• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

श्री एयरका यात्रुको अनुभव– ‘काठमाडौँ फर्किन लाग्ने १२ मिनेट मृत्युको मुखमा परेजस्तो भो’

सुभाय् संवाददाता March 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनुपर्ने र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही ‘केही हुँदैन’ भनेर ढाडस दिन थाले।
श्री एयरका यात्रुको अनुभव– ‘काठमाडौँ फर्किन लाग्ने १२ मिनेट मृत्युको मुखमा परेजस्तो भो’
काठमाडौँ- इन्जिनमा ‘फायर इन्डिकेसन’ देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको श्री एयरलाइन्सको विमानमा चालक दलका सदस्यसहित ७३ जना थिए। उक्त विमान काठमाडौँबाट बिहान ९ बजेर ३८ मिनेटमा भैरहवाका लागि उडेको थियो। तर धादिङ नजिकै पुग्दा दायाँ इन्जिनमा फायर इन्डिकेसन देखिएपछि पुनः फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको हो।
गत साउन १९ गते पनि नेपालगञ्जबाट काठमाडौँतर्फ उडेको श्री एयरलाइन्सको विमानको देब्रे इन्जिनमा समस्या आएपछि नेपालगञ्ज नै फर्काएर आकस्मिक अवतरण गरिएको थियो। उक्त विमानमा चालक दलसहित ७९ यात्रु सवार थिए।
बिहीबार आकस्मिक अवतरण गरिएको विमानका यात्रु भीम बस्नेतसँग सहकर्मी अनलाइन उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानी बस्नेतकै शब्दमा:
काठमाडौँबाट भैरहवाका लागि बिहान ७.३० बजेको उडान थियो। म ७ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल पुगिसकेको थिएँ। तर, समयमा उडान भएन।
करिब ९ बजे उडानको बोर्डिङका लागि अनाउन्स गरियो। त्यसपछि जहाजमा लगियो। हामी जाँदा जहाजको दुवै इन्जिनबाट फ्यूल झरिरहेको थियो। त्यो देखेपछि शंका लाग्यो। ‘जहाज बिग्रेको हो?’ भनेर प्रश्न गर्‍यौँ।
‘होइन, यो सामान्य हो। मर्मतका क्रममा झरेको हो,’ भनियो। त्यसपछि ढुक्क भएर जहाजभित्र बस्यौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्दा साढे ९ भन्दा बढी भएको थियो।
जहाज उडेको ५ मिनेटपछि नै साथीहरुले दाहिनेतर्फको पंखा कम घुमेको नोटिस् गरेका रहेछन्। काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ विमानस्थलमा अवतरण गर्ने घोषणा गरे र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही ‘केही हुँदैन’ भनेर ढाडस दिन थाले।
एयर होस्टेजले एउटा इन्जिनले पनि सुरक्षित अवतरण हुने भन्दै नआत्तिन भनिरहे। तर जत्ति गरे पनि मन ढुक्क कहाँ हुँदोरहेछ! १२ मिनेटको समय एकदमै डरमा बित्यो। अब हामी मृत्युको मुखमा छौँ भन्ने लाग्यो। कुन खोंचमा खसिन्छ भन्ने सोचेँ। अनि मृत्यु नजिक आइरहेको छ, अब त्यो मृत्युको अनुभव कस्तो हुन्छ भन्ने लागिरह्यो।
जब जहाज फर्काएर काठमाडौँ उपत्यका प्रवेश गर्‍यो, त्यसपछि अब बाँचिन्छ भन्ने लाग्यो। एउटा इन्जिनले काम नगरेपछि जहाज घुमाउनका लागि स्पेस लिनुपर्ने भएकाले समय लाग्दो रहेछ।
त्यो जहाजमा पहिले नै समस्या रहेछ। बनाउँदा समय लागेपछि ७.३० मा उड्ने भनेको जहाज दुई घन्टा ढिला गरी उडाइएको रहेछ। साभार:उकालो

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑