• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

सुकुन्दा साहित्य पालाको पत्रिका लोकार्पण सम्पन्न


सुभाय् संवाददाताDecember 15, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं/ काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाले वार्षिक पत्रिका लोकार्पण गरेको छ । क्याम्पसमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुले करिव दुई दसकसम्म बन्द रहेको पत्रिकालाई पुनः प्रकाशनमा ल्याएको हो । क्याम्पसको हलमा आयोजित एक कार्यक्रमकाबीच पूर्वमन्त्री माननीय कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवाली, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राज जोशीलगायतले संयुक्त रुपमा पत्रिकालाई लोकार्पण गरिएको छ ।
‘२०३१ सालमा म पहिलो पटक उच्च शिक्षा अध्ययन गर्ने सिलसिलामा आआर कलेज छिरेको हुँ । त्यही बखत सुकुन्दा साहित्य पालाले वार्षिक पत्रिका निकाल्थ्यो । तर कालखण्डमा कहिले निस्किने र कहिले बन्द हुने क्रम जोडि नै रह्यो । विभिन्न जाती, धर्म, समुदायको हकहितको लागि नेपालभाषा मंका खलः तथा साहित्यिक संस्थाहरुले तत्कालीन सरकारको ढ्याङ्ग्रो ठटाएको थियो ।’ पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले स्मरण गरे । साहित्यमार्फत युवा विद्यार्थीहरुलाई राजनीतिक रुपमा चेतना दिन, विद्यार्थीहरुको हकअधिकारको विषयमा आवाज उठाउनको लागि विभिन्न कलेज तथा त्रिभुवन विश्वविद्यालयमा समेत गठन भएका साहित्यिक संस्थाहरु अहिले प्राःय बन्द रहेको पूर्वमन्त्री श्रेष्ठको भनाइ थियो ।
हुनपनि तत्कालीन समयमा निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध जनचेतना जगाउन साहित्यिक संगठन र युनियनहरुले निकै भूमिका खेलेको देखिन्छ । सरकार र सरकारी संयन्त्रविरुद्ध बोल्न बन्देज लगाएको बखत यस्तै संघसंगठनको बहानामा विद्यार्थीहरु भेला भएर राजनीतिक अवस्था तथा त्यसले निम्त्याएको दुस्परिणामको विषयमा विमर्श गर्थे ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गरे । भाषा विज्ञानको अध्ययन र अध्यापन गराउने क्षेत्रमा त्रिभुवन विश्वविद्यालयले बजेट निकासा नदिएको, विद्यार्थीहरुको लागि पाठ्यपुस्तक अभाव रहेकोदेखि अन्य व्यवस्थापकीय कमजोरी रहेको समेत औंल्याए । सोही क्रममा काठमाडौं महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमा महानगर र क्याम्पसबीच वार्षिक १५ लाखको दरले पाँच वर्षसम्म बजेट निकासा दिने सम्झौता गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा फरक विधामा विशिष्ट योगदान दिएका रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय भूमि आयोग काठमाडौंको अध्यक्ष पदमा नियुक्त हुनुभएका श्यामकृष्ण प्रजापति, खोखो खेलका प्रशिक्षक विक्कीराज महर्जन, सेपाटार्को विधाकी अन्तर्राष्ट्रिय खेलाडी सुमित्रा डंगोल, कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य तथा टोखा नगरपालिकामा निर्वाचित वडासदस्य अमर डंगोललाई शुभकामना तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
विभिन्न लेख रचना समेटिएको पत्रिकालाई डंगोल नेतृत्वको १९ सदस्यीय कार्यसमितिले प्रकाशन गरेको हो । कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवाली, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राज जोशी, प्रा. डा. चन्द्रमान बज्राचार्य, नेवाः विद्यार्थी युनियनका रिदेन महर्जन, राष्ट्रिय भूमि आयोग काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापति, गोरखा पत्र राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक पुष्करभक्त माथेमा, अनेरास्ववियुका अध्यक्ष मदन भण्डारी, पब्लिक युथ क्याम्पसको सँझ्याः साहित्य पालाका अध्यक्ष मनोज डंगोल, सञ्चारकर्मी कुमार रंजित, भाषासेवी विद्यादेवी चित्रकार, काठमाडौं महानगरपालिकास्थित शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी लगायत साहित्यकार, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा विद्यार्थीहरुको उपस्थित थियो ।
-केके मानन्धर

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑