• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

धार्मिक ऐतिहासिक रुपले जीवन्त इतुंबहा: म्युजियम पनि थपियो


सुभाय् संवाददाताJuly 29, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १४ मिनेट

काठमाडौँ / काठमाडौं उपत्यकाका महाविहारमध्य एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध धार्मिक ऐतिहासिक र पुरातात्विक महत्व भएको जीवन्त महाविहार हो । यसलाई चलनचल्तीको भाषामा इतुंबाहाः भनिन्छ । यस जिवन्त बिहारमा आज शनिबारबाट एक पुरातात्विक म्युजियम संचालनमा आएको छ ।
२० वर्ष अगाडि नैं परिकल्पना गरिएको यो म्युजियम भाष्करदेव संंस्कारित केशचन्द्रवृत पारावत् महाविहार समाजको पहलमा करीब दुई वर्षदेखिको अथक प्रयासपछि तयार भएको हो । काठमाडौंको यस्तो पवित्र स्थानमा बनेको पहिलो इतुंबहा: म्युजियमको उद्घाटन बागमती प्रदेशका प्रदेश सभासदस्य शैलेन्द्र बज्राचार्य तथा काठमाडौँ महानगर पालिकाका पूर्व मेयर बिद्यासुन्दर शाक्यले संयुक्त रूपमा आज शनिवार गरेका थिए ।

 

 

 

 


इतुंबाहाः म्युजियम स्थापनाका लागि अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम आर्टले यस समाजसँग सहकार्य गरेको छ । इतुंबाहा समाजले गरेको यस म्युजियमको परिकल्पना लुम्बिनी बौद्ध विश्वविद्यालयको म्युजिलियोजी एन्ड बुद्धिस्ट कलेक्सन प्रोग्रामसँग पनि सहकार्य गरेको हो ।
सन् १९९९ मा इतुम्बहाको आँग घरबाट हराएको पुष्पमालाले सुुुसज्जित अप्सरा (विद्याधर) अमेरिका पुगेको थियो । सन् २००३ मा रुवेन म्युजियमको सङ्ग्रहमा विद्याधर पनि थपियो । सामाजिक सञ्जालमार्फत् सतर्क गराउने मञ्च लस्ट आर्ट्समार्फत् रुवेन म्युजियम यस प्राचीन महत्व बोकेको सामाग्री विद्याधरको इतिहासबारे अवगत भए पछि रुवेनले तुरुन्तै यसको सत्यतथ्य बुझ्न अनुसन्धान गर्यो र विद्याधरलाई उसको पुरानै स्थान इतुम्बहालमा फिर्ता गर्न न्युयोर्कमा रहेको नेपाली वाणिज्य दुतावाससँग सहकार्य गरी विद्याधरलाई नेपाल फर्काएको समाज को भनाइ छ ।
रुविनले सामाजिक दायित्वअनुरुप इतुंबाहाः संरक्षण समाजसँग सिर्जनात्मक साझेदारी गर्ने उदेश्य संगै म्युजिय संचालन गर्ने परिकल्पनाको सुरुवात भएको समाजका पदाधिकारीहरुको भनाइ छ। यस म्युजिमको स्थापनामा लुम्बिनी बौद्ध विश्वविद्यालयका लेक्चरर स्वस्ति राजभण्डारी र उहाँका विद्यार्थीसम्मिलित टिमको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
इतुंबाहाः म्युजियममा अहिले तीन ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामाग्री प्रदर्शनमा राखिएको छ । विनष्ट हुने अवस्थामा भण्डारणमा रहेका यी पुरातात्विक महत्वको सामाग्री संग्रह गरी सकेसम्म पहिलेकै अवस्थमा ल्याएर अभिलेखीकरण गरिएको छ । यसै क्रममा पाँच सयभन्दा बढी पुरातात्विक सामाग्री पहिचान भए पनि हाललाई करीब एक सय पुरातात्विक सामग्री मात्र प्रदर्शनमा राखेको छ । दशकौँदेखि भण्डारमा थुप्रिएका सामाग्रीलाई नष्ट हुनबाट जोगाउन र यस्ता सामाग्रीको पहिचान गरी आगामी पुस्तालाई पनि सम्पदा संरक्षण बारे जानकारी गराउने उद्देश्य यस सङ्ग्रहालयको रहेको छ ।
यसैगरी समाजले , इतुंबाहाः म्युजियमको एउटा सेक्सनले ‘मूर्त सम्पदाको संरक्षणमा सामुहिक जिम्मेवारीः हराएको र फिर्ता भएको सम्पदा’ को पनि जानकारी र जनचेतना गराउने प्रयास गरेको छ ।
रुबेन संग्रहालय अमेरिकाको विवादस्पद संग्रहालय भएको भन्दै केहीले यस संग्रहालयको समेत विरोध गरेका थिए । तर स्थानीय गुथियारले कार्य सफलताका साथ अगाडि बढाइएको छ । यो म्युजियम काठमाडौंकै निम्ति नमूना हुने विस्वास गरिएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑