सुभाय् पोस्ट बिशेष
समाचार
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
बजार
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
आज:
| Sat, 07, Jun, 2025
सुभाय् पोस्ट बिशेष
Live Program
भिडियो
समाचार
उपत्यका
राष्ट्रिय
अन्तर्राष्ट्रिय
विचार
नेवाःख्यः
सम्पदा/संस्कृति
साहित्य
कला/मनोरंजन
खेलकुद
व्यक्तित्व
प्रविधि
मनका कुरा
भिडियो
होमपेज /
साहित्य
“मौन आव्हान”
सुभाय् संवाददाता
June 30, 2023 मा प्रकाशित (
१ साल अघि
)
अनुमानित पढ्ने समय : ४४ मिनेट
-उमा कार्की
******
तिम्रै नयनको ऐना बनाई हेर्दैछु !
आफ्नो रुप !!
खै किन हो ?
तिम्रै नेत्र भित्र आफुलाई
समाहित गरिरहुँ झैँ लाग्छ !
हरेक क्षण !
एक टक तिम्रो दर्पणबाट ओझेलिनु छैन मलाई !!
*******
बसेर
मौनताको संघारमा
उबाउन मन छ
एक अञ्जुली तिम्रो मुस्कान,
अनि
राखेर सुकुमार हत्केलामा
तिम्रै आँखाबाट झरेको परेली
उडाइदिन मन छ,
बेहिसाब !!
पूर्ण जिन्दगीको आह्वानमा !!
अनुपम अनुराग,
अन्तरंग अभीप्सा,
असीमित अनुकम्पन,
सब सब समर्पित छ,
तिम्रै पाइलामा औँला राखेर
तिम्रै शरीरको उचाई झैँ
म पनिअग्लिएकी हुँ,
तिम्रै स्पर्शको
सहाराले,
टेको लगाएर, तिम्रै
हत्केलाको भरोसामा म माथी
माथी
केवल माथी
पुग्दैछु,
उचाईबाट तल हेर्दा
मेरो मन चंचल हुँदैछ !
वादलमा लुकामारी खेल्दै,
गोधुलीको रंगसँग
मितेरी लगाएरै,
म सजिएकी हुँ!
अझ
तिम्रो प्रेमिल साथले म निखारीएकी छु।
बेहुली झैँ !!
तिम्रै नयनको ऐना बनाई हेर्दैछु !
आफ्नो रुप !!
खै किन हो ?
तिम्रै नेत्र भित्र आफुलाई
समाहित गरिरहुँ झैँ लाग्छ !
हरेक क्षण !
एक टक तिम्रो दर्पणबाट ओझेलिनु छैन मलाई !!
म कम्पित स्वरमा आव्हान गर्दैछु!
मेरो सुकुमारी ओँठबाट
गुन्जिएको मधुर लयमा
एक राग आलाप्न आउ !
लयको आरोह अवरोहमा सुर मिलाउन आउ !!
अनि झंकृत भै रहुँन
मिठो संगीत
हाम्रो प्रेमिल गीतको !!
******
उमा कार्की, नारायणगढ चितवन !
हाल, अस्ट्रेलिया !
सम्बन्धित पोस्ट
सिंहदरबारभन्दा परको काठमाडौं
“जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी
नेवाः मैंचा ( आत्मपरक छपु लुमन्ति लेख )
लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचित
प्रतिक्रिया दिनुहोस
ताजा
समाचार
लोकप्रिय
सिंहदरबारभन्दा परको काठमाडौं
काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
“शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
साथीका निम्ति प्रेमको सौगात
काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न
रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

↑