सुभाय् संवाददाताJuly 2, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
उमा कार्की
••••• भएर अर्धपागलझैं तिम्रो प्रेमको संसारमा नियाल्दै दूर क्षितिजको बाटो तिम्रै आहटमा बितेको छ, मेरो दिनचर्या, तर के थाहा तिमीलाई ! दिएको मिठो दर्द, मेरो हृदयको हर चालमा दुखाइकै संगीतमा मूर्छना भरेको आखिर !! के थाहा तिमीलाई ! पोखिदिएँ आज आफूलाई मैले गरिदिएँ, आज तिम्रो र मेरो अन्तस्करणको उद्घाटन अनि प्रवाहित गरिदिएँ, हावामा तिमीप्रतिको सम्पूर्ण प्रेम चाहे संकीर्ण समाजले देखोस् ! चाहे !! दयाहीन दुनियाँले छेकोस् कुनै परवाह छैन मलाई !! अब केवल मतलब छ, त तिम्रो चाहे यो जगत् नै नहोस् ! हाम्रो प्रेमको पक्षमा यो दुनियाँ, परिक्षा लिओस्!! एक पछि अर्को जवाफ हुनेछ मेरो उही!! केवल हाम्रो प्रेम ! यसका निम्ति साथ हुनेछ, तिम्रो विश्वासको तुषारापात हुनेछैन, फुलिसकेको रातो गुलाफमा फक्रिसकेको मिर्मिरे मुस्कानमा बलिरहोस् मेरो समर्पणको दियो औँसीको गाढा अन्धकारमा पनि बिश्व जित्नेछु!! म केवल तिमीसित उल्लासित भए ! विजयी हुनेछ,हाम्रो प्रेम केवल उज्यालोसित झल्झलाकार भए !! ••••• उमा कार्की नारायणगढ, चितवन ! हाल, अष्ट्रेलिया !!