• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 04, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

अस्ट्रेलियाले फिर्ता गर्‍यो रत्नेश्वर मन्दिरको ऐतिहासिक टुँडाल


सुभाय् संवाददाता May 16, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १९ मिनेट
काठमाडौँ / अस्ट्रेलियाले १३औं शताब्दीको पाटन दरबार स्क्वायरमा रहेको रत्नेश्वर मन्दिरबाट  चोरी भएको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थित थिए ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रसंशा गरे । उनले भने,‘अस्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौं भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अस्ट्रेलियाली जनताको र विश्वको हामीप्रतिको आशा हो ।’
सहायकमन्त्री वाट्सले थपे,‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको छ कि अस्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ । यो सम्बन्धको मुटुका रुपमा हाम्रा दुई राष्ट्रका जनताहरू रहेका छन् ।’

टुंडाल राखिएको संग्रहालय

उनले नेपालमा जलवायु परिवर्तन, प्रकोप पूर्वतयारी र सुशासनका क्षेत्रमा सहकार्य गर्न पाउँदा अस्ट्रेलियालाई खुशी लागेको बताए । ‘अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्नेलगायत हाम्रो सम्बन्ध सुदृढ गर्न नयाँ पहल लिन हामी उत्साहित छौं । हामी हाम्रा दुई देशहरु र जनताहरुलाई अझ नजिक ल्याउँदैछौं,’ उनले भने ।
समुदायका सदस्यहरूलाई टुँडाल हस्तान्तरण गर्दै आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक ब्रान्डले अस्ट्रेलियाली सरकारसँग सहकार्य गरी नेपालको महत्त्वपूर्ण सम्पदा आफ्नै स्थानमा नेपाली जनताका साथमा फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामी हाम्रो विगतका बारेमा बुझ्दै अगाडि बढ्छौं र अझै नजिकिँदै गरेको विश्वमा रहन पाउनु हाम्रो गर्वको कुरो हो । अस्ट्रेलियामा झांगिदै गरेका व्यवसायिक व्यक्तित्व तथा विभिन्न डायस्पोरासँग सहकार्य गर्नु र सम्बन्ध विस्तार गर्नु हाम्रो कामको महत्त्वपूर्ण पाटो हो । यी समुदायले हाम्रा अनुसन्धानका निम्ति सहयोग गर्छ र उनीहरूको स्वामित्वमा रहेका कला र सीपको बारेमा बुझ्न सहयोग गर्छ,’ उनले भने ।
१३ औं शताब्दीमा निर्माण गरिएको उक्त टुँडाल सन् १९७५ मा काठमाडौंबाट चोरी भएको थियो । चोरी गरिएको उक्त शिल्पकला करिब दुई दशकअघि अस्ट्रेलियाको सिड्नीमा रहेको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले दानका रुपमा पाएको थियो । उक्त शिल्पकला ४ वर्षअघि सन् २०१९ मा आयोजना गरिएको प्रदर्शनीका क्रममा नेपालको भएको पत्ता लागेको थियो । उक्त शिल्पकला नेपालबाट चोरी भएको र नेपालको सम्पत्ती रहेको थाहा भएपछि त्यसलाई नेपाल फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको थियो । उक्त शिल्पकलालाई अस्ट्रेलियाली सहायक विदेशमन्त्री बाट्सको भ्रमणका क्रममा औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई मंगलबार हस्तान्तरण गर् छ ।  अस्ट्रेलियाले हस्तान्तरण गर्न लागेको उक्त शिल्पकला काठमाडौं उपत्यकाको पाटन दरबार स्क्वायरमा रहेको रत्नेश्वर मन्दिरको हो । न्यु साउथ वेल्स आर्ट ग्यालरीका निर्देशक माइकल ब्रान्डले नेपालको प्राचीन धरोहरका रुपमा रहेको उक्त शिल्पकला नेपाललाई फिर्ता गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।
(कान्तिपुर)
सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑