कर्मा काग्यु सम्प्रदायका उच्च तहका धर्मगुरु थाइ सितुपा रिन्पोछे नेपाल भ्रमणमा
सुभाय् संवाददाताMay 14, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट
काठमाडौं /महायान सम्प्रदायका उच्च तहका धर्मगुरुका रुपमा मानिएका परमपूज्य चाम्गोन केन्टिङ थाइ सितुपा रिन्पोछे तीन दिने नेपाल भ्रमणमा हुनुहुन्छ । उहाँ तीन दिने नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ महायानको काग्यु सम्प्रदायका १२ औं अवतारी धर्मगुरु हुनुहुन्छ । उहाँ नेपालको बौद्धस्थित थांग्रु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय थाङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल आउनुभएको हो ।
हिमाञ्चल प्रदेश कांगडाबाट नेपाल भ्रमणमा आउनुभएका सितुपा रिम्पोछेको सम्बन्ध काग्यु सम्प्रदायका प्रमुख गद्धीधारी कर्मापासँग जोडिएको हुन्छ । उहाँको यो भ्रम निकै महत्त्व राख्दछ ।
उहाँ नेपाल पुग्ने बित्तिकै बौद्ध पुग्नु भएको थियो भने थांग्रु रिन्पोछेको स्वास्थ्यस्थिति बुझ्न उहाँ रहेको अस्पतालमा पुग्नुएको थियो ।
त्यसपछि बौद्धको दाप्साङ गुम्बामा उपासक उपासिकाहरुलाई विशेष दर्शन दिने कार्य भएको थियो ।
थाइ सितुपा रिन्पोछेले वि.सं. २०७२ को महाभूकम्पमा परी क्षति भएको बौद्ध स्तुपाको पुनः सिनर्माणमा ठूलो सहयोग गर्नुभएको थियो । यसैक्रममा उहाँले पवित्र स्थल बौद्धको दर्शन पनि गर्नुभएको थियो ।
नेपाल भ्रमणका क्रममा उहाँले बौद्ध धर्म गुरुहरुसँग भेटघाट र नेपालका बौद्ध गुम्बाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।
२८ वर्षपछि नेपाल भ्रमणमा आउनुभएका गुरु रिम्पोछेलाई स्वागत गर्न खेन्पो , लामा लगायत धर्मगुरु तथा धेरै उपासक उपासिकाहरु विमान स्थल पुगेका थिए ।