काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं १८ ले नेपाल संवत ११४३ नयाँ वर्षको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रम तथा ताम्सिपाखा सडक महोत्सव आयोजना गर्ने भएको छ ।
आउँदो शुक्रबार १५ गते आयोजना गरिने सडक महोत्सव काठमाडौं महानगर पालिकाभित्र उत्पादन भएको स्थानीय उत्पादन तथा स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले गर्न लागेको कुरा कामपा वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी गराए ।
महोत्सवमा नगर पालिकाबाट आयोजना गरिएका हस्तकला लगायत शीपमूलक तालिम लिएका घरेलु उद्यमीहरुका स्टल तथा खानाका परिकारहरुको स्टल पनि राखिने छन् ।
सांस्कृतिक कार्यक्रममा स्थानीय ५ टोलका परंरागत सांस्कृतिक समूहहरुको समेत प्रस्तुति रहने छन् । त्यसैगरी जेनिथ स्कूलका विद्यार्थीहरुको नृत्यकला प्रस्तुत गर्नेछन् ।
प्रसिद्ध गितारवादक संगीतकार आनिल शाही ,लोकप्रिय कलाकार रन्जु श्रेष्ठ , सुरेन्द्र मानन्धर लगायत ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने यस कार्यक्रममा प्रमुख आतिथि तथा विशेष अतिथिका रूपमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोलको उपस्थिति रहने छ ।
कार्यक्रमको निम्ति आवश्यक तयारी कार्य भइरहेको वडा अध्यक्ष महर्जनले बताए । स्टलहरु शुक्रबार बिहान १० बजेबाट सुरु हुनेछ भने सांस्कृतिक कार्यक्रम २ बजेबाट सुरु हुने जानकारी गराइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५