होला नि ।
फोहोरको पैसा प्रत्येक महिना तिरेको हुन्छ । कहिले महिनौं फोहोर उठ्दैन । फोहोर उठाएको भनेर पैसा चै लिने तर फोहोर चै नउठाउनेलाई चोर भन्न मिल्छ भन्ने पनि हामीलाई थाहा छैन मेयर ।
डियर बालेन !
तिम्रा कारणले अब हामीलाई केही थाहा हुन लाग्यो । अधिकांश सार्वजनिक सेवा स्थानीय तहमार्फत प्रवाह हुन्छन् । स्थानीय तहबाट प्रवाह हुने अर्थात काठमाडौँ महानगरको सेवा प्रवाहको गुणस्तर कस्तो छ ? सेवाग्राहीले कस्तो महसुस गरेका छन् ? राम्रो रहेनछ भने हामी पनि आवाज उठाउँछौं बालेन । त्यसमा तिमीले पनि साथ देऊ । सँगै भन्नुपर्छ– समयमै फोहोर उठाइनस भने, राजस्व तिर्न जाँदा सिस्टम डाउन भयो भनेर घण्टौ लाइनमा राखिस भने, उदिनेर खाल्डो बनाएको टुकुचा तुरुन्तै पुरिनस भने बागदरबारमा आगो लगाउँछु, याद राख ‘चोर मेयर’ ।
साभार: वडा पालिका ,प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १५:३४

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑