• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

हजार किलाेमिटर हिंडेर कोरियाली तीर्थयात्री लुम्बिनी पुगे


सुभाय् संवाददाताMarch 14, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

लुम्बिनी / कोरियाका बौद्ध तीर्थयात्रीहरुले लामो हिंडाइलाई निरन्तरता दिंदै लुम्बिनी पुगेका छन् । पवित्र बौद्ध तीर्थस्थलहरुको पैदल यात्रामा आएका दुई सय कोरियाली भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका हुन् ।भारतका विभिन्न बौद्ध तीर्थ हुँदै एक हजार किलाेमिटर पैदल यात्रा गरेर लुम्बिनी आएकाे तीर्थयात्रीहरुको समूहलाई लुम्बिनी विकास कोष तथा लुम्बिनी सांस्कृतिक नगर पालिकाले बुद्ध जन्मभूमि लुम्बिनीमा एक समारोहकाबीच मंगलबार स्वागत गरेको छ । कोरियाका भिक्षु छासुङ्गको अग्रसरतामा कोरियाली भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आएका हुन् । 
तीर्थयात्रीहरुलाई मंगलबार विहान नेपाल भारत सीमा बेलहिया नाकामा पुग्दा पनि सांसद बासुदेव घिमिरे लगायतले स्वागत गरेका थिए ।
कोरियाली बौद्ध भिक्षु  तथा  तीर्थयात्रीहरुलाई रुपन्देहीका सांसद वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमान लगायतले बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरेका थिए । कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्दै पूजा पाठ गरेका थिए । पूजामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।
रुपन्देहीका सांसद घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षुसहितको टोलीलाई स्वागत गर्दै यस यात्राले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप प्रगाढ बनेको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहितका तीर्थयात्रीहरुलाई बुद्ध जन्मस्थल मायोदवी प्रांगणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै दक्षिण कोरिया र नेपालको सम्बन्धमा बुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वपूर्ण स्थान रहेको बताए ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तयले नेपाल सरकार र नेपाली समुदायको तर्फबाट स्वागत गरेको उक्त कार्यक्रममा बुद्ध जीवानीका महत्त्वपूर्ण स्थल पछ्याउँदै एक हजार किमिको दुरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरुका लागि खुसीको क्षण रहेको बताउँदै दक्षिण कोरियाबाट उच्च तहका भिक्षुसहितको बौद्ध तीर्थयात्रीहरुको लुम्बिनी भ्रमणले विश्वमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्ध संस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणीसहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन । मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्म स्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी पोखरी , अशोक स्तम्भको अवलोकनसँगै मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै भिक्षु छासुङ्गले धर्मदेशना गरेका थिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य,कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य,योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो ।
कोविड १९ का कारण सुस्ताएको लुम्बिनीको धार्मिक पर्यटन क्षेत्रमा यस धार्मिक पर्यटकको आगमनले पर्यटन व्यवसायीहरु आशावादी भएका छन् ।
तीर्थयात्रीहरु आज मंगलबार लुम्बिनीमा आराम गरी बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल फर्कनेछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑