• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

सिंहदरवार कता सार्ने ?


सुभाय् संवाददाता April 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेश किरण
आखिर सरकारले सिंहदरवार अन्तै सार्ने निर्णय ग¥यो । सरकारले सार्न चाहेको त थिएन । तर दुई कारणले सार्नै पर्ने बाध्यता आइ प¥यो । एउटा कारण, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नै भनिसक्नुभयो कि सिंहदरवार अन्तै सार । अब मेयरले नै भनिसके पछि सार्नै प¥यो । अर्को कारण, अहिले सिंहदरवारमा फोहोर उठिरहेको छैन । सिंहदरवारभित्र हरेक दिन फोहोर उत्पादन भइरहेको छ तर उठिरहेको छैन । अब यस्तो अवस्थामा के गर्ने ? उसो त सिंहदरवार देशकै सबैभन्दा बढी फोहोर उत्पादन हुने ठाउँ हो । त्यहीं फोहोर नउठे पछि अब गर्ने के ?
त्यसैले सरकारले बाध्य भएरै सिंहदरवार सार्ने निर्णय गर्नुप¥यो । तर सार्ने निर्णय मात्र गरेर के गर्नु । सार्ने त सार्ने, कहाँ सार्ने ? सिंहदरवार सार्नलाई ठाउँ पनि त हुनुप¥यो ।
मन्त्रिपरिषद्मा ठूलै बहस भयो । मन्त्रीहरूले विभिन्न ठाउँ प्रस्तावित गरे । जस्तो टुँडिखेल, हनुमानढोका, हेटौंडा, पोखरा, नारायणघाट, नयाँ दिल्ली, लण्डन आदि आदि । तर कुनैमा पनि सहमत भएन । यस्तैमा एउटा मन्त्रीले तर्क सहित सुझाव दियो, ‘मलाई त लाग्छ, सिंहदरवारलाई अब बञ्चरेडाँडातिर सार्नुपर्छ ?’
‘बञ्चरेडाँडा ? किन ? के छ यसको फाइदा ?’ आश्चर्यचकित भएका एक मन्त्रीले सोधे ।
मन्त्रीज्यूले भन्नुभयो, ‘फाइदा त धेरै छ । पहिलो फाइदा के हो त भन्दा अहिले प्रधानमन्त्रीको पार्टी मुख्यालय पेरिसडाँडामा छ । अतः सरकारको मुख्यालय बञ्चरेडाँडामा राख्नु उचित हुन्छ । उहाँ कहिले पेरिसडाँडा जानुहुन्छ, कहिले बञ्चरेडाँडा जानुहुन्छ । आखिर नेपाल डाँडैडाँडाको देश हो । यसले देशको मौलिकता पनि झल्किन्छ ।’
‘यति हो फाइदा ?’ एउटा पुड्को पुड्को साइजको मन्त्रीले सोधे ।
‘हैन फाइदा अर्को पनि छ,’ प्रस्तावक मन्त्रीले भने, ‘अहिले सिंहदरवारमा फोहोर उठिरहेको छैन । बहुत ठूलो समस्या छ । यदि सिंहदरवार नै बञ्चरेडाँडा सारियो भने फोहोर फाल्ने समस्या हुँदैन । फोहोर फाल्ने ल्याण्डफिल साइट बञ्चरेडाँडामै छ । यसो दुई पाइला हिँड्यो कि फोहोर फाल्न पाइहाल्छ । कस्तो छ प्रस्ताव ?’
प्रस्ताव सबैलाई चित्त बुझ्यो । तर्क पनि चित्त बुझ्यो । अतः सरकारले बञ्चरेडाँडामै सिंहदरवार सार्ने निर्णय ग¥यो ।
तर के भएर हो कुन्नि, निर्णयको कुरा चुहिएर बञ्चरेडाँडावासीलाई पनि पाएछन् । मन्त्रिपरिषद्को निर्णय त सरकार आफैले सार्वजनिक नगरुन्जेल गोप्य नै हुनुपर्ने थियो । त्यो भएन । बञ्चरेडाँडावासीलाई निर्णय थाहा भइहालेछ ।
अब सिंहदरवारै आफ्नो एरियामा ल्याउने भन्ने खबरले बञ्चरेडाँडावासी त खुशी हुनुपर्ने हो । मलाई पनि त्यही लाग्या थियो । तर कुरो उल्टो पो भइदिएछ । बञ्चरेडाँडावासी त खुशी होइन, भयंकर आक्रोशित पो भएछ । सिंहदरवारलाई बञ्चरेडाँडामा सार्न पाइँदैन पो भन्न थालेछन् बाऽ । के भनेको यो ? सबैजना चकित भए ।
कारण जान्नका लागि मैले बञ्चरेडाँडाकै एक वडा अध्यक्ष टाइपका स्थानीयवासीलाई सोधेँ, ‘यो के भनेको भाइ ? सिंहदरवारलाई बञ्चरेडाँडा ल्याउन पाइँदैन किन भनेको ? यो त खुशीको कुरा हो ।’
स्थानीयवासीले भने, ‘खुशीको कुरा होइन, यो त सरकारले हामीलाई हेपेको कुरा भयो ।’
‘किन ?’
उनले भने, ‘हेर्नोस्, हामी बञ्चरेडाँडावासीहरू यहाँको ल्याण्डफिल साइटको फोहोर सुँघ्न नसकेर अहिल्यै कायल भइसकेका छौँ । यहाँको ल्याण्डफिल साइटमा यति धेरै फोहोर हुन्छ कि त्यो अब हामीले सुँघ्नै नसक्ने भइसकेको छ । अब पहिल्यै यत्रो फोहोरले गर्दा बसिनसक्नु भइसकेको छ भने त्यसमा अब सिंहदरवार पनि थपे पछि हामी यहाँ कसरी बस्ने होला ? त्यसैले हुन्न । हामी सिंहदरवारको फोहोर सुँघ्न सक्दैनौँ । यो भन्दा त बरु ल्याण्डफिल साइटकै फोहोर सुँघेर बस्छौँ, सिंहदरवारको फोहोर सुँघेर बस्न सक्दैनौँ ।’
बञ्चरेडाँडावासी स्थानीयको दुःखपूर्ण तर्क सुुनेर म ट्वाँ परेँ । त्यहाँ ट्वाँ बाहेक अरु केही पर्ने सम्भावना पनि त भएन नि । भयो र ?

व्यंग(‘जनआस्था’ साप्ताहिकबाट)

सम्बन्धित पोस्ट
  • धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑