• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 13, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

सुन्धारामा पानी आउने पुरातात्त्विक संरचना डोजर चलाई बिगारेकोमा स्थानीयको विरोध


सुभाय् संवाददाताDecember 12, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट


काठमाडौं / काठमाडौंको लुँहिति अर्थात सुन्धारामा पानी आउने काठले बनेको प्राचीन डुँडुलो बिगारिदिएपछि त्यस क्षेत्रको स्थानीय सरोकारवालाहरुले बिरोध गरेका छन् । धरहरा बनाइरहेको ठेकेदार कम्पनीले यसरी सयौं वर्ष पुरानो सुन्धाराको पानी आउने मुख्य प्रणाली जसको पुरातात्त्विक र ऐतिहासिक अनि प्रविधिक महत्वलाई बेवास्ता गरी यसरी डोजर चलाई बिगारेपछि स्थानीय सरोकारवालाका साथै सम्पदाप्रेमीहरु क्रुद्ध बनेका छन् ।

यसैबीच काठमाडौं महानगर पालिका वडा नं २२ , संकटा क्लब , साधारण क्लब , खिचापोखरी युथ क्लब , त्वाःछेँ परिवार , धरहरा सुन्धारा संरक्षण समितिले एक पत्रकार सम्मेलन गरी यस कार्यको भत्सर्ना गरी धरहरा क्षेत्रको काममा समेत रोकेको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं महानगरका मेयर बालेन शाह , वडा अध्यक्ष चिनीकाजी महर्जनको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा , अभियन्ता गौतम डंगोलले यस बारे जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले सरकार नैं पुरातात्विक सम्पदाको संरक्षणमा संवेदनशील नभएको आरोप लगाए । लुँहितिजस्तो पुरातात्विक महत्वको ऐतिहासिक सम्पदालाई बेवास्ता गर्दै धरहराको नाममा सेतो टावर बनाइरहेको बताउँदै सरकार असंवेदनशील भएका कारण उपत्यकाका सम्पदा संरक्षण कार्य समेत कठिन भएको बताए । वडा अध्यक्ष चिनीकाजी महर्जनले यस क्षेत्रका स्थानीय सुनको धाराको पानी खाने भनेर गर्व गर्थे तर धरहरा बनाउने कम्पनीले आफूहरूसँग समन्वय नगरी कार्य गरेर ट्यांकी बनाउने नाममा पानी बग्ने पुरातात्त्विक संरचना नै बिगारी दिएकोप्रति रोष प्रकट गरे । यस क्षेत्रको समस्या समाधान गर्न २२ वडा र यहाँका बासिन्दा नैं काफी छ भनिरहेको बेला यसप्रकारको घट्ना घटेको र आफूहरूले प्राकृतिक मुहानको समेत अध्ययन व्यवस्थापन गर्ने बारे काम अगाडि बढाइरहेको बेला अनावश्यक संरचना निर्माण गर्न केही जानकारी नैं नदिइ कार्य गर्दा यस्तो दुर्घटना भएको बताए । आफूहरूले यस क्षेत्रमा भएका पुराना संरचना बारे पटक  पटक जानकारी गराई सचेत गराएको र त्यस क्षेत्रमा खन्नुपरे स्थानीयलाई पनि अगाडि राख्न समेत भनेको बताए ।
पत्रकार सम्मेलनमा धरहरा सुन्धारा संरक्षण समितिका अध्यक्ष गौतम डंगोलले धरहरा पुनर्निर्माणमा सरकार र ठकेदारहरुले स्थानीयलाई हेपेर कार्य गरेको भन्दै यस्तो महत्त्वपूर्ण पुरातात्विक सामग्री भएको बारे जानकारी गराउँदा पनि स्थानीयसँग समन्वय नगरी कार्य गरेका कारण उनीहरूको लापरबाहीका कारण यस्तो पुरातात्विक सामानको क्षति भएको समेत आरोप लगाए ।
वि.सं. २०७२ सालको महाभूकम्पले धरहरा ढलेपछि केपी ओली सरकारले अर्बौं रुपैयाँ लगानी गरी धराहराजस्तै नयाँ टावर बनाई पार्क बनाउने कार्य अगाडि बढाएको थियो । । यस योजनाका ठेकेदार रमण जेभी कन्स्ट्रक्सन रहेको छ ।
पत्रकार सम्मेलनपछि स्थानीय बासिन्दा जनप्रतिनिधि सरोकारवाला संस्थाहरु सहित मेयर बालेन शाह , वडा अध्यक्ष चिनीकाजी महर्जन सुन्धारा क्षेत्र पुगेका थिए । त्यहाँ कम्पनीका जिम्मेवार व्यक्तिहरु तथा अवलोकनकर्ताहरुबीच तनावपूर्ण अवस्था समेत सृजना भएको थियो ।
यसैबीच सरोकारवालाले तत्काल धरहरा क्षेत्रमा काम रोक्न समेत माग गरेको छ ।
सरोकारवालाको तर्फबाट जारी गरेको प्रस विज्ञप्ति यसप्रकारको रहेको छ :
प्रेस बक्तब्य
कामपा वडा नं २२ मा पर्ने सुन्धारा र धरहरा नेपालको एक महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक सम्पदाको रूपमा रहेकोमा हामी सबैको जानकारी को बिषय नै हो । २०७२ सालको महाभूकम्पमा लगभग पूर्ण क्षति भएको धरहराको भग्नावशेषको उचित संरक्षण पनि नगरी सँगै अर्को नयाँ धरहरा निर्माण गर्न हतारिएको सरकारबाट हिजो त्यहीं रहेको उति नै महत्वपूर्ण सम्पदा सुन्धाराको अस्तित्व नै समाप्त गर्ने प्रयास भएको छ । यो सम्पदा स्थल हिजो स्थानीयहरुको दैनिक जीवन मा उपयोग हुँदै आएको खानेपानीको एउटा महत्वपूर्ण र मुख्य श्रोत थियो । सरकारी निकायहरुको निरन्तरको प्रहारको कारण आज सुन्धाराको अस्तित्व नै समाप्त हुने स्थितिमा पुगेको छ । २०४३ सालमा संचयकोषको ब्यापारिक भवनको भूमिगत जग खन्ने क्रममा सुन्धाराको पानीको मुहानको मूख्य स्रोत नै पूर्ण रुपमा भत्काईएको कारण सदियौंदेखि सुन्धारामा प्राकृतिक रुपमा भईरहेको निरन्तर प्रवाह रोकिन गयो र पानी आउने धाराको रूपमा रही रहन सकेन । स्थानीयहरुको ब्यापक बिरोधपछि भवन बनाउने कार्यमा तत्काल रोक त लगाईयो तर सुन्धाराबाट पानी झर्न पूर्ण रुपमा बन्द भयो । त्यस पश्चात् पनि स्थानियहरुको बिभिन्न समयमा भएका प्रयासको बावजुद पनि राम्रो परिणाम आउन सकेन । काठमाडौको भूमिगत पानीको स्रोतमा कमि आउनुका साथै त्यस छेत्रमा बिकासको नाममा भएका बिभिन्न अवांछित गतिविधिहरु पनि सुन्धाराको मूहान सुक्नुमा त्यत्तिक्कै जिम्मेवार हुन सक्छन तर सरकारको उदासिनता नै धरहरा र सुन्धाराको नास हुनुको मूख्य कारण रहेको छ । यी सम्पदाहरुको संरक्षणमा सरकार कहिले पनि संबेदनशील नभएको तितो यथार्थ रहेको छ । हालको धरहरा पुननिर्माण योजना ल्याउंदा बिगतमा तत्कालीन सरकारसंग सुन्धारामा प्राकृतिक रुपमा पानीको प्रवाह गर्ने र प्राकृतिक रुपबाटै निकास गर्ने कुनै योजना नै थिएन । फेरि पनि स्थानीयकै निरन्तरको दवावमा तत्कालिन सरकार सुन्धारामा प्राकृतिक रुपमा पानी ल्याउन र निकास गर्न सहमत त भयो तर यसमा कहिने पनि सिन्को भांचने काम भएन । यसै क्रममा गत २०७९ मंसिर २५ गते आईतवार सुन्धारामा पानी झार्न तत्कालिन समयमा काठबाट बनाईएको सम्पूर्ण संरचना नै पूर्ण रुपमा नास गरिएको छ ।
स्थानियको पटक पटकको खबरदारी र ध्यानाकर्षण को बावजुद धरहरा परियोजना बाट सम्पदा छेत्रमा काम गर्दा अपनाउनु पर्ने सामान्य सुरक्षा मापदण्ड समेत नअपनाई लापरबाहीपुर्वक गरेको कामबाट ऐतिहासिक सुन्धाराको मुख्य धाराको पानी झार्नको लागि ब्यवस्थापन गरिएको पुरातात्त्विक महत्वको संरचना क्षतबिक्षत बनाइ दिएको छ । यसरी स्थानीय समुदायको सकारात्मक सरोकार चासोलाई समेतलाई बेवास्ता गर्दै यो दुर्घटना हुन गएको छ । यो दुर्घटनाले यति महत्त्वपूर्ण एतिहासिक सुन्धाराको पानी झर्ने नली मात्र बिग्रेको छैन राष्ट्रकै ऐतिहासिक र गौरवपूर्ण सम्पदा नास गर्ने काम भएको छ । यो परियोजनाले धरहरा नाम दिईएको सेतो रंगको नयां टावर त बनायो तर सुन्धाराको ऐतिहासिकता र यहाँको स्थानिय मौलिक खानेपानीको गौरवपूर्ण सभ्यता र प्रबिधिको पुनर्निर्माण हुन्छ भन्ने कुरामा बिश्वास गर्ने अवस्थामा रहेन । तसर्थ यस कुरालाई सार्वजनिक गर्न चाहन्छौं । साथै यस परिस्थितिमा तपसिल बमोजिमका कार्यहरु तत्काल कार्यान्वयनको लागि सम्पदाप्रेमी स्थानिय जोडदार माग गर्दछ।
१. सुन्धाराको ऐतिहासिक मूल्य मान्यता अनुसार पुनर्निर्माण को प्रत्याभूति नभए सम्म परियोजनाको सम्पूर्ण कार्य बन्द गर्ने । हिजोको घटनामा संलग्नमाथि तत्काल कारवाही गर्ने ।
२. सम्पदा पुनर्निर्माणको कार्यमा स्थानियको प्रतिनिधि र पुरातत्वबिदको अनिवार्य सहभागी हुनु पर्ने ।
३. स्थानीयरुपमा परियोजनाले नयां धरहरा टावर निर्माणको दौरान ज्भबखथ ीयबम को गाडीहरूको आवतजावतको कारण साबिक मा भएको सडक भत्किन गै पानी परेको बेलामा हिलो र अरु बेला धुलाम्मे हुन गै स्थानीय छेत्रमा भै रहेको वायुप्रदूषण तत्काल नियन्त्रण गर्ने र परियोजनाबाट बिग्रिएको दुरसंचार केन्द्रको कार्यालय अगाडिबात खिचापोखरिसम्म जाने सडक तत्काल कालो पत्रे गर्नु पर्ने ।
धन्यबाद
चिनीकाजी महर्जन, वडाध्यक्ष, का.म.पा. २२ वडा
ईन्द्रमान तुलाधर, अध्यक्ष, संकटा क्लब
राजेश डंगोल, अध्यक्ष, खिचापोखरी युथ क्लब
राधाकृष्ण महर्जन, अध्यक्ष,साधारण क्लब
बिन्देश्वर श्रेष्ठ, अध्यक्ष, त्वाः छें परिवार क्लब
गौतम डंगोल, संयोजक, धरहरा सुन्धारा संरक्षण समिति

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑