लण्डन संवाददाता, सुभाय् पोस्ट / सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ साहित्यकार लक्ष्मण राजवंशीद्वारा लिखित कथाको आधारमा तयार पारिएको नेपाली चलचित्र “सनाखत” संयुक्त अधिराज्य बेलायतमा रिलिज गर्ने कार्यक्रम रहेको बेलायतका निर्माताको रुपमा कार्य गरेका मनिष श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले जानकारी गराए अनुसार आउँदो सेप्टेम्बर ४ तारिकका दिन “सनाखत”को पहिलो प्रदर्शन बेलायतबाट सुरु हुने र यसका निम्ति नेपालबाट यस चलचित्रका निर्देशक आर्यम नकर्मी लगायत चलचित्रका केही कलाकारहरु पनि लण्डनमा आउने छ्न् ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ , नारायणदेवी प्रधान ,मनिष श्रेष्ठ ,कृष्णभक्त महर्जन ,राजाराम पौडेल मन्जु श्रेष्ठ आदिको अभिनय रहेको छ भने गोपालकृष्ण महर्जन र गोपालकाजी कायस्थ निर्माता रहेको यस चलचित्रमा अमेरिकाबाट दयारत्न शाक्य र फ्रान्सबाट सुरेन्द्र काजी शाक्यले फाइनान्सियल सपोर्ट गरेका छन् ।
छायांकन सम्पादन दिपेन बस्न्यातको रहेको छ
साउथईष्ट लन्डनबाट यस चलचित्रको प्रदर्शन प्रारम्भ हुनेछ ।
नेपाली चलचित्र प्रवर्दन समिति इनास युकेले उक्त चलचित्र प्रदर्शनीको जानकारी गराउँदै सहभागिताको लागि अनुरोध गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५