• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

कौतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई नेपाली चलचित्र अवार्ड पाउन सफल


सुभाय् संवाददाताDecember 18, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १६ मिनेट

नैनीताल/ छैठौं कौतिक अन्तरराष्ट्रीय फिल्म फेस्टिभलमा नेपालका दुई सिनेमा ‘ऐना झ्यालको पुतली’ ( फिचर ) र द आइरन डिगर(बृत्तचित्र) पहिलो स्थानमा पुग्न सफल भएको छ । गत डिसेम्बर २ तारीखदेखि ४ तारिखसम्म भारतको उत्तराखण्ड राज्य, नैनिताल जिल्लाको मर्चुलामा अबस्थित जिम कोबर्ट नेशनल पार्क (Jim Corbett national Park)भित्र रहेको महसीर फिशिङ क्याम्प रिसोर्टमा उक्त फिल्म फेस्टिबल भएको थियो ।
सहरी कोलाहलबाट निकै टाढा, मोबाइल नेटवर्कको पहुंचबाट मुक्त शान्त, स्वच्छ बाताबरणसंगै रामगङ्गा नदिको किनारमा विभिन्न देशले प्रतिनिधित्व गरेको थरी थरी स्वाद र किसिमका फिचर,बृत्तचित्र, अनिमेसन र शर्टमुभी गरि जम्मा ५० वटा चलचित्र हरुको रस्वादन गरिएको थियो ।
यसपाली विभिन्न ४४ देशबाट सहभागिता जनाइएको थियो । यस कौतिक अन्तरराष्ट्रीय फिल्म फेस्तिभलको मूल उद्देष्य हरेक बर्ष विभिन्न देशका फिल्मकर्मी, कलाकार, फिल्म विद्यार्थी र ज्ञाताहरु बीच एक आपसमा बृहतछलफल ,बिचार बिमर्स गरिनु रहेको थियो । रमाइलो वातावरण एवं स्थानको अनुभव गर्दै करीब २०० जनाको सहभागिता रहेको थियो ।नेपाल, भारत, युके, युएसए, स्विट्जरल्याण्ड,स्पेन, क्यानडा,इटाली, फ्रान्स,पोर्चुगल,इजिप्ट,अस्ट्रेलिया, डेन्मार्क,पोल्याण्ड, ग्रीस,रुस, युक्रेन, ट्युनिसिया, युएई,फिलिपिन्स,नेदर्ल्याण्डस्,आयर्ल्याण्ड, मोरोक्को, हङकङ, चीले,बेनिन, बुल्गेरिया, बाहरेन,अजरबैजान, इरान, अर्जेन्टिना,टर्किये,चीन,जापान, ताइवान, मलेसिया, कोरिया,मार्टिनेक, पानामा, बोत्स्वाना, ब्राजिल,मेक्सिको देशहरुबाट आआफ्नो सहभागिता जनाएको फेस्तिभल डाइरेक्टर श्री राजेश शाहले बताउनु भएको थियो ।
शुभारम्भ चलचित्रको रुपमा भारतको ” Pebbles ” थियो भने अन्तिम क्लोजिङमा स्पेनको ” Magoda ” चलचित्र देखाइएको थियो । यसपाली country of Focus मा इरानि चलचित्रहरु थियो । छनोट समितिले फिचरमा १०, शर्ट फिचरमा १६, डकुमेन्ट्रीमा ८ र एनिमेसनमा ६ वटा चलचित्रहरु छानेका मध्य नेपाली चलचित्र ” ऐना झ्यालको पुतलि” ले , उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री , उत्कृष्ट सम्पादक तथा उत्कृष्ट चलचित्र गरि चार बिधामा अवार्ड हात पार्न सफल भयो । सो चलचित्रका  निर्देशक सुजित बिदारी हुन् । बृत्तचित्रमा नेपालकै ” The Iron Digger ” उत्कृष्ट हुन सफल भयो । यसका निर्देशक अनिल बुढामगर हुनु हुन्।
क्यानाडा, बंगलादेश, नेपाल , भारत, इटाली, इरानका पर्यबेक्षकहरुको सहभागिता रहेको थियो । नेपालका तर्फबाट वरिष्ठ सम्पादक फिल्म निर्देशक माणिक रत्न तुलाधरले निर्णायक मण्डलको सदस्य तथा  पर्यबेक्षकको रुपमा सहभागिता जनाएका थिए।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑