• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान पुरस्कार जनगायक भृगुराम श्रेष्ठ , बिजयरत्न असंबरे र सिद्धार्थ शाक्यलाई प्रदान


सुभाय् संवाददाताMay 21, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौं /गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानले नेपालभाषा साहित्य संगीत र पत्रकारिता क्षेत्रमा महत्वपुर्ण योगदान गनुुहुने श्रष्टाहरुलाई पुरस्कार सहित सम्मान गरिएको छ । कामनपा वडा नं १३का समाजसेवी दिलबहादुर मानन्धर तथा वहाँका पुत्रहरु गीतकार ,प्रा.डा. राजु मानन्धर , गायक सज्जु मानन्धर र प्रतिष्ठानाका संरक्षक राजेश मानन्धरद्वारा स्थापित उक्त प्रतिष्ठानको तर्फबाट एक परामर्श कमिटी बनाई यो पुरस्कार बितरण गरिएको हो ।
गणेशदेवी मानन्धर समाजसेवी दिलबहादुर मानन्धरका धर्मपत्नी हुनुहुन्छ । उहाँको निधनको दोस्रो पूण्यतिथिको दिनमा उहाँको स्मृतिमा गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान पुरस्कार गरिएको हो ।
स्मृति प्रतिष्ठान पुरस्कारको पहिलो वर्ष मूर्धन्य कलाकार, जनगायक भृगुराम श्रेष्ठ , सिने पत्रकार साहित्यकार बिजयरत्न असंबरे तथा उदीयमान गायक सिद्धार्थ वज्राचार्यलाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको थियो । छ दशकदेखि संगीत तथा नाट्य क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनुभएका जनगायक भृगुराम श्रेष्ठलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
काठमाडौंको मरु सत: काष्ठमण्डप नजिक रहेको भौक्यब्वस्थित मरु बैंक्वेटमा भएको उक्त पुरस्कार वितरण कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, शिक्षाविद तथा वरिष्ठ साहित्यकार हितकर बीर सिंह कंसाकार ,बागमती प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्य लगायतद्वारा दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरी उहाँहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार, संगीतकर्मि ,पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनगायक श्रेष्ठका गीतलाई अरु गायक गायिकाहरुले गाएर गायनको पनि सम्मान गरिएको थियो . कार्यक्रमम गायक राजेद्र डंगोलले सबिना मानन्धरसँग मिलेर भृगुराम श्रेष्ठका गीत प्रस्तुत गरेका थिए । May be an image of 4 people, people smiling, flute and text
प्रतिष्ठान पुरस्कार बितरणका लागि परामर्श समितिमा चलचित्र निर्देशक पवन जोशी, कलाकार नगिना जोशी, संगीतकार सुरेन्द्र श्रेष्ठ, गायिका निशा देशार,दर्शनवीर शाक्य रहनुभएको थियो ।
गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठानका संस्थापकमध्ये एक रहनुभएका डा.राजु मानन्धर अष्ट्रेलियामा अग्रेजी बिषयमा शिक्षण पेशामा लागिरहनु भएका बौद्धिक व्यक्तित्व हुनुहुन्छ । ललितकला क्याम्पसका पूर्व प्रमुख समेत रहनु भएका उहाँ अष्ट्रेलियामा  ४७ बर्ष अगाड़ी स्थापित नेपाली समुदायको सबभन्दा पुरानो संस्था नेपालीज़ ऑस्ट्रेलियन असोसिएशनका महासचिव हुनुहुन्छ भने गुठी अस्ट्रेलिया लगायत विभिन्न पनि बिभिन्न संस्थाका सल्लाहकारका रुपमा कार्यरत रही सामुदायिक कृयाकलापमा सक्रिय हुनुहुन्छ । “ मेरा दिवंगत आमाको दोस्रो बार्षिकीमा साहित्य संगीत र पत्रकारिता सम्मान २०८० सफल बनाउन सहयोग गनुहुने महानुभावहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु ।”संस्थापकमध्ये एक रहनुभएका डा.राजु मानन्धरले भने ।
उहाँले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान स्थापनार्थ महत्वपूर्ण भूमिका खेलेका अभियन्ता तथा स्मृति प्रतिष्ठानका अध्यक्ष बिजय मानन्धरको कार्यका पनि  प्रशंशा गरे। साथै प्रतिष्ठान पुरस्कार बितरणका लागि परामर्श समितिका सदस्यहरुलाई धन्यबाद ज्ञापन गरे ।
(किपाः– विक्रम खड्गी)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑