सिड्नी /अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (निन्फा) अस्ट्रेलियाले बिशेष कार्यक्रम गर्ने भएको छ । संघले आगामी अगष्ट १३ मा सिड्नीको 107 Crystal St, Petersham NSW २०४९ स्थित पेटेरसम टाउन-हलमा साँझ ५ बजेदेखि विविध कार्यक्रमका साथ मनाउने भएको हो ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, न्यू साउथ वेल्स्का लागि नेपाली महावाणिज्यदूत दिपक खड्का, अष्ट्रेलियाको कार्यक्षेत्र स्वास्थ्य तथा सुरक्षा मामिला मन्त्री सोफी कोटिस लगायतको उपस्थिति रहने निन्फा अध्यक्ष सुदर्शन थापा मगरले लुक्ला टि.भीलाई जानकारी दिए । कार्यक्रममा जनजातिहरुका परम्परागत संस्कृति र नेपाली मौलिक खानाहरुका परिकारहरुसहित विभिन्न आकर्षणहरु रहने उनले बताए ।
कार्यक्रममा कलाकार बलबहादुर राजवंशीको साँस्कृतिक प्रस्तुती रहनेछ भने पर्वतारोही एवम् मोटिभेसनल स्पिकर कुंगा शेर्पाको समेत उपस्थिति रहने छ । कार्यक्रमको मुख्य आकर्षण नेपाली जातीय सांस्कृतिक परेड, सांस्कृतिक नृत्य, बंगलादेशी समुदायद्वारा सांस्कृतिक प्रदर्शन र स्वादिष्ट सांस्कृतिक नेपाली परिकारहरु रहने आयोजकको भनाई छ ।
कार्यक्रममा विभिन्न देशका आदिवासी महासंघका प्रतिनिधि लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहने बताइएको छ । निशुल्क प्रवेशको ब्यबस्था गरिएको उक्त कार्यक्रममा उपस्थित हुन सिड्नी र आसपासका नेपालीहरुलाई अध्यक्ष थापाले अनुरोध गरेका छन् ।
courtesy:luklatv